काठमाडौं । नेपाली कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ। संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो।
कार्यक्रम दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ।
लोकतन्त्र प्राप्तिका लागि पटक(पटक आन्दोलनमा योगदान गरेका, बृहत शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।
चर, कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भने कार्यक्रममा निम्तो दिएको छैन।
मापदण्डभित्र नपरेका पार्टी छुटेको हुन सक्ने उनले बताए।
उनले भने, ‘वक्ता धेरै हुने भएकोले निश्चित मापदण्ड बनाइयो। राष्ट्रिय मेलमिलाप भनेपछि बिपीको विचारलाई कार्यान्वयन गर्नका लागि नेपालमा लोकतन्त्र नै मूल विषय हो। प्रजातन्त्र नै मूल विषय हो। यो विषयमा लामो समयसम्म योगदान गर्ने मानिसहरू वक्ता रहने भनेपछि नेमकिपाका नारायणमान बिजुक्छे, लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान छ। चित्रबहादुर केसीको योगदान छ। रास्वपा मात्र होइन अरू पनि छुटेका छन्।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...
पौष ६ गते, २०८२ - ०८:४८
काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...
पौष ६ गते, २०८२ - ०८:४३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...
पौष ६ गते, २०८२ - ०७:५७
मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...
पौष ६ गते, २०८२ - ०७:१८
काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...
पौष ६ गते, २०८२ - ०७:१३
सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...
पौष ६ गते, २०८२ - ०७:११
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...
पौष ६ गते, २०८२ - ०७:०४
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...
पौष ६ गते, २०८२ - ०७:००
स्याङ्जा। यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएक...
पौष ६ गते, २०८२ - ०६:५७
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न ...




प्रतिकृया लेख्नुहोस्: