Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

हिउँदमै हिउँ छैन, कालापत्थर बन्दै हिमाल

खबरडबली संवाददाता

हिउँ आयो पुस, बूढाबूढी रुस

हिउँ आयो माघ, बूढाबूढी भाग

यी रमाइला टुक्का जुम्लामा जनजनको जिब्रोमा झुन्डिएका छन् । हिमपातसँग जोडिएका रमाइला वाक्य जब हिउँ पर्न थाल्छ, तब बालबालिकादेखि युवायुवतीले रमाउँदै अभिव्यक्त गर्छन् । वृद्धवृद्धालाई जोडेर पुस र माघ महिनामा हिउँ पर्नासाथ गाउँघरमा यिनै रमाइला टुक्काद्वारा हिउँलाई स्वागत गर्ने गरिन्छ । हिमपात हुने मुख्य सिजन भनेकै पुस र माघ महिना हुन् । त्यसैले, यी टुक्कामा यिनै दुई महिनाको नाम जोडिएको छ । तर, केही वर्षयता भने कम हिमपात भइरहेको छ । यस वर्षसमेत पुस दोस्रो सातासम्म हिँउ परेको छैन ।

हिउँदेयाममा समेत हिउँ नपरेपछि डाँडाकाँडा रूखा र सुक्खा देखिनथालेका छन् भने हिमालहरू कालापत्थरमा परिणत भएका छन् । हिमालको शोभा घटेको छ । पहिले चाँदीझैं टल्कने हिमाल अहिले उराठलाग्दा देखिनथालेका छन् । सामान्यतया चिसो मौसममा हिमपात हुन्छ । पुस र माघ महिनामा हिउँ बढी पर्ने हुन्छ । विगतको जस्तो पुस, माघमा हिउँ नपर्नु, पानी नपर्नु, असोज कात्तिकमा अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभाव रहेको स्थानीयहरू बताउँछन् । पहिले बाक्लो हिउँ पथ्र्यो, वनजंगल हिउँले ढाकिएपछि जंगली जनावरहरू गाउँबस्तीमै पुग्ने गर्थे ।

तातोपानी गाउँपालिका–७ सर्मीका ८० वर्षीय करे कुँवर जलवायु परिवर्तनको असरका साक्षी हुन् । ‘विगतमा मान्छे डुबाउने हिउँ पथ्र्यो, बालीनाली पनि सप्रन्थ्यो, यतिबेलासम्म त बापाखारी, खेत हिउँले सेताम्य हुन्थे, वनजंगल हिउँले थुनिएपछि मृगहरू आहाराको खोजी गर्ने क्रममा गाउँमा समेत पुग्थे,’ कुँवरले भने, ‘अहिले त हिउँ नै पर्न छाड्यो, परे पनि अलिअलि मात्रै पर्छ ।’ हिमपातपछि पशुचौपाया चराउन मात्रै सकस हुने, वातावरणीय हिसाबले र अन्नबालीका लागि निकै राम्रो हुने उनले बताए । उनका नुसार खोलानालामा पानीको बहाव घट्दै गएको छ भने पानीका मूलहरू सुक्दै गएका छन् ।

१२ वर्षको उमेरबाट ट्रेकिङ गाइड गर्दै आएका पातारासी गाउँपालिका–७ पठमाराका सीप बुढा हिमालमा हिउँ नभएका कारण हिमालहरूको सौन्दर्यता हराउँदै गएको बताउँछन् । जलवायु परिवर्तनको असरले हिमालहरूको प्राकृतिक सौन्दर्यता गुम्ने चिन्ता हुनथालेको उनले बताए । हिमालैहिमालको मुलुकमा हिमपातमा व्यापक बदलाव हुनु पर्यटनका लागि दुर्भाग्यको कुरा भएको उनले बताए । १५–२० वर्ष पहिलाजस्तो बाक्लो हिउँ पर्न छाडेको उनले बताए ।

बाह्रै महिना सेताम्य हुने हिमालमा समेत हिउँ छैन । जुम्लाका पातारासी हिमाल, भुरिचुला, चिमारा मालिका, डाँफेलेकजस्ता क्षेत्रमा समेत हिउँ देखिँदैन । चन्दननाथ–१० का नरेन्द्र भण्डारीले भने, ‘भर्खरै हामी जुम्लाको चिमारा मालिकाको चुचुरो पुगेर फर्कियौं, त्यहाँबाट जुम्ला र आसपासका हिमालको दृश्यावलोकन गर्न सकिन्छ, पहिले जस्तो हिमालमा हिउँ छैन, हिमाल काला देखिन्छन् ।’ अन्नबालीसहित जडिबुटी उत्पादनमा समेत असर हुने भण्डारीले बताए । वैशाखदेखि असार पहिलो सातासम्म यार्सागुम्बा संंकलन गरी जीविका चलाउने स्थानीयलाई हिउँ नपर्दा चिन्ता बढेको छ । पर्याप्त हिउँ नपरे यार्सासमेत कम पाइने स्थानीय बताउँछन् ।

जुम्लामा लगाइएका हिउँदेबाली सुक्न थालेको भन्दै किसान चिन्तित भएका छन् । हिउँदेबालीका लागि सिँचाइ नभएका ठाउँमा हिउँको विकल्प नभएको किसान मन्नु खड्काले बताइन् । स्याउ र ओखरका लागिसमेत हिउँ अत्यावश्यक रहेको स्याउ सुपरजोन जुम्लाका प्रमुख खेमराज शाहीले बताए ।

‘हिमपात नहुँदा स्याउलाई चिलिङ (माइनस तापक्रममा माटोमा पानीको मात्रा) पुग्दैन, जाडो मौसममा स्याउ बिरुवा हजार घण्टा सुसुप्त अवस्थामा पुग्नुपर्छ,’ स्याउ सुपरजोनका प्रमुख शाहीले भने, ‘हिमपात नहुँदा पछि स्याउका फूल तथा दाना झर्ने समस्या हुन्छ, उत्पादनमा गिरावट आउने खतरा हुन्छ ।’

हिमालय क्षेत्रको जलवायु परिवर्तनको असरका कारण हिमालहरू कालापत्थर बन्दै गएकाेमा गम्भीर हुनुपर्ने बेला आएको शाहीले बताए । राजधानी दैनिकमा याे समाचार छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मौरीपालनतर्फ किसानको आकर्षण बढ्दो

बागलुङ ।  कम लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि बागलुङको निसीखोला गाउँपालिकाका किसान मौरीपालनमा आकर्षित हुँदै गएका छन् । उच्च पहाडी इलाकामा मौरीपाल...

संवैधानिक परिषद्को निर्णय सर्वसम्मति हुनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरू सर्वसम्मतिले गर्नुपर्नेमा आफू अडिग रहेको बताएका छन् । ...

एयर इण्डियाका कर्मचारीहरूले अचानक बिदा लिएपछि...

काठमाडौं । एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले सँगै बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । समाचार एजेन्सी ...

जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्यः अध्यक्ष ओली

कपिलवस्तु ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराईमधेशका जनतालाई स्वास्थ्यलयागतका सेवादिन सडकसञ्जालको विकास अपरिहार्य रहेको...

रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु

मुगु ।  रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायाँनाथ रार...

हिन्दू परम्परामा मातातीर्थ औँशीेको महत्व के ?

आमाप्रतिको गहिरो श्रद्धा र हाम्रो जीवनलाई आकार दिने मातातीर्थ औँशीले हिन्दू भक्तहरूको हृदयमा मातृत्व र ईश्वरीय नारी ऊर्जाको सम्मान गर्न समर्पित पवित्र...

सुनकोशी मरिण डाइभर्सन सुरूङको ब्रेक थ्रू

काठमाडौं । सुनकोशी मरिण डाइभर्सन सुरूङको ब्रेक थ्रू भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्विच थिचेर बाँकी रहेको केही सेन्टिमिटर सुरूङको...

कम्युनिष्टहरूको अधिनायकवादका विरूद्ध लड्ने बेला आएको छः कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरूको अधिनायकवादका विरूद्ध लड्ने बेला आएको बताएका छन् । पार्टीका गण्डकी प्रदेश संसदीय ...

सुधार केन्द्रबाट भाग्ने क्रममा एक युवककाे मृत्यु

कैलाली  । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ भालुफाँटास्थित नयाँबाटो पुनर्स्थापना केन्द्रमा बस्दै आएका एक युवकको मृत्यु भएको छ । गयराती पुनर्स्था...

सुन मूल्य तोलाको एक लाख ३६ हजार

काठमाडौं । मंगलबार तोलामा ८ सय रूपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies