विराटनगर। नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘कहाँ छन्?’ भन्दै सदनमै प्रश्न उठाएको छ।
एमाले संसदीय दलका प्रमुख सचेतक तथा सांसदले मुख्यमन्त्री जोडदार भाषणमा व्यस्त भएपनि कार्यसम्पादनमा अत्यन्तै कमजोर भएको टिप्पणी गरेका हुन्।
बुधबार प्रदेशसभामा विशेष समयमा बोल्दै कोसीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, “उहाँ भाषण गर्न व्यस्त हुनुहुन्छ तर कार्यसम्पादन भने अत्यन्तै कमजोर रहेछ।”
सदनमा पनि झल्याक झुलुक कहिलेकाहीँ मात्र मुख्यमन्त्री देखिने गरेको भन्दै भण्डारीले सरकारका मन्त्रीहरु सदनमा नियमित ढंगले आउनुपर्ने माग गरे।
“मुख्यमन्त्रीलाई नदेखेको धेरै भयो, कहाँ हुनुहुन्छ?” कार्की मुख्यमन्त्री भएको ७५ दिन भएको, शपथ ग्रहण गरेको मितिले ७४ दिन र अब कार्यभार सम्हालेको सय दिन पुग्न लागेको तर सरकारको कार्यसम्पादन अति नै कमजोर भएको टिप्पणी गरे।
भण्डारीले भने, “सरकारका मुख्यमन्त्रीसहित ९ मन्त्रालय छन्। केहीबाहेक अन्य नियुक्त हुन नसक्नु अचम्म र लाजमर्दो भएको छ। दुनियाँले जवाफ दिँदा हामीले किन जवाफ दिनुपर्ने। मन्त्रालयलाई राजनीतिक र प्रशासनिक नेतृत्व प्रदान गर्न किन सरकारले सकिरहेको छैन? जवाफ चाहियो। यो सरकार प्रदेशसभाप्रति उत्तरदायी छैन । मुख्यमन्त्री र मन्त्रीहरू उपस्थित नहुनुपर्ने हो? नियमावलीको अभ्यास र परम्परा के हो भने मुख्यमन्त्री र मन्त्रीहरू अत्यावश्यक कामबाहेक सधैँ उपस्थित हुनुपर्छ।”
भण्डारीले विषयगत मन्त्रीहरूले सदनमा उठेका विषयको जवाफ नदिएको र धेरै प्रश्नबारे किन मौन रहेको भन्दै प्रश्न गरे।
“सदनमा मुख्यमन्त्रीको हारिज हेरौँ। प्रमुख प्रतिपक्षी दलको तर्फबाट आग्रह गरिएको हो। वन पर्यटन मन्त्रालयले नियमित गर्नुपर्ने किन भएका छैनन्? इआई र एआइका काम किन भएका छैनन्,” प्रमुख सचेतक भण्डारीले प्रश्न गरे।
७५ दिनमा सरकारको क्षमता नदेखिएको भन्दै भण्डारीले भयंकर ठूलो बहुमतमा छु भन्ने भ्रममा नपर्न चेतावनी दिँदै मुख्यमन्त्री कार्की सरकारमा अल्पमतमा रहेको दाबी गरे।
“तपाईं अल्पमतमा हुनुहुन्छ। दलको हिसाब गर्दा एमालेका ४०, जसपाको एक र राप्रपाको ६ हिसाब गर्दा तपाईं अल्पमतमा हुनुहुन्छ। संसदीय मूल्य मान्यतामा जुन सम्बन्ध स्थापित गर्नुपर्ने हो तपाईंले गर्न सक्नु भएको छैन,” उनले भने।
शून्य समयमा बोलेका एमाले सांसद बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री कार्यक्रममा मात्रै सहभागी भई व्यस्त हुने गरेको टिप्पणी गर्दै भने, “सदन सञ्चालन हुने वातावरण बनाउनुपर्छ । हामीले समर्थन गरेर बनाएका मुख्यमन्त्री कहाँ हराउनु भयो? पहिले सदनमा निकै कुरा गर्नुहुन्थ्यो अहिले कहाँ जानुभयो?” राजभण्डारीले संसदीय समितिका सभापति खै ? सभामुख खै ? भन्दै प्रश्न गरे।
सरकारले सभामुख र संसदीय समितिका सभापति चयन गर्ने वातावरण बनाउन नसकेको एमाले सांसद राजभण्डारीको टिप्पणी थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: