Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

तेजपातको मूल्य नबढ्रदा मारमा किसान

खबरडबली संवाददाता

मोरङ । मूल्य लगातार घटेपछि  तेजपात उत्पादक किसान निराश भएका छन् । उत्पादन बढे पनि अघिल्लो वर्षको तुलनामा कम मूल्य पाएको किसानको गुनासो छ । तेजपात पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको निर्यातजन्य कृषि उत्पादन हो ।

मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीका नगेन्द्रकुमार खाण ठकुरीले एक सयभन्दा बढीको सङ्ख्यामा तेजपातका झाङ लगाएका छन् । वर्षमा एक पटकमात्र काट्न मिल्ने तेजपातको उत्पादनका हिसाबले कम मूल्य पाएको उनले बताए  । ठकुरीले करिब १४ वर्षअघि लगाउनुभएको उक्त झाङले चार वर्षअघिदेखि उत्पादन दिन थालेका हुन् । 

तीन वर्षसम्म प्रतिकेजी रु ५० मा बिक्री गरेको तेजपात गत वर्ष रु ४० मा बिक्री गरिएको ठकुरीले जानकारी दिए । “एउटा रूखमा १५ देखि २० किलोसम्म सुकेको तेजपात उत्पादन हुन्छ”, उनले भने, “सय रूखबाट वार्षिक ५० हजारसम्म कमाउन सकिन्छ ।”   ठकुरी जस्तै केराबारी–२ का देवीबहादुर ठकुरी र अटल सिंह राईले पनि तेजपातको व्यावसायीक खेती गर्दै आएका छन्र । यहाँ उत्पादित तेजपात केराबारी, लेटाङ बजार र सुनसरीको धरानमा बिक्री हुने गरेको राईले बताए ।     

विगत दश वर्षयता तेजपातको खरिद–बिक्री गर्दै आउनुभएका लेटाङका लोकहादुर लिम्बूले भने, “नेपालमा प्रशस्त मसला उद्योग खुलेकाले तेजपातको भारततर्फ निकासी घटेको छ । भारतीय व्यापारीको तुलनामा नेपाली व्यापारीले कम मूल्य दिने गरेकाले किसानले उपयुक्त मूल्य नपाएका हुन् ।” नेपाली तेजपातको माग स्थानीय बजारमा उच्च रहेको उनको भनाइ थियो । 

मोरङका उत्तरी भेगका पहाडी पालिका र धनकुटा, पाँचथर र इलाम जिल्लाका दक्षिणी गाउँको सम्पूर्ण उत्पादन लेटाङमा सङ्कलन हुने गरेको छ । लेटाङसँग पहाडी गाउँको सडक सञ्जाल जोडिएपछि तेजपातका व्यापारी मोरङको लेटाङ र केराबारी बजारमा काँटा थापेर बसेका छन् । तेजपात नेपालका मसला उद्योग र भारततर्फ निकासी हुने गरेको छ ।

केराबारी–२ सिंहदेवीमा तेजपात सङ्कलन गरी लेटाङ बजारमा बिक्रीका लागि आउनुभएका देवी ठकुरीले तेजपातको व्यावसायिक उत्पादन हुन थालेको बताए । उत्तरी मोरङका धेरै किसानले खेतबारीमा तेजपात लगाएका उहाँको भनाइ थियो । “एक वर्ष राम्रो बाली दिएको बोटले अर्को वर्ष आम्दानी खासै दिँदैन । पहिले दाउराका लागि रोपिने तेजपात किन्न गाउँगाउँमा व्यापारी पुग्न थालेपछि किसानले बारीमा थप बिरुवा रोप्न थालेका छन्”, उनले भने ।   

विराटनगर भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७९र८० मा विराटनगर भन्सार कार्यालयबाट रु आठ करोड ५७ लाख ३० हजार मूल्य बराबरको एक हजार दुई सय ७५ मेट्रिक टन तेजपात भारत निकासी भएको थियो । चालु आर्थिक वर्षको मङ्सिरसम्ममा रु दुई करोड ८१ लाख छ हजार मूल्य बराबरको चार सय मेट्रिक टन तेजपात निर्यात भएको छ । 

नेपालको महाभारत पर्वतीय शृङ्खलामा समुद्री सतहबाट एक सय मिटरदेखि दुई हजार पाँच सय मिटर उच्च क्षेत्रमा तेजपातको रूख हुने गरेको छ । यो एक सदाबहार ठूलो झ्याम्म परेको रूख हो । यसको पातको माथिल्लो सतह चिल्लो, चम्केको र तल्लो सतह फुस्रो हुन्छ । यसको वर्षमा एकपटक असोजदेखि चैतसम्म रूखको हाँगाहरू भाँचेर झिकिन्छ । हरेक हाँगाबाट तेजपात सङ्कलन गरिन्छ ।     
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending