कर्णाली । कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला, संस्कृति, पूर्वाधार विकास र कर्णालीको अर्थतन्त्रका गहन विचार मन्थन हुने गर्दछ ।
ऋति फाउण्डेसनद्वारा बुधबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सुझाव सङ्कलन’ कार्यक्रममा फाउण्डेसनका अध्यक्ष कमल लम्सालले ‘कर्णाली उत्सव’ विचार र सार्वजनिक नीतिको बहस भएको बताएका छन्।
उनले उत्सव कर्णालीको विम्ब, धारणा र सोच बदल्ने अभियानसमेत भएको बताए । उनले भने, “हामीले उत्सवको पहिलो र दोस्रो संस्करणमा १४/१४ सत्र, तेस्रोमा १३ र चौथोमा १६ सत्र सञ्चालन ग-यौँ । सबै संस्करणका सत्र गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका एक सय ८४ वक्ता राखेर विचारमाथिको बहस गरिएको छ ।”
फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले कर्णाली उत्सवको चौथो संस्करण सम्पन्न हुनुले मोफलसबाट पनि राष्ट्रिय महोत्सव गर्न सकिन्छ भन्ने मानक स्थापना भएको दाबी गरे । “यो कर्णालीलाई ब्रान्डिङ गर्ने विचार निर्माणको विशेष कार्यक्रम हो जसले खाना, भाषा, संस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन प्रवद्र्धनमा पनि टेवा पु¥याएको छ”, उनले भने, “लुकेको प्रतिभा पहिचान र प्रवद्र्धनमा पनि त्यतिकै योगदान दिएको छ ।”
निर्देशक गौतमका अनुसार आगामी फागुनबाट कर्णाली उत्सवको पाँचौँ संस्करण सञ्चालन हुनेछ । संस्करणको पहिलो सत्रमा भूकम्पछिको पुनःनिर्माण, राहत वितरण, अनुभव र अनुभूति र सरकारको जवाफदेहितका बारेमा विशेष बहस हुने छ । त्यस्तै, प्रदेशस्तरीय भिडियो प्रतिस्पर्धा, कर्णालीको पैकेलो पहिचान, लगानी सम्मेलन र बजेटको समुचित परिचालनका विषयमा बहस थालिने उनको भनाइ थियो ।
उक्त कार्यक्रमका सहभागीले कानुन कार्यान्वयन गर्ने सरोकारवालाबाट हुने गैरकानुनी गतिविधि, आयुर्वेद चिकित्सा पद्धति, खानपिन संस्कृति, युवा पलायन, उत्पादन र उत्पादकत्व, नवप्रवर्तनात्मक कार्य, विश्वका विशिष्ट सभ्यतामध्येको सिंजा सभ्यताका बारेमा पनि बृहत बहस थालनी गर्न आयोजकलाई सुझाव दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: