Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

हिउँदमै हिउँ छैन, कालापत्थर बन्दै हिमाल

खबरडबली संवाददाता

हिउँ आयो पुस, बूढाबूढी रुस

हिउँ आयो माघ, बूढाबूढी भाग

यी रमाइला टुक्का जुम्लामा जनजनको जिब्रोमा झुन्डिएका छन् । हिमपातसँग जोडिएका रमाइला वाक्य जब हिउँ पर्न थाल्छ, तब बालबालिकादेखि युवायुवतीले रमाउँदै अभिव्यक्त गर्छन् । वृद्धवृद्धालाई जोडेर पुस र माघ महिनामा हिउँ पर्नासाथ गाउँघरमा यिनै रमाइला टुक्काद्वारा हिउँलाई स्वागत गर्ने गरिन्छ । हिमपात हुने मुख्य सिजन भनेकै पुस र माघ महिना हुन् । त्यसैले, यी टुक्कामा यिनै दुई महिनाको नाम जोडिएको छ । तर, केही वर्षयता भने कम हिमपात भइरहेको छ । यस वर्षसमेत पुस दोस्रो सातासम्म हिँउ परेको छैन ।

हिउँदेयाममा समेत हिउँ नपरेपछि डाँडाकाँडा रूखा र सुक्खा देखिनथालेका छन् भने हिमालहरू कालापत्थरमा परिणत भएका छन् । हिमालको शोभा घटेको छ । पहिले चाँदीझैं टल्कने हिमाल अहिले उराठलाग्दा देखिनथालेका छन् । सामान्यतया चिसो मौसममा हिमपात हुन्छ । पुस र माघ महिनामा हिउँ बढी पर्ने हुन्छ । विगतको जस्तो पुस, माघमा हिउँ नपर्नु, पानी नपर्नु, असोज कात्तिकमा अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभाव रहेको स्थानीयहरू बताउँछन् । पहिले बाक्लो हिउँ पथ्र्यो, वनजंगल हिउँले ढाकिएपछि जंगली जनावरहरू गाउँबस्तीमै पुग्ने गर्थे ।

तातोपानी गाउँपालिका–७ सर्मीका ८० वर्षीय करे कुँवर जलवायु परिवर्तनको असरका साक्षी हुन् । ‘विगतमा मान्छे डुबाउने हिउँ पथ्र्यो, बालीनाली पनि सप्रन्थ्यो, यतिबेलासम्म त बापाखारी, खेत हिउँले सेताम्य हुन्थे, वनजंगल हिउँले थुनिएपछि मृगहरू आहाराको खोजी गर्ने क्रममा गाउँमा समेत पुग्थे,’ कुँवरले भने, ‘अहिले त हिउँ नै पर्न छाड्यो, परे पनि अलिअलि मात्रै पर्छ ।’ हिमपातपछि पशुचौपाया चराउन मात्रै सकस हुने, वातावरणीय हिसाबले र अन्नबालीका लागि निकै राम्रो हुने उनले बताए । उनका नुसार खोलानालामा पानीको बहाव घट्दै गएको छ भने पानीका मूलहरू सुक्दै गएका छन् ।

१२ वर्षको उमेरबाट ट्रेकिङ गाइड गर्दै आएका पातारासी गाउँपालिका–७ पठमाराका सीप बुढा हिमालमा हिउँ नभएका कारण हिमालहरूको सौन्दर्यता हराउँदै गएको बताउँछन् । जलवायु परिवर्तनको असरले हिमालहरूको प्राकृतिक सौन्दर्यता गुम्ने चिन्ता हुनथालेको उनले बताए । हिमालैहिमालको मुलुकमा हिमपातमा व्यापक बदलाव हुनु पर्यटनका लागि दुर्भाग्यको कुरा भएको उनले बताए । १५–२० वर्ष पहिलाजस्तो बाक्लो हिउँ पर्न छाडेको उनले बताए ।

बाह्रै महिना सेताम्य हुने हिमालमा समेत हिउँ छैन । जुम्लाका पातारासी हिमाल, भुरिचुला, चिमारा मालिका, डाँफेलेकजस्ता क्षेत्रमा समेत हिउँ देखिँदैन । चन्दननाथ–१० का नरेन्द्र भण्डारीले भने, ‘भर्खरै हामी जुम्लाको चिमारा मालिकाको चुचुरो पुगेर फर्कियौं, त्यहाँबाट जुम्ला र आसपासका हिमालको दृश्यावलोकन गर्न सकिन्छ, पहिले जस्तो हिमालमा हिउँ छैन, हिमाल काला देखिन्छन् ।’ अन्नबालीसहित जडिबुटी उत्पादनमा समेत असर हुने भण्डारीले बताए । वैशाखदेखि असार पहिलो सातासम्म यार्सागुम्बा संंकलन गरी जीविका चलाउने स्थानीयलाई हिउँ नपर्दा चिन्ता बढेको छ । पर्याप्त हिउँ नपरे यार्सासमेत कम पाइने स्थानीय बताउँछन् ।

जुम्लामा लगाइएका हिउँदेबाली सुक्न थालेको भन्दै किसान चिन्तित भएका छन् । हिउँदेबालीका लागि सिँचाइ नभएका ठाउँमा हिउँको विकल्प नभएको किसान मन्नु खड्काले बताइन् । स्याउ र ओखरका लागिसमेत हिउँ अत्यावश्यक रहेको स्याउ सुपरजोन जुम्लाका प्रमुख खेमराज शाहीले बताए ।

‘हिमपात नहुँदा स्याउलाई चिलिङ (माइनस तापक्रममा माटोमा पानीको मात्रा) पुग्दैन, जाडो मौसममा स्याउ बिरुवा हजार घण्टा सुसुप्त अवस्थामा पुग्नुपर्छ,’ स्याउ सुपरजोनका प्रमुख शाहीले भने, ‘हिमपात नहुँदा पछि स्याउका फूल तथा दाना झर्ने समस्या हुन्छ, उत्पादनमा गिरावट आउने खतरा हुन्छ ।’

हिमालय क्षेत्रको जलवायु परिवर्तनको असरका कारण हिमालहरू कालापत्थर बन्दै गएकाेमा गम्भीर हुनुपर्ने बेला आएको शाहीले बताए । राजधानी दैनिकमा याे समाचार छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबार उदयपुरमा बिजुली नहुने

उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...

बढ्दो यौन हिंसा र हत्याका घटनाप्रति सिजपको ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...

आठ पदाधिकारी पराजित: कांग्रेसभित्र नेतृत्व बहस तीव्र

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...

कम्युनिस्टहरूले किन धक्का खाए ?

विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा

एन आई सी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं  । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...

ऐतिहासिक न्यूनतामा कांग्रेस: हारपछि नेतृत्वमाथि प्रश्न, अब के रणनीति ?

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...

ओलीको बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने– पिता पात्र एक, भूमिका अनेक

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: