Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

जनअपेक्षा अनुसारका कानुन बन्न सकेका छैनन्ः सांसद चौधरी

खबरडबली संवाददाता

काठमाडौ ।  नेपाली कांग्रेसका नेता एवं सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले पार्टीको अनुशासनमा पनि रहनुपर्ने र जनताको भावनाको आवाज पनि उठाउनुपर्ने भएका कारण जनप्रतिनिधिले सोचेअनुसार कानुन बनाउन नसकेको स्वीकार गरेका छन् ।

कानुन निर्माणका क्रममा शीर्ष नेताबीच सहमति हुन नसक्दा र कतिपय अवस्थामा कर्मचारीतन्त्रको प्रभाव हुने भएकाले सदनबाट सोचेअनुसारको कानुन बनाउन चुनौती रहेको उनको टिप्पणी छ ।     

सांसद चौधरीले भने, “सदनमा कानुन बन्ने प्रक्रिया पनि लामो छ, सरकारले पर्याप्त मात्रामा बिजनेस पनि दिन सकेको छैन, दलबीच सहमति हुन नसक्दा संविधान कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण कानुन बन्न सकेका छैनन्, प्रतिपक्षी दलको अवरोधले पनि संसद्ले सहजरूपमा काम गर्न पाएको हुँदैन ।”

सदनमा सांसदहरु तीन÷चार जना शीर्ष नेताको निर्णयमा ताली पिट्ने मात्र अवस्था रहेको उल्लेख गर्दै उनले नेतृत्वमा इच्छाशक्ति पनि नदेखिएकाले पनि संविधान कार्यान्वयनका महत्वपूर्ण कानुन समयमै बन्न नसकेको टिप्पणी गरे ।

विसं २०३६ देखि नेविसङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका उहाँसँग राजनीतिका साथै केही समय शिक्षण पेसामा लागेर प्याब्सन, एन प्याब्सन र शिक्षक सङ्घमार्फत पेसागत राजनीति गरेको अनुभव समेत छ ।   

तीन पटक संसद्को निर्वाचनमा लगातार विजयी हुनुभएका सांसद चौधरीले संसद्को शून्य, विशेष र आकस्मिक समयमा जनताका आवाज उठाउँदा समाचारका लागि मात्र हुने गरेको गुनासो गरे । सदनमा उठेका विषयको कार्यान्वयन पक्ष फितलो रहेको उनको भनाइ थियो ।

सांसद चौधरीले भने, “सदनमा उठेका विषय कार्यान्वयनका लागि सरकारमार्फत सम्बन्धित निकायमा पत्राचार गर्नुपर्छ । अनिमात्र राज्यका निकाय जनताप्रति उत्तरदायी हुन्छन् ।” विसं २०५२ मा कांग्रेसको क्रियाशील सदस्यता लिएर पार्टीमा सक्रिय हुनुभएका उनी २०६२÷६३ सालको आन्दोलनमा सक्रिय सहभागी भएका थिए ।

कांग्रेसमा लगातार चार पटक महासमिति सदस्य रहिसक्नु भएका सांसद चौधरी कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्रीका प्रत्यासी थिए  । सांसदको प्रमुख काम नीति निर्माण भए पनि जनताको अपेक्षा र जनताबीच गरेका वाचा पूरा गर्न पनि सांसदले केही विकास निर्माणका काममा लाग्नुपर्ने बाध्यता रहेको उहाँको तर्क छ ।

सांसद चौधरीले भने, “हाम्रो जस्तो मुलुकमा जनताले जनप्रतिनिधिबाट बाटो, पुल, स्वास्थ्यचौकी, विद्यालय, खानेपानी, सिँचाइ निर्माणको अपेक्षा गरेका हुन्छन्, सांसद पनि त्यसमा कुनै न कुनै रुपमा लाग्नैपर्छ ।

यसलाई अन्यथा सोच्नु हुँदैन ।” प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिले कुनै न कुनै विकास निर्माणका काममा जोडिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । उहाँ संविधानसभाको दोस्रो निर्वाचनमा २०७० सालमा सप्तरी निर्वाचन क्षेत्र नं ५, २०७४ र २०७९ मा सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसबाट निर्वाचित भएका थिए ।     

सङ्घीयता कार्यान्वयनका आवश्यक कानुन बन्न नसक्दा प्रदेश र स्थानीय तहले काम गर्न नसकेको तीनै तहका सरकारबीच आपसी समन्वय पनि हुन नसकेको सांसद चौधरीको भनाइ छ ।

विसं २०१९ मा सप्तरीमा जन्मनु भएका उनले भ्रष्टाचारका प्रकरण र अनियमितता नियन्त्रण गर्न सके मात्र मुलुकमा सुशासन कायम हुने बताउँदै भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सबै एकजुट हुनुपर्ने बताए ।

सांसद चौधरीले भ्रष्टाचार र अनियमितताका सम्बन्धमा सदनमा उठेका विषयमा सरकार र प्रतिपक्षी दल गम्भीर हुनुपर्ने र नियन्त्रणका कडारूपमा प्रस्तुत हुनुपर्ने उल्लेख गरे । 

सत्ता भएका बेला एकथरी धारणा बनाउने र प्रतिपक्षमा भएका बेला अर्को विचार बनाउने दलहरूबीचको समस्याका कारण पनि कतिपय अवस्थामा सदनले प्रभावकारी काम गर्न नसकेको उनको अनुभव छ ।

जनताका अपेक्षाअनुसार विकास निर्माण हुन नसक्दा र रोजगारी दिन नसक्दा युवाहरू कामका लागि विदेशिन बाध्य भएकोप्रति चिन्ता व्यक्त गर्दै सांसद चौधरीले यो विषयलाई समयमै समाधान गर्न सकिएन भने अहिलेको राजनीतिक व्यवस्थाको भविष्य नै खतरामा पर्न सक्ने बताए । तसर्थ सबै दल मिलेर जनतालाई सुशासन दिनुपर्ने अपरिहार्यता औँल्याउँदै उनले यसबाट जनतामा देखिएको वितृष्णा हटाउन सकिनेमा जोड दिए ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending