Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

भेडा पालेर वार्षिक लाखौंको आम्दानी

\"sheep-lamb_2170927b\"भक्तपुर । कुनै समय मध्यपुरथिमि–१६, लोकन्थलीको मनोहरा फाँट र टार खेत खेतीपातीका लागि प्रख्यात भूमि थियो । यहाँको खेतबारीमा बाह्रै महिना धान, आलु र हरियो तरकारी फलेका हुन्थे । स्थानीय जनता सबैको घरघरमा गाईभैँसी र भेडाबाख्रा पालेका हुन्थे । विस्तारै सहरीकरणले लोकन्थलीलाई छोप्दै गयो । लहलह धान र आलु फल्ने तथा हरिया तरकारीले धपक्क छोप्ने मनोहरा फाँटमा दिन दुगुना रात चौगुनाको शैलीमा घर बन्न थाले । मनोहरा फाँट र लोकन्थलीका टार खेतमा आधुनिक भवन बन्दै गयो । पुराना मौलिक स्वरुपका घर भत्किँदै गए । सँगसँगै गोठ पनि भत्किएपछि सबैका घरघरबाट बस्तुभाउ पनि हराउँदै गयो । तर अझै पनि स्थानीय साहिली महजर्नले भने भेडा स्याहार्न छाडेका छैनन् । महर्जनले सहरी वातावरणले छोप्दै गइरहेको लोकन्थलीमा भेडापालन व्यवसायबाटै वार्षिक एक लाखभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । त्रिपन्न वर्षीय महर्जनले विगत २५ वर्षदेखि भेडापालन व्यवसायलाई निरन्तरता दिदै आएका छन् । उहाँ अहिले स्थानीय जनतामाझ ‘भेडा आमा’ले समेत परिचित छन् । आफ्नो एकल प्रयासमा आफ्नै घरको छिंडीमा भेडापालन गरी जीविकोर्पाजन गर्दै आएको उनले बताए । छोरा बुहारीसँगै सगोल परिवारमा सँगै बस्दै आएकी साहिलीको परिवारका सदस्यमा पति डकर्मी र छोरा बुहारीे नोकरी गर्ने भएपनि ‘आफू सक्षम छु’ भन्ने देखाउनकै लागि र आफ्नो छुट्टै आम्दानीका लागि स्वेच्छाले भेडापालन गरेको बताउँछिन । अहिले उनको खोरमा १० माउ र १२ पाठापाठी रहेका छन् । साहिलीको दैनिकी बिहानको पूजापाठ सकाएर भेडालाई नजिकको खुला स्थानमा चरनका लागि लैजाने कार्यबाट सुरु हुने गर्दछ । बिहान बेलुकी गरी दैनिक दुई पटक भेडालाई चरनमा लैजाने गरेको जानकारी दिँदै साहिलीले बिहान घर ल्याएपछि पानी खुवाउने र दिनभर कुँडोलगायतका आहार दिने गरेको बताइन । भेडापालनका लागि सबैभन्दा ठूलो चरनको समस्या रहेको साहिलीले बताउँछिन। उनले भनिन् –‘उहिले–उहिले जताततै खुला स्थान र चउर हुन्थ्यो । अहिले घरैघरले ढाकिसक्यो । कहाँ लगेर भेडा चराउने हो भन्ने समस्या भएको छ ।’ भेडापालनमा अत्यधिक फोहर हुने, टाढाटाढासम्म गन्ध फैलने समस्या पनि रहेको उनले बताइन । उनले भेडाका पाठापाठी मर्ने समस्याले पनि कहिलेकाहीँ पिरोल्ने गरेको तितो अनुभव सुनाइन । भेडाका पाठापाठी निकै कमजोर हुने गरेको उल्लेख गर्दै गत वर्षमात्र सातवटा पाठापाठी मरेको र यस वर्ष तीनवटा मरिसकेको जानकारी दिइन । उनले भेटनरी सेवाबारे सुने पनि धेरै खर्च हुने डरले आफैँ भेटनरी औषधि पसलमा गई औषधि ल्याएर खुवाउने गरेको बताए । वर्षमा दुई बेतसम्म पाठापाठी उत्पादन गर्ने भेडा सानोमा निकै स्याहार्न गाह्रो हुने अनुभव सुनाउँदै साहिलीले पाठापाठीलाई कम्तीमा दुई महिनासम्म माउसँग अलग्याएर राख्न नहुने बताइन । कहिलेकाहीँ पाठापाठी माउद्वारा नै कुल्चिएर मृत्यु हुने गरेकाले दुई÷तीन महिनासम्म राम्रोसँग ध्यान दिई समय समयमा माउ र बच्चा दुवैलाई आवश्यक भरणपोषण गर्नुपर्ने उनको भनाइ छ । भेडाको माग विशेषगरी मासुकै लागि हुने गरेको बताउँदै साहिलीले भेडाको थुमा प्रतिवटा छदेखि आठ हजारमा बिक्री हुने गरेको जानकारी दिइन । खसी, बोकाको भन्दा भिन्नै स्वाद आउने भेडाको मासुका लागि स्थानीय समुदायबाहेक नजिकका अन्य विभिन्न गाउँबाट भेडा तथा थुमा खरिद गर्न आउने गरेको उनले बताइन । नेवार समुदायको मृत्यु संस्कारअनुसार ४५ दिनको श्राद्ध गर्दा भेडा नभई हुँदैन । नेवार समुदायमा ४५औँ दिनको श्राद्धमा महिलाको मृत्यु हुँदा भेडाको पाठी र पुरुषको मृत्यु हुँदा पाठा अर्थात् थुमाको बलि दिनुपर्दछ । यसले गर्दा पनि भेडाका पाठापाठीको माग रहेको साहिली बताउँछिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending