Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

रौतहटमा स्थानियत हको बेरुजु झण्डै १० अरब, कुन पालिकाकाे कति बेरूजु

खबरडबली संवाददाता

रौतहट । रौतहट सबै स्थानीय निकायको गरेर बेरुजु रकम झण्डै १० अरब पुगेको छ। महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन २०७९ अनुसार रौतहटका १८ पालिकामा ९ अर्ब ९० करोड ४४ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

जिल्लाका पालिकाहरुमा २०७९ असार ३२ गतेसम्म कार्यरत कार्यालय प्रमुख तथा लेखा प्रमुखका नाममा २ अर्ब २१ करोड ५२ लाख २५ हजार ३० रुपैयाँ बेरुजु देखिएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । 

सबैभन्दा बढी ईशनाथ नगरपालिकामा ८४ करोड २९ लाख ४२ हजार रुपैयाँ बेरुजु छ । दोस्रोमा राजपुर नगरपालिकामा ७८ करोड ६५ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ । पालिकाले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फर्छयौट गर्ने व्यवस्था छ । सोही ऐनको दफा ८४ (२) (घ) बमोजिम बेरुजु फछर्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भए पनि कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुल गर्न तदारुकता नदेखाएको महालेखाको प्रतिवेदनले देखाएको छ। 

रौतहटका पालिकाहरुले महालेखा परीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रुपमा प्रयोग गरी वित्तीय विवरण तयार गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । पालिकाको लेखा परीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्य अनुसार नभएको, कर्मचारीको दरबन्दी अनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको पाइएको छ । 

यस्तै, आन्तरिक नियन्त्रण प्रणाली कमजोरलगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनले औँल्याएको छ । धेरैजसो बेरुजु देखिएको रकमको शीर्षकमा प्रमाण कागजात पेस नगरेको, पेस्की बाँकी, असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने लगायत छन् ।

गौर नगरपालिकाको गत आर्थिक वर्षसम्म लेखापरीक्षणबाट २७ करोड १७ लाख ९१ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु २७ करोड ९४ लाख ७३ हजार रुपैयाँ छ । साथै, गौर नगरपालिकामा कार्यरत कार्यालय प्रमुख सुभाषकुमार ठाकुर र लेखा प्रमुख सोहैल अन्सारीका नाममा १० करोड ७६ लाख ८२ हजार ७५ रुपैयाँ बेरुजु छ । 

ईशनाथ नगरपालिकामा गतवर्षसम्म ७६ करोड १३ लाख ४२ हजार रुपैयाँ बेरुजु देखिएको छ भने विगत वर्षदेखि हालसम्म अद्यावधिक बेरुजु ८४ करोड २९ लाख ४२ हजार रुपैयाँ छ । कार्यालय प्रमुख भूदेव झा, खिमबहादुर भुजेल र लेखा प्रमुख मनोज कुमार ठाकुरको नाममा ११ करोड ९१ लाख ७८ हजार १ सय १२ रुपैयाँ बेरुजु छ ।

कटहरिया नगरपालिकाको गत आर्थिक वर्षसम्म ३९ करोड ३३ लाख ४७ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ मा अद्यावधिक गर्दा ५८ करोड १९ लाख ३५ हजार रुपैयाँ बेरुजु छ । कार्यालय प्रमुख राम प्रकाश साह र लेखा प्रमुख विवेक कुमार सहनीका नाममा १८ करोड ८५ लाख ८७ हजार ८ सय ६१ रुपैयाँ बेरुजु रहेको छ । 

गढीमाई नगरपालिकाको अघिल्लो आर्थिक वर्षसम्ममा विभिन्न शीर्षकमा ५४  करोड १३ लाख २७ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ सम्ममा अद्यावधिकमा ६४ करोड १५ लाख ९८ हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख नागेन्द्र यादव र लेखा प्रमुख कामेश्वर सहनीका नाममा १४ करोड ५९ लाख ५१ हजार ५ सय ७२ रुपैयाँ बेरुजु छ । 

गरुडा नगरपालिकाको गतवर्षसम्ममा ४४ करोड ८२ लाख १९ हजार रुपैयाँ बेरुजु बाँकी रहेकामा यसवर्ष समायोजन र सम्परीक्षणबाट फर्छ्यौटसम्मको अद्यावधिकमा ५६ करोड २८ लाख ५० हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख रामबाबु राय यादव र लेखा प्रमुख कुमार ठाकुरका नाममा ११ करोड ४६ लाख ३० हजार ८ सय ९४ रुपैयाँ बेरुजु छ । 

गुजरा नगरपालिकामा २८ करोड ३० लाख २८ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ को लेखा परीक्षणबाट ३६ करोड ४१ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको छ । कार्यालय प्रमुख विनोद कुमार जयसवाल र लेखा प्रमुख शैलेन्द्र कुमार श्रीवास्तवका नाममा ८ करोड ११ लाख ३ सय २१ रुपैयाँ बेरुजु रहेको छ । 

चन्द्रपुर नगरपालिकामा विगतका वर्षको ५४ करोड ८४ लाख ४२ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ को लेखा परीक्षणबाट ७१ करोड ६१ लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको छ । कार्यालय प्रमुखहरू सुरेन्द्र प्रधान, कृष्ण प्रसाद सिग्देल, हरिलाल पुरी र लेखा प्रमुख अपर्णा देवकोटाका नाममा १६ करोड ७७ लाख ३३ हजार ९ सय ९३ रुपैयाँ १६ पैसा बेरुजु छ । 

देवाही गोनाही नगरपालिकामा गतवर्षसम्म ४० करोड ६० लाख ४२ हजार रुपैयाँ बेरुजु रहेकामा आर्थिक वर्ष २०७८–७९ मा समायोजन र सम्परीक्षणबाट फर्छ्यौट गर्दा अद्यावधिक बेरुजु ४८ करोड ५ लाख ५० हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख वीरेन्द्र प्रसाद चन्द्रवंशी, मनोज कुमार यादव र लेखा प्रमुख प्रदिप कुमार यादवका नाममा ७ करोड ४५ लाख ८ हजार ८ रुपैयाँ बेरुजु छ । 

परोहा नगरपालिकामा  गतवर्षसम्म २६ करोड ४९ लाख ९० हजार रुपैयाँ बेरुजु रहेकामा आर्थिक वर्ष २०७८–७९ सम्ममा आइपुग्दा अद्यावधिक बेरुजु ३४ करोड ८३ लाख ५७ रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख ओमप्रकाश यादव, मो। महफुज अहमद र लेखा प्रमुख शिवपुजन मण्डलका नाममा ८ करोड ३७ लाख ७६ हजार ४ सय ५४ रुपैयाँ बेरुजु छ । 

फतुवा विजयपुर नगरपालिकामा गतवर्षसम्मको लेखा परीक्षणबाट ४६ करोड ७५ लाख ८२ हजार रुपैयाँ बेरुजु छ । अद्यावधिक बेरुजु ६१ करोड ८६ लाख १२ हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख प्रमोद कुमार गुप्ता, शम्भु कुमार यादव र लेखा प्रमुख नवीन कुमार यादवका नाममा १५ करोड २ लाख ९१ हजार ९ सय ४१ रुपैयाँ बेरुजु छ । 

बौधीमाई नगरपालिकामा गतवर्षसम्मको बेरुजु ४५ करोड ६८ लाख ९ हजार रुपैयाँ  छ । अद्यावधिक बेरुजु ५० करोड ३६ लाख ७९ हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख रामेश्वर राय यादव र लेखा प्रमुख अरबिन्द कुमार यादवका नाममा ८ करोड ६४ लाख २३ हजार ७ सय ९ रुपैयाँ बेरुजु छ । 

माधवनारायण नगरपालिकामा गतवर्षसम्मको लेखा परीक्षणबाट ३१ करोड ८१ लाख ३० हजार रुपैयाँ बेरुजु देखिएको छ । अद्यावधिक बेरुजु ३७ करोड ६३ लाख ९८ हजार रुपैयाँ छ । कार्यालय प्रमुख जियालाल राय यादव, प्रलभ कायस्थ र लेखा प्रमुख रामबलम यादवका नाममा ५ करोड ८२ लाख ६७ हजार ४ सय २५ रुपैयाँ बेरुजु छ । 

मौलापुर नगरपालिकामा गतवर्षको लेखा परीक्षण केलाउँदा ५१ करोड ७ लाख ३४ हजार रुपैयाँ बेरुजु देखिएकामा समायोजन र सम्परीक्षणबाट ५५ करोड १५ लाख ६५ हजार रुपैयाँ अद्यावधिक भएको छ । कार्यालय प्रमुख रामबाबु प्रसाद साह र लेखा प्रमुख जय प्रकाश महतोका नाममा १० करोड ५ लाख ९३ हजार ७ सय ५७ रुपैयाँ बेरुजु छ । 

राजदेवी नगरपालिकामा ५३ करोड ४६ लाख ३७ हजार बेरुजु देखिएको छ भने हालसम्मको अद्यावधिक बेरुजु ६६ करोड ८८ लाख ९० हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख सुबोध साह र लेखा प्रमुख नागेन्द्र साहका नाममा १३ करोड ४२ लाख ५२ हजार ८ सय ७८ रुपैयाँ बेरुजु छ । 

राजपुर नगरपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा ६५ करोड १६ लाख २५ हजार रुपैयाँ बेरुजु देखिएको छ भने अद्यावधिक बेरुजु ७८ करोड ६५ लाख १६ हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख बैजु ठाकुर र लेखा प्रमुख मनोज राज कर्णका नाममा १३ करोड ९९ लाख ५३ हजार ६७ रुपैयाँ बेरुजु छ । 

दुर्गा भगवती गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणले ५७ करोड ९७ लाख ४१ हजार रुपैयाँ बेरुजु छ । ८ लाख ६ हजार फछर्यौट भएको छ । अद्यावधिक बेरुजु ६८ करोड ८२ लाख २५ हजार रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख ओम प्रकाश यादव र लेखा प्रमुख विवेक कुमार सहनीका नाममा १० करोड ९२ लाख ८९ हजार ८ सय ७५ रुपैयाँ बेरुजु छ । 

यमुनामाई गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणले ३५ करोड ६७ लाख ४० हजार रुपैयाँ बेरुजु देखिएकामा ८ लाख ६ हजार फछर्यौट भएको छ । अद्यावधिक बेरुजु ४९ करोड ९८ लाख ३५ हजार रुपैयाँ छ । कार्यालय प्रमुख राम श्रेष्ठ, राय यादव र लेखा प्रमुख श्रीनारायण झाका नाममा १४ करोड ३० लाख ९५ हजार ३२ रुपैयाँ बेरुजु छ । फर्छयौट गर्न बाँकी सम्पूर्ण रकम असुल फर्छयौट गर्नु महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा सुझाव दिएको छ । 

वृन्दावन नगरपालिकाको २०७८–७९ लेखा परीक्षण प्रतिवेदन सार्वजनिक भएको छैन । २०७७–७८ को लेखा प्रतिवेदनअनुसार ३९ करोड २३ लाख ७९ हजार रुपैयाँ बेरुजु छ । कार्यालय प्रमुख नागेन्द्र राय यादव र लेखा प्रमुख सिताराम पालका नाममा २० करोड ९९ लाख १७ हजार ७२ रुपैयाँ बेरुजु छ ।

रौतहटका कोष नियन्त्रक सन्तोष प्रसाद साहका अनुसार स्थानिय निकाय आफैमा एउटा सरकार भएकाले बेरुजु रकम असुलको लागी सम्बन्धित ब्यक्ती अथवा संस्थालाई पत्र लेखेर पहल गर्नु पर्दछ। स्थानीय निकायले अशुलको लागि बेवास्ता गरेमा महालेखा परीक्षकको कार्यालयले पहल गर्नुपर्ने कुशवाहाले जानकारी दिएका छन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending