झापा । एक जना नेपाली भ्लगर शनिबार सिक्किममा पक्राउ परेकी छन् । सिक्किम सरकारले गत २६ डिसेम्बरमा दक्षिण सिक्किमको नाम्चीमा आयोजना गरेको साकेला उत्सवमा सहभागी बन्न सिक्किम पुगेकी खोटाङकी भ्लगर उमा चाम्लिङ राईलाई शुक्रबार सिक्किमको राजधानी गान्तोकबाट ‘सामाजिक सद्भाव’ बिथोलेको आरोपमा पक्राउ गरिएको हो ।
राईले शनिबार पश्चिम सिक्किमको लेक्सेपमा राई समुदायले आयोजना गरेको अर्को साकेला उत्सवको प्रचार गर्दै भिडियो पोस्ट गरेकी आधारमा उनलाई मुख्यमन्त्री पीएस गोलेको ठाडो निर्देशनमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
६ दिनअघि उनले पूर्वमुख्यमन्त्री पवन कुमार चाम्लिङसँगको तस्बिर सामाजिक सञ्जालमा साझा गरेकी थिइन् । सिक्किमको प्रमुख प्रतिपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले सत्तारुढ दलविरुद्ध भ्लगर चाम्लिङलाई प्रयोग गरेको आरोप सत्ता पक्ष दलले लगाएको छ । सत्तारुढ पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का एक नेताले भने,‘चुनावको मुखमा विपक्षीले नेपाली भ्लगरलाई प्रयोग गरेर साम्प्रदायिक हिंसा भड्काउन खोजेको पाइयो ।’
चाम्लिङलाई ५ दिनका लागि अदालतमा म्याद थप गरी शनिबार हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको सिक्किम प्रहरीले जनाएको छ । उनीमाथी गैरकानुनी गतिविधि रोकथाम ऐन (यूएपीए) अन्तर्गत मुद्दा दायर गरिएको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १६:५३
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...
पौष १६ गते, २०८२ - १६:४६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...
पौष १६ गते, २०८२ - १६:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...
पौष १६ गते, २०८२ - १६:२४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...
पौष १६ गते, २०८२ - १६:०६
काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...
पौष १६ गते, २०८२ - १५:५४
लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...
पौष १६ गते, २०८२ - १५:४६
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...
पौष १६ गते, २०८२ - १५:३७
ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...
पौष १६ गते, २०८२ - १५:१६
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...
पौष १६ गते, २०८२ - १५:१०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...




प्रतिकृया लेख्नुहोस्: