Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

तरकारी फलफूल साकोसको २४औँ साधारणसभा सम्पन्न, २२ विद्यार्थीलाई सम्मान

१५.५ प्रतिशत लाभांश बाँड्ने निर्णय

खबरडबली संवाददाता

काठमाडौं ।  तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको २४ औँ साधारणसभा सम्पन्न भएको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारी–व्यवसायीले संचालन गर्दै आएको तरकारी फलफूल सहकारीले साधारणसभामार्फत १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै साधारणसभा सम्पन्न भएको  हाे । 

 
२०५६ माघ २१  मा ३० जना सेयर सदस्यहरूले ३१ हजार ९ सय सेयर पुँजी जम्मा गरी सुरु गरेको सहकारीमा हाल २४ सयभन्दा बढी सेयर सदस्य रहेका छन् । ६ करोड ९५ लाख पाँच हजार तीन सय रुपैयाँ सेयर पुँजी रहेको सहकारीमा हाल ४४ करोड ६५ लाख लाख ३२ हजार तीन सय ३४ रुपैयाँ  सेयर सदस्यकाे बचत रकम रहेको छ । 

संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९–०८० को अन्त्यसम्मा सो सहकारीले ४६ करोड एक लाख ९८ हजार आठ सय ४२ रुपैयाँ ऋण लगानी गरेको छ ।

यस्तै, सोही अवधिमा तीन करोड ५४ लाख ६ हजार दुई सय ५४ रुपैयाँ सञ्चालन मुनाफा छ भने १० करोड, ९३ लाख, ३४ हजार दुई सय ५९ रुपैयाँ जगेडा तथा अन्य कोषमा छुट्याइएको छ । सो संस्थाको ६६ करोड, ११ लाख, ९२ हजार, तीन सय ५७ रुपैयाँको वासलात देखिन्छ ।

तरकारी फलफूल साकोसले प्रत्येक सदस्यको जीवनसँग सहकारीलाई प्रत्यक्ष जोड्ने उद्देश्य राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सहकारीका सचिव हरिकृष्ण धेकेले बताए । उनका अनुसार नवजातलाई लक्षित गरी बाल शैक्षिक बचत योजना, बालबालिकालाई लक्षित गरी खुत्रुके बचत योजना संचालित छ ।

यस्तै, सुत्केरी भत्ता, जेष्ठ सदस्य र एकल महिला भत्ता वितरण, अपांगता भएकाहरू बालबालिकालाई लक्षित गरी छात्रवृत्ति योजना सञ्चालनमा छ भने सदस्यलाई दुर्घटना बिमा, प्राणघातक रोगको उपचार खर्च दिँदै आएको छ । 

बालबालिकाको मानसिक, शारीरिक र सामाजिक विकासका निम्ति प्रत्येक वर्ष सिर्जनशील कार्यक्रमहरू समावेश गरी रमाइलो वनभोज कार्यक्रम चलाउँदै आएको तथा जेष्ठ सदस्य र एकल महिलाहरूलाई सम्मान गर्दै आएको संचालक समिति सदस्य राजन पराजुलीले जानकारी दिए ।

उनका अनुसार सेयर सदस्यका छोराछोरीमध्ये एसइई परीक्षणमा उत्कृष्ट अंक ल्याउनेहरूलाई प्रत्येक वर्ष एसइई अवार्ड वितरण गर्ने गरिएको छ । २४औँ साधारणसभामा पनि २२ जना बालबालिकालाई एसईई अवार्ड वितरण गरिएको व्यवस्थापक सृष्टि श्रेष्ठले जानकारी दिइन् । 

प्रतिनिधिसभाकी उपाध्यक्ष इन्दिरा रानाले साधारणसभाको उद्घाटन गरेकी थिइन् । त्यसक्रममा उनले पछिल्ला केही समयदेखि सहकारी संस्थाहरू भित्रका विकृतिका समाचार दिनहुँजसो आइरहेको चर्चा गर्दै, सबै सहकारी संस्था भने खराब नरहेको बताइन् । सदस्यमैत्री भई, सुशासनमा चलेका सहकारीमा समस्या नआउने अनुभव सुनाउँदै उनले तरकारी फलपूmल साकोस पनि राम्रो संस्था भएको आफूले पाएको बताइन् । तरकारी फलफूल साकोसका आर्थिक सूचकांक र गतिविधि अध्ययन गरेपछि उनले सुशासनबाट चलेको पाएको उनको तर्क थियो ।

उनले हाल आफू विभिन्न अध्यादेशहरूको अध्ययनमा व्यस्त रहेको भन्दै उनले सहकारी अभियानलाई अझ बढी आफ्ना सेयर सदस्यहरूको आर्थिक जीवनस्तर उकास्ने माध्यम बनाउनुपर्ने धारणा राखिन् । उनले सहकारी साक्षारता, आर्थिक साक्षारता वृद्धिमा काम गर्न पनि सुझाव दिइन् ।

सञ्चालक समितिका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहका विशिष्ट अतिथिका रूपमा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले पनि तरकारी फलफूल साकोस सुशासनमा चलेको आफूले पाएको बताएका थिए । सहकारीका सूचकांकहरूको अध्ययन गर्दा यसले आफ्ना सेयर सदस्यहरूलाई केन्द्रमा राखेर धेरै सिर्जनशील काम गरेको, सेयर सदस्यहरूको आर्थिक विकासमा टेवा पु¥याएको आफूले पाएको उनको भनाइ थियो । मुलुकको अर्थतन्त्रका तीनमध्ये एक खम्बा भए पनि सहकारी संस्थाहरूमा समस्या देखिएकाले कानुनी व्यवस्था गरेरै समाधान खोज्न प्रदेश सरकार प्रयासरत रहेको उनको भनाइ थियो ।

विशेष अतिथिका रूपमा सम्बोधन गर्दै सहकारी विभागका महानिर्देशक पीताम्बर घिमिरेले पनि सदस्यमैत्री बन्न सकेकोमा तरकारी फलफूल साकोसलाई धन्यवाद दिए । आफू नियमनकारी निकायको प्रतिनिधि भएको नाताले आफूले सहकारीभित्रका विकृति सुधारका निम्ति प्रयास गरिरहेको भन्दै उनले अझ बढी सदस्यमुखी बन्न सुझाव पनि दिए । 

उद्घाटन सत्रमा सहकारी संस्था स्थापनामा उल्लेख्य भूमिका निर्वाह गरेका सहकारी विभागका पूर्वरजिस्ट्रार केशवबहादुर थापा र वरिष्ठ बजारविज्ञ उद्धव ढुंगानालाई सम्मान गरिएको थियो ।

यसैगरी, असल बचतकर्ता अवार्डबाट कविता श्रेष्ठ, विन्दुलाल श्रेष्ठ, लक्ष्मण श्रेष्ठ र आकृति लामा, असल ऋणी सम्मानबाट सुनिता गोपाली, भरतप्रसाद पुडासैनी, मदन श्रेष्ठ र प्रसिद्धा स्याङ्तानलाई सम्मान गरिएको थियो । बजार प्रतिनिधिका रूपमा कार्यरत कर्मचारी मन्दिरा बिडारीलाई नगद पुरस्कारसहित उत्कृष्ट कर्मचारी अवार्ड प्रदान गरिएको थियो । 

उद्घाटन सत्रमा निवर्तमान अध्यक्ष उज्वल कार्की, सहकारीका वर्षसदस्य तथा सल्लाहकार भरतप्रसाद खतिवडा, तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (प्रोस्कुन)का सचिव गोविन्द काफ्ले, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड (कास्कुन)का अध्यक्ष दीपक पनेरू, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका बोर्ड सदस्यद्वय भगवानचन्द्र उप्रेती र तारा रेमी मगर, प्राज्ञिक व्यक्तित्व विष्णुप्रसाद रुपाखेती, तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थाका महासचिव हरिकृष्ण थापा, कालीमाटी तरकारी बजार युवा क्लबका उपाध्यक्ष दीपकप्रसाद पौडेल, सामूहिक परिवर्तनशील महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिर्जना सुयाल, श्री महिला तरकारी व्यवसायी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमिला श्रेष्ठ, तरकारी फलफूल साकोसका पूर्वव्यवस्थापक विमला पुडासैनीलगायतका अतिथिको उपस्थिति रहेको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबार उदयपुरमा बिजुली नहुने

उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...

बढ्दो यौन हिंसा र हत्याका घटनाप्रति सिजपको ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...

आठ पदाधिकारी पराजित: कांग्रेसभित्र नेतृत्व बहस तीव्र

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...

कम्युनिस्टहरूले किन धक्का खाए ?

विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा

एन आई सी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं  । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...

ऐतिहासिक न्यूनतामा कांग्रेस: हारपछि नेतृत्वमाथि प्रश्न, अब के रणनीति ?

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...

ओलीको बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने– पिता पात्र एक, भूमिका अनेक

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: