काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अग्नि सिमेन्टको पनि लाइन काटेको छ । प्राधिकरणले अर्घाखाँचीको शितगंगा नगरपालिका- ८ जलुकेस्थित अग्नि सिमेन्टकाे कारखानामा बिद्युतलाइन कााटेकाे हाे ।
अग्नी सिमेन्टले डेडिकेटेड लाइनमार्फत विद्युत उपयोग गरेबापतको विद्युत महशुल र जरिवानाबापतको ४७ करोड रुपैयाँ नतिरेको भन्दै लाइन काटेको हो । रकम भुक्तानी नगरेपछि लाइन काट्न बाध्य भएको प्राधिकरणको अर्घाखाँची शाखाले जनाएको छ ।
अग्नि सिमेन्टको लाइन काटेसँगै विद्युत प्राधिकरणले लाइन काटेका उद्योगको संख्या २३ पुगेको छ । यी सबै उद्योगले विद्युत महशुल नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको हो ।
पछिल्लो समय विद्युत महशुल नतिर्नेप्रति आक्रामक शैलीमा प्रस्तुत भएको प्राधिकरणले विद्युत महसुलबापतको बक्यौता नतिर्नेहरुको लाइन धमाधम काटेको छ । तर, उद्योगीहरु भने विद्युत महशुल तिर्नुको सट्टा ट्रंक लाइन र डेडिकेटेड लाइनको विवाद मिलाइदिन शक्तिकेन्द्र धाउन थालेका छन् ।
यसैबीच यसअघि लाइन काटिएका उद्योग मालिकहरु विवाद मिलाइदिन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कहाँ पुगेका थिए ।
यता प्राधिकरणका अनुसार लोडसेडिङको समयमा डेडिकेटेड लाइन प्रयोग गरेबापत ६१ उद्योगले झण्डै २२ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको जनाएको छ । तिर्न बाँकी बक्यौतासहित बिल पनि प्राधिकरणले सम्बन्धित उद्योगहरुलाई पठाइसकेको छ । बिलिङका आधारमा महसुल नतिर्ने सबै उद्योगको लाइन काटिने प्राधिकरणले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...
श्रावण १६ गते, २०८३ - २१:३३
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...
श्रावण १६ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...
श्रावण १६ गते, २०८३ - २०:०६
जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...
श्रावण १६ गते, २०८३ - २०:०३
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...
श्रावण १६ गते, २०८३ - २०:००
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...



प्रतिकृया लेख्नुहोस्: