काठमाडौं । कुखुराको अन्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ मूल नाराका साथ मङ्गलबार ११ औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेका बेला किसान तथा उद्योगीले उत्पादन गरेका अन्डा र कुखुराको मासुको बिक्रि नभएको भन्दै चिन्ता जनाएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक एक अर्ब ६० करोड वटा अन्डा र दुई लाख ५० हजार मेट्रिक टन कुखुराको मासु उत्पादन हुँदै आएको छ तर त्यस अनुसार खपत नभएको गुनासो पोल्ट्री उद्योगीको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार विकसित देशको तुलनामा नेपालमा अन्डा र मासुको खपत निकै कम रहेको जनाएको छ ।
दक्षिण एसियाका केही देशले सरदर एक जनाले वार्षिक १८० वटा अन्डा उपभोग गर्छन् तर नेपालमा एक व्यक्ति वार्षिक ६१ वटामा मात्र सीमित रहेका छन् । बङ्गलादेशमा एक जनाले वार्षिक ८० वटा, भारतमा ७९ र पाकिस्तानमा ७२ वटा अन्डा खपत गर्ने गरेका छन् । त्यस्तै अन्य विकसित देशमा त वार्षिक एक जना व्यक्तिले चार सयभन्दा बढी अन्डा खपत गरेको तथ्याङ्कमा देखिएको छ ।
चीनमा ४३३, जापानमा ३९७, अमेरिकामा ३२२ वटा अन्डा खपत गर्ने गरेको छ जसको तुलनामा नेपाल निकै पछाडि रहेको छ । कुखुराको मासु नेपालमा प्रतिव्यक्ति वार्षिक ७.५७ किलो मात्र खपत हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ जबकि विकसित देशमा वार्षिक सरदर प्रतिव्यक्ति ७४.७ किलोसम्म खपत हुने गरेको छ । इजरायल जस्तो देशमा प्रतिव्यक्ति ६८.९ किलो मासु खपत गर्ने गरेको छ भने अमेरिकामा एक जना व्यक्तिले ५८.७ किलो मासु खपत गर्ने गरेको छ ।
पोल्ट्रीले देशको कुल गार्हस्थ उत्पादनको ३.५ प्रतिशत योगदान दिएको छ । कृषि मन्त्रालयका अनुसार पाँच लाख जनाले यो क्षेत्रमा रोजगारी पाएका छन् भने यो क्षेत्रमा एक खर्ब ६० अर्ब लगानी भएको देखिन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: