भोजपुर । किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ पर्वअन्तर्गत भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा साकेला सिलीसहित शुभकामना आदानप्रदान गरिएको छ । गत मङ्गलबारदेखि सुरु भएको यस चाडमा किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाख पूर्णिमादेखि एक महिनासम्म साकेला उभौली मनाउने प्रचलन छ ।
पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा भोजपुरमा पनि किरात समुदाय भेला भएर किराँती पुर्खा/धामीले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको सुरुवात गर्ने गरिन्छ । केटाकेटीदेखि बुढाबुढीसम्म गाउँदै नाच्दै गर्ने परम्पराले उँधौली साकेलाको रौनक बढ्दै गएको छ । किरात राई समुदाय मात्र नभई यतिबेला गैरकिरात पनि साकेलाको तालमा नाच्ने, रमाउने गरेको किरात राई यायोक्खा भोजपुरका कार्यवाहक अध्यक्ष विदुर राईले बताए ।
“पछिल्लो समय उँधौली साकेला नाच सबै समुदायको पर्वका रुपमा स्थापित हुँदै गएको छ, यसमा किरात राईहरू मात्र नभई गैरकिरात समुदायले पनि मनोरञ्जनात्मक नाचको रूपमा लिने गरेका छन्”, कार्यवाहक अध्यक्ष राईले भने । पछिल्लो पुस्तामा आएर सबै गैरकिरातका लागि भातृत्व झल्काउने उत्सवका रूपमा पनि साकेलालार्ई लिने गरिएको छ । यसरी अरू समुदायका मानिसले पनि साकेला नाच्दा, रमाउँदा एक अर्काबीच धार्मिक सहिष्णुता र सद्भाव बढ्दै गएको उनको भनाइ छ ।
वर्षको दुईपटक मनाइने साकेला उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन छ । उँधौली र उभौलीमा किरात राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ ।
छिटको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराँती मौलिक भेषभूषामा सजिएर हरेक किरात राईहरूको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदाय मात्र नभई गैरकिरात समुदायका युवायुवती सहभागी भएर साकेला सिली नाच्ने प्रचलन रहँदै आएको जानकारको भनाइ छ ।
उँधौली पर्व किरातको संस्कृतिलार्ई पुस्तान्तरण गर्ने बलियो आधार भएको संस्कृतिविद् कमलजङ्ग राईको धारणा छ । उनका अनुसार हिउँदको धान्यपूर्णिमाका दिनबाट सुरु हुने उँधौली पर्व पुर्खा र जङ्गली पशुपंक्षी लेकदेखि बेंसीतिर झर्ने समय भएको सङ्केत गर्ने तथा अन्नबाली भित्रयाएको खुसीयालीमा मनाउने गरिन्छ ।
ढुङ्गेयुगमा किराँती पुर्खाले पृथ्वीमा कृषि युग सुरु गरेको भन्ने आस्थाका साथ यो पर्व चलनचल्तीमा आएको किरात अगुवाको कथन छ । बालीनाली भित्र्याउने समय, प्राकृतिक प्रकोपबाट जोगिन, इष्टदेवता सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामना गर्दै उँधौली मान्ने गरिएको धार्मिक विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ०७:२८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...
पौष ८ गते, २०८२ - ०७:१७
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - ०७:०६
मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...
पौष ८ गते, २०८२ - ०७:०३
गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...
पौष ८ गते, २०८२ - ०७:००
काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...
पौष ८ गते, २०८२ - ०६:५७
रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...
पौष ८ गते, २०८२ - ०६:५४
काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...
पौष ७ गते, २०८२ - ०७:२१
काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...
पौष ७ गते, २०८२ - ०७:१६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...
पौष ७ गते, २०८२ - ०७:१०
जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...




प्रतिकृया लेख्नुहोस्: