Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

लोप हुँदै दुर्लभ पन्छी हुचिल

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको बेलका नगरपालिकास्थित मैनामैनी, बबला, चम्पाकोट, बोप्ताङ एवं चौदण्डी गढी नगरपालिकाको चौदण्डी, सिद्धीपुर क्षेत्रतिर हिउँद र वर्षा याममा प्रशस्त पाइने गरेको दुर्लभ पन्छी हुचिल हिजोआज पाउन कठिन छ । हुचिल बासस्थान र आहाराको अभावमा लोप तथा विस्थापित हुँदै गएका छन् ।

केही वर्ष अगाडिसम्म पनि गाउँघर जङ्गल क्षेत्रमा प्रशस्त पाइने गरेको हुचिल हिजोआज वर्षा, हिउँद, दुवै याममा देखिन छाडेको बेलका नगरपालिका–८ मैनामैनीका दलबहादुर राई बताउँछन् । गाउँघरतिर नै बास बस्ने गरेको हुचिलको बासस्थानमा समेत मानिसले अतिक्रमण गर्न थालेको, अवैध शिकारसमेत हुने गरेको र आहारा अभाव हुन थालेकाले हुचिल लोप हुँदै गएको चौदण्डी गढी नगरपालिका सिद्धीपुरका धनबहादुर पुलामीमगरले बताए ।

धनबहादुरले भने, “आजभन्दा दश, बाह्र बर्ष अगाडिसम्म पनि हिउँद वर्षा दुवै याममा गाउँघरमा रातभरि हुचिल खेल्ने रुख–रुख बसेर कराउने गर्दथ्यो, हिजोआज हुचिल बस्ने बासस्थान मानिसले मासी सके, खाने कुरा आहाराको पनि अभाव छ, शिकारीले मार्न थालेपछि हुचिल हिउँद वर्षा दुवै समयमा गाउँघरतिर देखिन छाडेका छन् ।”

बेलका नगरपालिका बबलाका कृषक देवधन राई भन्छन्, “आजभन्दा दश वर्ष अगाडिसम्म बबला गाउँको पाखा जङ्गलतिर रातभर हुचिल कराउने बास बस्ने र गुँड तयार गरी बच्चा पनि हुर्काउने गरेका पाइथ्यो, तर मानिसको अतिक्रमण उनीहरुको बासस्थनमा बढ्न थालेको र अवैध शिकारसमेत हुन थालेपछि हिजोआज केही एक दुई फाट्टफुट्टबाहेक धेरै हुचिल मुस्किलले पाउन छाडिएका छन् ।” उनका अनुसार दश वर्षअघिसम्म बबला पाखा जङ्गल र गाउँको रुखमा सयौँको सङ्ख्यामा हुचिल पाउने गरिएको थियो ।

बेलका मैनामैनीका ७८ वर्षीय इन्द्रबहादुर राईका अनुसार आठदश वर्षअघिसम्म पनि मैनामैनी गाउँघरको रुख, भीरपाखामा दर्जनौँ हुचिल रातभरि नै कराउने र गाउँघरसम्म आएर कराउने गर्दथे, हिजोआज रातको समयमा समेत सुनसान छ, एउटा पनि हुचिलको आवाज सुनिँदैन ।

मङ्सिर र पुसमा समेत यी क्षेत्रका गाउँघर जङ्गलमा हुचिल पाउन छाडिएको कारण यी क्षेत्रबाट विस्तारै हुचिल लोप वा विस्थापित हुँदै गइरहेको बेलका–८ का दीर्घबहादुर भुजेलले बताए । बेलका नगरपालिकाका पूर्वमेयर दुर्गाकुमार थापा भने, “बेलका क्षेत्रका पहाडी जङ्गल हुचिलको लागि राम्रो बासस्थान हो, यसले बढीभन्दा बढी चिउरी, गायोको रुखमा बस्न मनपराउँछ, तर गाउँघरमा हिजोआज चिउरीको बोट काट्ने र ढाल्ने कार्य भइरहँदा हुचिल कराउने गर्दैन ।”

पाखापखेराका पोथ्रा रुख भीर पहराको रुखसमेत मास्न थालिएपछि मुख्य हुचिलको बासस्थान नै समस्या भएका कारण दुर्लभ पन्छी विस्थापित हुन थालेको यस क्षेत्रका अगुवा बताउँछन् । चोरी, शिकार, बासस्थान फँडानी हुँदै आएका कारण हुचिललगायत अन्य पन्छीहरू यस क्षेत्रबाट विस्थापित भइरहेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE