Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

जनताले समृद्धिको अनुभूति गर्न पाउनुपर्छ : सांसद दसौदी

खबरडबली संवाददाता

लुम्बिनी ।  रोल्पा घर भएका कुमार दसौदी राष्ट्रियसभाका सांसद छन् । उनको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदैछ । त्यसैले उनी यसबीचमा आफूले संसदमा गर्न सकेका र नसकेका कामको स्वमूल्याङ्कन गर्न थालेका छन् । 

राष्ट्रियसभाको सांसदको रुपमा रहँदा दसौदी विभिन्न अनुभव वटुल्ने अवसर प्राप्त गरेको बताउँछन् । “जनप्रतिनिधिले सिक्नुपर्ने र जान्नुपर्ने धेरै कुरा रहेछन्, त्यो अनुभूत गर्ने अवसर प्राप्त भयो”, उनले भने ।

राष्ट्रियसभामा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने सांसद दसौदीले बताए । सबै पार्टीले त्यस्ता व्यक्तिलाई स्थान दिनुपर्ने उनमकने जेड छ । “राष्ट्रियसभामा विज्ञता हासिल गरेका व्यक्तिको प्रतिनिधित्व अहिले नै होला भन्ने विश्वास छैन”, सांसद दसौदीले भने ।

राष्ट्रियसभामा जनताको आवश्यकताअनुसारको प्रतिनिधित्व हुन नसकेको उनको ठहर छ । “संसद् कानुन बनाउने थलो हो । तर यहाँ देश र जनताका पक्षमा आवश्यक कानुन बनाउने कार्य प्राथमिकतामा परेको छैन”, सांसद दसौदीले भने । आफ्नो कार्यकालमा एउटा मात्र विधेयक राष्ट्रियसभाबाट पारित भएको उनले बताए । सरकारले विधेयक ल्याउन नसकेको नेता दसौदीको गुनासो छ ।

रोजगारको व्यवस्था गर्ने तथा आयआर्जनको उपायबारे सरकारको ध्यान जान नसकेको सांसद दसौदी बताउनुहुन्छ । नीति निर्माण गर्न सरकारको पटक्कै ध्यान नपुगेको उनको गुनासो छ । “राष्ट्रियसभामा जनताका मुद्दा सम्बोधन गरिनु पर्छ”, उनले भने ।

“राष्ट्रियसभा विभिन्न विधेयकबारे छलफल गर्ने र निर्णय लिने ठाउँ हो । सरकारको विरोध र समर्थनका कुरा पनि बेला बेलामा भइरहन्छन् । अन्तिममा विधेयक पारित भने सर्वसम्मत गर्ने गरिएको छ । यो नै राष्ट्रियसभाको चरित्र हो”, सांसद दसौदीले भने ।

राष्ट्रियसभामा हरेक क्षेत्रका विज्ञ तथा राजनीतिभन्दा फरक हिसाबले सोच्ने व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने उनको धारणा छ ।  “म राष्ट्रियसभामा आएपछि यस अवधिमा आएका विधेयकबारे आफ्नो सुझाव राखे । संसदमा सक्रियरुपमा सहभागिता जनाए”, नेता दसौदीले भने ।

उनको अनुभवमा प्रतिनिधिसभामा समझदारी र सहकार्य भन्दा पनि बहुमतको आधारमा निर्णय गर्ने गरेको पाइयो । यस्तो अवस्थामा देश र जनताको हितमा हुने गरी कानुन नबन्न पनि सक्ने उनको बुझाइ छ ।

जनताको अपेक्षा जनजीविकाका सवाल, विकास निर्माण, स्वास्थ्य, शिक्षालगायत भए पनि उल्लेख्य सुधार हुन नसकेको सांसद दसौदीले बताए । “यस विषयमा राष्ट्रियसभामा कुरा उठाए । त्यहाँ जति तर्क बहस गरे पनि उल्लेख्य उपलब्धि हासिल भएको जस्तो लागेन”, उनले भने ।

जनताका अपेक्षा असीमित भएकाले तिनलाई सम्बोधन गर्न सकिने जति एउटा जनप्रतिनिधिको हिसाबले सक्दो प्रयास गरेको नेता दसौदीले बताए । जनताका अपेक्षालाई प्राथमिकता निर्धारण गरेर सदनमा उठाउने तथा कानुन निर्माणमा सक्रिय भएको उनके भनाइ छ । 

“जनतामा निराशा र असन्तुष्टि हुनु स्वभाविक हो । यद्यपि जनताले खोजेको विकास र समृद्धिका लागि सरकार तथा संसद प्रयासरत रहनुपर्छ”, सांसद दसौदीले भने । हुर्कँदै गएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीयताप्रति जनताको अविश्वास र असन्तुष्टि देखिएको उल्लेख गर्दै उहाँले यसतर्फ सबै दल र जनप्रतिनिधिको ध्यान जानुपर्ने उनले बताए ।

दलका नेताहरुले आफ्ना क्रियाकलाप सच्याउनुपर्ने सांसद दसौदीको सुझाव छ । समृद्धिका लागि उत्पादन मुख्य कुरा भएको उल्लेख गर्दै उनले उत्पादनलाई प्राथमिकता नदिए मुलुक समृद्ध हुन नसक्ने बताए ।

पर्यटन क्षेत्रको पूर्वाधार विकास, ऊर्जा र जलस्रोतको पूर्वाधार निर्माण गरेर विद्युत् व्यापार बढाउने, उद्योग कलकारखानामा सहज विद्युत् आपूर्तिसँगै औद्योगिक विकास, रोजगारी सिर्जना गर्ने, जलस्रोतमा लगानी गरी सिँचाइको व्यवस्था गरेर कृषि उत्पादन बढाउने तथा खनिज पदार्थको उत्खननजस्ता कार्यमा सरकारले ध्यान दिए मात्र मुलुक समृद्ध हुने नेता दसौदीको बुझाइ छ ।

“राजनीति नितान्त सेवा हो । तर यहाँ धेरैले यसलाई पेसाको रुपमा लिएका छन् । यसलाई सेवाको रुपमा ठानेर देश र जनताको सेवामा समर्पित हुने तथा देश बनाउन लाग्नुपर्ने हुन्छ । तबमात्र देश बन्छ”, सांसद दसौदीले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending