सुर्खेत । सुर्खेतको पश्चिम लगाममा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आज चौकुने गाउँपालिका–२ लगाम सुर्खेतमा रहेको कालीबहादुर गणको आयोजना तथा ज्योति फाउन्डेसन र आँखा अस्पतालको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरबाट चार सय पाँच जनाले सेवा लिएका कालीबहादुर गणका गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले जानकारी दिए । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको उनले बताए ।
सिलवालका अनुसार चौकुने गाउँपालिका–१, २ र ३ का माथिल्लो र तल्लो लगाम, बडासैन, पोखरे, साताबोला, धम्मु, फिचला, मौरीवन, पिपलकुन्टा, कोसेडा, सिमलखेत, हल्दुखेत, धनरास, पग, सोत, तोलीसैन, रानागैरा, धामीसैन, तालागाउँ, केलाबोट, चायबोट, काप्रीकाँडा, सिमली, धौलीछायाँ, दानीगौडा, सातसल्ली, सिमलगैरा, धौलेकाँडा, थापाथैली र गहुँखाडा गाउँका चार सय पाँच जना नागरिकले सेवा लिएका छन् । “नेपाली सेनाले गर्ने सामाजिक सेवाअन्तर्गत हामीले स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ । पालिकाका जनप्रतिनिधिसँगको समन्वयमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच नभएका गाउँ रोजेर सेवा दिएका छौँ”, उनले भने ।
यसले सर्वसाधारण र नेपाली सेनाबीचको सम्बन्ध सुधार हुने गणपति प्रमुख सिलवालको भनाइ थियो । उहाँका अनुसार शिविरमा कर्णाली प्रदेश अस्पतालका जनरल सर्जन डा उपेन्द्रकृष्ण रेग्मी, स्त्रीरोग तथा प्रसुति विशेषज्ञ डा रोजी यादव, डा दर्पण नेपाली, नेपाली सेनाका उपसेनानी डा मोनिमा महर्जन, सुर्खेत आँखा अस्पतालका ओपिडी इञ्चार्ज अरुण गुप्ताले सेवा दिएको थिए ।
स्वास्थ्य सेवा लिन गाडी खोजेर टाढा जानुपर्ने बाध्यताबीच गाउँमै शिविर सञ्चालन भएपछि उपचारमा सहज भएको स्थानीय सुमित्रा थापाले बताए । “भनेको बेला गाडी नै पाइँदैन । जटिल रोग लागिहालेमा तत्कालै अस्पताल जान सकिने अवस्था पनि छैन”, उनले भने, “दुर्गमको समस्या बुझेर शिविर सञ्चालन भएपछि हामीले स्वास्थ्य जाँच गर्न पाएका छौँ ।”
गाउँपालिकामा नेपाली सेनाले पहिलो पटक शिविर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए । सडक तथा यातायातको सुविधा कम भएका यहाँका गाउँले गुणस्तरीय स्वास्थ्य सेवा लिन सदरमुकामसम्म जान पनि सास्ती हुने गरेको उनको भनाइ थियो । “सेनाले गाउँमा आएर शिविर सञ्चालन गरेपछि यहाँका स्थानीयलाई राहत मिलेको छ”, उनले भने ।
गणपति सिलवालका अनुसार शिविरमा स्त्री तथा प्रसुति रोग, आँखासम्बन्धी समस्या, जनरल सर्जरी, अन्य साधारण रोगको जाँच तथा उपचार गरिएको छ । शिविरमा जाँच गराउन आएकाहरुलाई आवश्यक औषधि पनि वितरण गरिएको उहाँले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: