Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

जनअपेक्षा अनुसारका कानुन बन्न सकेका छैनन्ः सांसद चौधरी

खबरडबली संवाददाता

काठमाडौ ।  नेपाली कांग्रेसका नेता एवं सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले पार्टीको अनुशासनमा पनि रहनुपर्ने र जनताको भावनाको आवाज पनि उठाउनुपर्ने भएका कारण जनप्रतिनिधिले सोचेअनुसार कानुन बनाउन नसकेको स्वीकार गरेका छन् ।

कानुन निर्माणका क्रममा शीर्ष नेताबीच सहमति हुन नसक्दा र कतिपय अवस्थामा कर्मचारीतन्त्रको प्रभाव हुने भएकाले सदनबाट सोचेअनुसारको कानुन बनाउन चुनौती रहेको उनको टिप्पणी छ ।     

सांसद चौधरीले भने, “सदनमा कानुन बन्ने प्रक्रिया पनि लामो छ, सरकारले पर्याप्त मात्रामा बिजनेस पनि दिन सकेको छैन, दलबीच सहमति हुन नसक्दा संविधान कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण कानुन बन्न सकेका छैनन्, प्रतिपक्षी दलको अवरोधले पनि संसद्ले सहजरूपमा काम गर्न पाएको हुँदैन ।”

सदनमा सांसदहरु तीन÷चार जना शीर्ष नेताको निर्णयमा ताली पिट्ने मात्र अवस्था रहेको उल्लेख गर्दै उनले नेतृत्वमा इच्छाशक्ति पनि नदेखिएकाले पनि संविधान कार्यान्वयनका महत्वपूर्ण कानुन समयमै बन्न नसकेको टिप्पणी गरे ।

विसं २०३६ देखि नेविसङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका उहाँसँग राजनीतिका साथै केही समय शिक्षण पेसामा लागेर प्याब्सन, एन प्याब्सन र शिक्षक सङ्घमार्फत पेसागत राजनीति गरेको अनुभव समेत छ ।   

तीन पटक संसद्को निर्वाचनमा लगातार विजयी हुनुभएका सांसद चौधरीले संसद्को शून्य, विशेष र आकस्मिक समयमा जनताका आवाज उठाउँदा समाचारका लागि मात्र हुने गरेको गुनासो गरे । सदनमा उठेका विषयको कार्यान्वयन पक्ष फितलो रहेको उनको भनाइ थियो ।

सांसद चौधरीले भने, “सदनमा उठेका विषय कार्यान्वयनका लागि सरकारमार्फत सम्बन्धित निकायमा पत्राचार गर्नुपर्छ । अनिमात्र राज्यका निकाय जनताप्रति उत्तरदायी हुन्छन् ।” विसं २०५२ मा कांग्रेसको क्रियाशील सदस्यता लिएर पार्टीमा सक्रिय हुनुभएका उनी २०६२÷६३ सालको आन्दोलनमा सक्रिय सहभागी भएका थिए ।

कांग्रेसमा लगातार चार पटक महासमिति सदस्य रहिसक्नु भएका सांसद चौधरी कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्रीका प्रत्यासी थिए  । सांसदको प्रमुख काम नीति निर्माण भए पनि जनताको अपेक्षा र जनताबीच गरेका वाचा पूरा गर्न पनि सांसदले केही विकास निर्माणका काममा लाग्नुपर्ने बाध्यता रहेको उहाँको तर्क छ ।

सांसद चौधरीले भने, “हाम्रो जस्तो मुलुकमा जनताले जनप्रतिनिधिबाट बाटो, पुल, स्वास्थ्यचौकी, विद्यालय, खानेपानी, सिँचाइ निर्माणको अपेक्षा गरेका हुन्छन्, सांसद पनि त्यसमा कुनै न कुनै रुपमा लाग्नैपर्छ ।

यसलाई अन्यथा सोच्नु हुँदैन ।” प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिले कुनै न कुनै विकास निर्माणका काममा जोडिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । उहाँ संविधानसभाको दोस्रो निर्वाचनमा २०७० सालमा सप्तरी निर्वाचन क्षेत्र नं ५, २०७४ र २०७९ मा सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसबाट निर्वाचित भएका थिए ।     

सङ्घीयता कार्यान्वयनका आवश्यक कानुन बन्न नसक्दा प्रदेश र स्थानीय तहले काम गर्न नसकेको तीनै तहका सरकारबीच आपसी समन्वय पनि हुन नसकेको सांसद चौधरीको भनाइ छ ।

विसं २०१९ मा सप्तरीमा जन्मनु भएका उनले भ्रष्टाचारका प्रकरण र अनियमितता नियन्त्रण गर्न सके मात्र मुलुकमा सुशासन कायम हुने बताउँदै भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सबै एकजुट हुनुपर्ने बताए ।

सांसद चौधरीले भ्रष्टाचार र अनियमितताका सम्बन्धमा सदनमा उठेका विषयमा सरकार र प्रतिपक्षी दल गम्भीर हुनुपर्ने र नियन्त्रणका कडारूपमा प्रस्तुत हुनुपर्ने उल्लेख गरे । 

सत्ता भएका बेला एकथरी धारणा बनाउने र प्रतिपक्षमा भएका बेला अर्को विचार बनाउने दलहरूबीचको समस्याका कारण पनि कतिपय अवस्थामा सदनले प्रभावकारी काम गर्न नसकेको उनको अनुभव छ ।

जनताका अपेक्षाअनुसार विकास निर्माण हुन नसक्दा र रोजगारी दिन नसक्दा युवाहरू कामका लागि विदेशिन बाध्य भएकोप्रति चिन्ता व्यक्त गर्दै सांसद चौधरीले यो विषयलाई समयमै समाधान गर्न सकिएन भने अहिलेको राजनीतिक व्यवस्थाको भविष्य नै खतरामा पर्न सक्ने बताए । तसर्थ सबै दल मिलेर जनतालाई सुशासन दिनुपर्ने अपरिहार्यता औँल्याउँदै उनले यसबाट जनतामा देखिएको वितृष्णा हटाउन सकिनेमा जोड दिए ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending