Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

त्रिविको उपकुलपति नियुक्तिका लागि मापदण्डबिनै दोस्रो पटक दरखास्त आह्वान

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो। 

समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि दरखास्त आह्वान गर्ने निर्णय गरेको हो।

समितिले यसअघि पहिलो पटक पुस २० गते सार्वजनिक सूचनामार्फत उपकुलपतिमा नियुक्तिका लागि योग्य व्यक्तिबाट दरखास्त आह्वान गरेको थियो। उक्त सूचनामा उपकुलपतिका लागि दरखास्त दिने व्यक्तिका लागि विभिन्न छ वटा मापदण्ड तोकिएको थियो। 

ती मापदण्डमध्ये विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको बेहोरा खुलाउनुपर्ने विषयसमेत समेटिएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त व्यवस्था शंसोधन गर्न निर्देशन दिएका थिए। 

उनको निर्देशनपछि समितिले पुस २० गतेको सूचना रद्द गरिएको सूचना  आइतबारनै अर्को बैठक बसेर समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो।

कस्ता व्यक्तिले उपकुलपतिका लागि दरखास्त दिन पाउने छन् भन्ने विषयमा समितिले सूचनामा केही पनि खुलाएको छैन तर उपकुलपतिका लागि इच्छुक व्यक्तिले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम दरखास्त दिन भनिएको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानी विदेशमन्त्रीको नेपाल भ्रमणमा ‘इन्डो प्यासिफिक’ प्राथमिकताको मुद्दा बन्ला ?

काठमाडौं । जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी आइतवार गर्ने नेपाल भ्रमणमा जापानबाट नेपालमा लगानी भित्र्याउने विषयलाई प्रमुखताका साथ उठाइने अधिक...

खडेरीले भएन चैतेधान रोपाइँ

बारा । चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्...

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन् । करिब...

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा किन हुँदैछन् भेला ?

दोलखा । नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि आज दोलखामा भेला हुँदै छन्। ...

नेकपा एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको १०औँ जिल्ला अधिवेशनले नरेन्द्रकुमार कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस स्वतन्त्रत...

एमाले पश्चिम नवलपरासीको अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन उद्घाटनका लागि पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली बिहानै जाँ...

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन, डिसी । यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती...

उपनिर्वाचनमा जमानत जफत भएपछि समीक्षा गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे बैठक बस्न ला...

कोशीमा कोर्स करेक्सन गर्नेबारे ओली र शेखरबीच नयाँ समझदारी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ।  कोशी प्रदेशमा नयाँ सरकार गठनमा देखिएको अवरोध हटाउने ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies