Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

म नेपाली पहिरन नै रुचाउछुः मिस नेपाल श्रीच्छा

खबरडबली संवाददाता

काठमाडौं । मिस नेपाल श्रीच्छा प्रधानले आफुलाई नेपाली पहिरनमै रुचि रहेको बताएकी छन् । नेपाली पहिरनमा ढाका बढी मनपर्ने र प्रयोग गर्ने बताएकी उनले आकर्षक, सजिलो र उचित मुल्यमा नेपाली पहिरन मिल्ने भएकोले  सबैलाई प्रयोग गर्न समेत सुझाएकी छन् ।

ललितपुरको जावलाखेलमा संचालनमा आएको क्वीन कलेक्सनमा प्रधानले नेपाली पहिरन धेरै कुरामा सोचेर, सजिलो र स्वास्थ्यको दृष्टिले समेत निर्माण हुने भएकोले प्रयोग गर्न सजिलो समेत रहेको बताईन्। ‘म नेपाली बुटिकहरुकै फेसन प्रयोग गर्छु । किनभने त्यहाँ मुल्य सुहाउदो र सबैले तिर्न सक्ने हुन्छ’, उनले भनिन् ‘बुटिकमा आफुले चाँहेजस्तो डिजाइन छान्न र बनाउन सकिन्छ ।’ ग्राहक प्रतिको जिम्मेवारीमा अन्य भन्दा बुटिक अलि बढी जिम्बेवार हुने गरेको आफुले पाएको उनले सुनाइन् ।्

‘बुटिका पहिरन एकदमै कलरफुल, युनिक डिजाइन हुन्छ ।  अहिलेका हामी युवाले पहिलेका कल्चर पहिरन प्रयोग गर्दा अर्कै किसिमको गर्व फिल हुन्छ । त्यही कारणले पनि म नेपाली पहिरनमा रमाउछु’ उनले थपिन् । प्रधान ‘मिस वल्र्ड’को तयारी गरिरहेकी छन् । ‘मिस वल्र्ड’को प्लेटर्फममा पनि उनले नेपाली बिभिन्न कलासंस्कृति र बातावरण झल्कने पहिरन प्रयोग गर्ने सोचमा छिन् । त्यसका लागि उनले नेपाली डिजाइनर, त्यो पनि आइआइएफटी स्कूल अफ फेसनसँगको छलफलमा छिन् ।

मिस नेपालमा पनि आइआइएफटीको सहकार्य रहेकोले मिस वल्र्डका लागि सहकार्य गर्ने सोच बनाएको उनले बताइन् । क्वीन कलेक्सन मेनका रानाले संचालनमा ल्याएकी हुन् ।  मेनका आइआइएफटी स्कूल ओफ फेसन ललितपुरकी बिद्यार्थी हुन् । आफुले अध्यायन गरेर सिकेको कुरा प्रयोग गर्ने र फेसनमा सेवा दिने उदेश्यले क्वीन कलेक्सन संचालनमा ल्याएको रानालले बताइन् ।

‘मलाई सानैदेखि फेसनमा केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । फेसनको बिभिन्न कुरा बुझ्दै जाँदा आइआइएफटी स्कूल अफ फेसनसँग जोडिए’, रानाले भनिन् ‘त्यहाँ सिकेको कुरा बाहिर ल्याउन र फेसनमा नयाँ टेष्ट दिन बुटिक खोले ।’ फेसनमा गुणस्तरिय र आकर्षक पहिरन सस्तो मुल्यामा उपलब्ध दिन बुटिक संचालन ल्याएको उनको भनाई छ ।

‘मेरो बुटिक भिआइपीदेखि सर्वसाधारणसम्म सबैका लागि हो । मेरो उदेश्य फेसनमा सबैको पाँैच होस् भन्ने छ’ उनले अगाडि थपिन् ‘हामी मानिसको इच्छा अनुसारको डिजाइन समेत तयार गरेर दिन्छौ ।’ कार्यक्रममा आइआइएफटी स्कूल ओफ फेसन इन्तेरिओर डिजाइनका कार्यकारी प्रबन्धक बिपना थापाले आफ्नो स्कुलको बिद्यार्थीले ब्यवसायिक रुपमा अगाडि बढेको देख्दा खुसी लागेको बताइन् । उनले मेनकाको आट र क्रियासिलताबाट आफु प्रभावित भएको बताउदै आवश्यक सहयोग गर्न तयार रहेको धारणा राखिन् । 

क्वीन कलेक्सनमा महिलाले फेसनका लागि सबै प्रकारको सेवा प्राप्त गर्न सक्नेछन् । नेपाली पहिरन र कल्चरलाई विशेष प्रथामिकता राखेको यो कलेक्सनमा कल्चरल, फर्मल, पार्टीवेयर, क्याजुअलदेखि सबै प्रकारको ड्रेस पाउन नयाँ बनाउन सकिनेछ । 

विश्व बजारमा चलेका र आकर्षक डिजाइन समेत उपलब्ध हुने बुटिकमा आफुलाई मनपर्ने डिजाइन उचित मुल्यमा तयार गर्न लगाउन पनि सकिनेछ । बुटिकले आफ्नो डिजाइनमा क्वालिटी र रंगसंयोजना समेत विशेष ध्यान दिने बताएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...

ब्रड पिक दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, निर्मल पुर्जासहित सबै आरोहीलाई श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...

सरकार–हिन्दु सम्राट वार्ता निष्कर्षविहीन, सहमति खोज्न पुनः संवाद हुने

जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...

चुलोमा पेट्रोल हाल्दा आगो भड्कियो, कालीकोटमा दम्पती गम्भीर घाइते

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...

ब्रड पिकको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, ६ नेपालीले गुमाए ज्यान

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending