मुम्बई । शाहरुख खान अभिनित फिल्म डंकी हलमा रिलिज भएको तीन दिन बितेको छ । यस वर्ष शाहरुखका पठान र जवान जस्ता फिल्म रिलिज भएपछि डन्कीबाट पनि धेरै अपेक्षाहरू रहेका थिए । रिलिज हुने बित्तिकै डंकीले बक्स अफिसमा ठूलो कलेक्सन गरेको छ ।
पहिलो दिन फिल्मको बक्स अफिस कलेक्सन ३५.२३ करोड कमाई गरेको डंकीले तीन दिनमा १ सय ३.४ करोड कमाएको रेड चिल्ली इन्टरटेन्टमेन्टले जानकारी दिएको छ ।
शाहरुखको डंकी रिलिज भएको दोस्रो दिन बाहुबली स्टार प्रभासको फिल्म सालारको रिलिजले डङ्कीको कलेक्शनलाई असर भने गरेको छ । सालार रिलिज भएसँगै डङ्कीको दोस्रो दिनको कलेक्सन झण्डै ३० करोडमा झरेको थियो तर रिलिजको तेस्रो दिन फिल्मले फेरि एकपटक गति लिएको छ । साताको अन्त्यका कारण दोस्रो दिनको तुलनामा तेस्रो दिन फिल्मको कलेक्शन बढेको मानिएको छ ।
तेस्रो दिनको कलेक्शनको कुरा गर्दा फिल्मले सप्ताहन्तमा राम्रो नाफा कमाएको छ । सालार रिलिजका कारण दोस्रो दिन फिल्मको कमाई घटेपछि तेस्रो दिन डंकीले उत्कृष्ट कलेक्सन गरेको छ । तेस्रो दिन शाहरुखको डङ्कीले करिब २८ करोड कमाएको छ । योसँगै फिल्मको हालसम्म कुल कमाई करिब १०३ करोड रुपैयाँ पुगेको हो । चौथो दिन पनि चलचित्रले सप्ताहन्तको फाइदा लिन सक्ने अनुमान गरिएको छ ।
तर, कमाईको मामिलामा यो वर्ष रिलिज भएको शाहरुखको फिल्म पठान र जवानको तुलनामा डंकी दुवै फिल्मभन्दा निकै पछाडि रहेका छन् । पठानले तेस्रो दिन बक्स अफिसमा ३८ करोड भारु कलेक्सन गरेको थियो, त्यसपछि पहिलो तीन दिनमा फिल्मको कुल कमाई १६१ करोड पुगेको थियो । जवानको कुरा गर्दा तेस्रो दिन करिब ६८ करोड कलेक्सन भएको थियो भने पहिलो तीन दिनको कुल कमाई १८० करोडको हाराहारीमा थियो ।
राजकुमार हिरानी निर्देशित डंकीको बजेट १२० करोड रहेको छ । यसअघि राजकुमार हिरानीले मुन्नाभाई एमबीबीएस, पीके र थ्री इडियट्स जस्ता सुपरहिट फिल्मका निर्देशकका रूपमा उद्योगमा विशेष स्थान राखेका छन् । डंकीको स्टार कास्टको कुरा गर्दा किंग खान बाहेक तापसी पन्नु, बोमन इरानी, सतीश शाह र विक्रम कोचर पनि मुख्य भूमिकामा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १०:४३
काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज अपराह्नपछि हावाहुरी चल्न...
चैत्र ३ गते, २०८२ - १०:३०
बागलुङ। कालीगण्डकी नदी दोहन रोक्न सरोकारवाला निकायले अनुगमन गरेका छन् । विशेष गरी बागलुङ नगरपालिका–१३ को कालाखोलाआसपास र मालढुङ्गा क्षेत्रमा भएको दोहन...
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...
चैत्र २ गते, २०८२ - १६:४३
ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...


प्रतिकृया लेख्नुहोस्: