Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

७४ जिल्लामा पुग्यो टेलिकमको अप्टिकल फाइबर

मुगु र डोल्पामा पनि एफटिटिएच सेवाको पहुँच विस्तार गर्ने सरकारकाे योजना

खबरडबली संवाददाता

काठमाडौं  । नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटिटिएच ७४ जिल्लामा पुगेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयबाटै रुकुमपूर्वको रूकुमकोट र रुकुमपश्चिमको मुसीकोटमा एफटिटिएच नेटवर्क वितरणको भर्चुअल सुरुवात गरेसँगै रुकुमपूर्व र रुकुमपश्चिमका सदरमुकाममा एकैसाथ अप्टिकल फाइबर सेवा आरम्भ भएको छ । यसबाट ग्राहकले द्रूतस्तरको इन्टरनेट, फोन र टेलिभिजन हेर्ने सुवधा प्राप्त गर्नेछन् । 

रुकुमपश्चिमको चौरजहारी र आठबिसकोटमा यसअघि नै एफटिटिएच सेवा विस्तार गरिएको भए पनि रुकुमपूर्व भने यो सेवा विस्तार हुने नयाँ जिल्लाको रूपमा थपिएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्– ‘‘योसँगै आजदेखि देशका ७४ जिल्लामा नेपाल टेलिकमको एफटिटिएच सेवा पुगेको घोषणा गर्न पाउँदा गौरव महसुस भएको छ । बाँकी तीन जिल्लामा पनि जतिसक्दो चाँडो सेवा पुर्‍याउन नेपाल टेलिकमलाई आग्रह गर्न चाहन्छु ।’’

अब कर्णालीका हुम्ला, मुगु र डोल्पामा अप्टिकल फाइबर पुग्न बाँकी रहेको छ । नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्र थप दुई जिल्ला मुगु र डोल्पामा एफटिटिएच सेवाको पहुँच विस्तार गर्ने योजना वार्षिक कार्यक्रममै राखेको जानकारी दिँदै मन्त्री शर्माले यो कामलाई शीघ्र रूपमा अघि बढाउन आग्रह गर्नुभयो । उनले भनिन्–‘ ‘एकातिर ७७ वटै जिल्लामा सेवा विस्तारका लागि लाग्नुपर्ने छ भने अर्कोतिर जिल्ला सदरमुकाबाट पालिका र वडा तहसम्म सेवा विस्तारका लागि ध्यान दिनुपर्ने आवश्यकता छ ।’’

सल्यानबाट करिब एक सय किलोमिटर अप्टिकल फाइबर तानेर मुसीकोटहुँदै रुकुमकोटसम्म पुर्‍याएर दुवै जिल्लाका सदरमुकाममा एकैसाथ आजदेखि सेवा आरम्भ गर्न सफल भएकोमा नेपाल टेलिकम तथा यस कार्यमा निरन्तर खट्ने कर्मचारी र प्राविधिकहरूलाई धन्यवाद दिँदै मन्त्री शर्माले द्रुत क्षमताको इन्टरनेट सेवा प्राप्त गर्न सफल भएकोमा दुवै जिल्लाका बासिन्दालाई बधाई ज्ञापन पनि गरिन्  । 

सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले पछिल्लो समयमा भूकम्पबाट प्रभावित रुकुमपश्चिम, जाजरकोटलगायत १९ जिल्लामा नमुना सेवा पुर्‍याउने जिल्लाको रूपमा अभियान थालिएको जानकारी दिइन् । 

रुकुम,रोल्पा नेपालमा गणतन्त्र स्थापनाका लागि बलिदान गर्ने अग्रणी जिल्ला भएको उल्लेख गर्दै उनले हिजो जनताले बलिदान गरेर आजको राजनीतिक उपलब्धि प्राप्त भएकाले अब त्यस क्षेत्रका जनताको सेवालाई सरकारले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिइन् ।

रुकुमको जीवनरेखाको रूपमा रहने गरी मध्यपहाडी लोकमार्ग विस्तार भएपछि यी जिल्लाको भूभागलाई समेट्ने करिब १२४ किलोमिटर खण्ड राष्ट्रिय राजमार्गसँग जोडिएको उल्लेख गर्दै मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएकै बेलामा तत्कालीन सरकारले मध्यपहाडी लोकमार्ग आर्थिक वर्ष २०६४/०६५ देखि यो रूपान्तरणकारी योजनाको रूपमा अघि सारेको स्मरण गरिन् । 

‘‘राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्गको सबै खण्डमा अप्टिकल फाइवर पुर्‍याएर मध्यपहाडी लोकमार्गलाई सूचना महामार्गको रूपमा स्थापित गर्ने सरकारको लक्ष्य रहेको छ । मन्त्री शर्माले भनिन्– ‘‘यसबाट त्यसको क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक लगायतका समग्र क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको छु ।’’

रुकुमपूर्व र पश्चिम दुवै दुर्गम क्षेत्रका जिल्ला भएकाले पूर्वाधारको क्षेत्रमा गर्नुपर्ने धेरै कार्य बाँकी रहेको औँल्याउँदै उनले यसका लागि विकासका प्राथमिकता निर्धारण गरी तिनै तहका जनप्रतिनिधि र पदाधिकारी तथा कर्मचारीहरूको आपसी समन्वयात्मक पहलकदमीबाट उपलब्धि हासिल गर्न सकिने धारणा राखिन् । रुकुमपूर्वका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीले सदरमुकामसम्म द्रुत गतिको इन्टरनेट पुर्‍याएकोमा धन्यवाद ज्ञापन गर्दै यो सेवालाई गाउँगाउँसम्म विस्तार गरिदिन आग्रह गरिन् । 

मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समिति अध्यक्ष कृष्णबहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा टेलिकमका निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडीले कम्पनीका सेवा प्रवाहको बारेमा जानकारी गराएकी थिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...

ब्रड पिक दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, निर्मल पुर्जासहित सबै आरोहीलाई श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...

सरकार–हिन्दु सम्राट वार्ता निष्कर्षविहीन, सहमति खोज्न पुनः संवाद हुने

जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...

चुलोमा पेट्रोल हाल्दा आगो भड्कियो, कालीकोटमा दम्पती गम्भीर घाइते

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...

ब्रड पिकको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, ६ नेपालीले गुमाए ज्यान

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending