Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

आधा दर्जन मोर्चामा सहभागी चन्द्रबहादुर घाइते शरीर लिएर अटोरिक्सा चलाउँदै

पूर्वलडाकुलाई न परिवारले साथ दिन्छन्, न समाजले नै सम्मान गरिरहेको छ

खबरडबली संवाददाता

जुुम्ला ।  जुम्लाको तातोपानी–४ हाँकु गाउँका चन्द्रबहादुर डाँगी एसएलसी उत्तीर्णपछि २०५८ जेठ १९ गते भूमिगत भए । कम्युनिस्ट आन्दोलन र माओवादीको पार्टी नीतिबारे केही थाहा नभएका उनले  परिवारलाई चटक्कै छाडेर माओवादी लडाकुु बने ।

कम्युनिस्ट आन्दोलन र माओवादीको पार्टी नीतिबारे त  उनले भूमिगत भएपछि मात्रै बुझ्ने अवसर पाएकाके  बताउँँछन् । १५ १६ वर्षको उमेरमा माओवादीले रातो र कालो व्यवस्थामध्ये एक रोज्न दबाब दिएपछि आफू माओवादी पार्टीमा आबद्ध हुन बाध्य भएको उनले सुनाए ।

‘कालो व्यवस्था भनेको तत्कालीन राज्य व्यवस्था थियो,’ उनले भने, ‘कालो रोज्नेबित्तिकै विस्थापित हुनुपर्थ्यो, गाउँ छोड्नुपर्ने डरले माओवादी रोजें ।’ रातो व्यवस्था रोजेर सुनौलो भविष्यको यात्रामा हिँडेको अनुभूति गरेका चन्द्रबहादुर पछिल्लो समय भने पछुतो र पश्चात्तापले पिरोलिरहेको सुनाउँछन् । जनताको मुक्तिको भविष्य बोकेकाले त्यसबेला आफ्नो भविष्यबारे त्यति वास्ता नगरेको उनले बताए ।

‘ब्रिगेडियर कमान्डर बन्ने सपना देखेको म अहिले अटो चलाएर जीविका चलाइरहेको छु,’ उनले भने । यहाँको तातोपानीको ऐरेनीदेखि चन्दननाथ बसपार्कसम्म उनी अटोरिक्सा चलाइरहेका भेटिन्छन् । ‘दैनिक ५ सयदेखि हजारसम्म कमाइ छ,’ उनले सुनाए ।

भूमिगत भएपछि माओवादीको सांस्कृतिक समूहमा जोडिएका उनले वाद्यवादन कला र गाउन थोरबहुत सिके । जनताको गीत गाएर माओवादी जागरण फैलाउने काममा निकै खटिएको उनले बताए ।

जिल्ला कलाकार संघमा आबद्ध भएर काञ्जिरोवा सांस्कृतिक परिवार गठन गरी जनताको घरदैलोमा जनमुक्तिका गीत गुन्जाइरहेका उनलाई त्यतिबेला एकाएक जनमुक्ति सेनामा समाहित भएर काम गर्ने रहर जाग्यो । २०५९ सालमा जनमुक्ति सेनामा भर्ती भए ।

तत्कालीन माओवादी पार्टीले ‘राज्यविरुद्ध ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति’ ल्यायो । यसको मुख्य मोर्चा पूर्वतिर तोकियो । एफजीएल, सेक्सन कमान्डर हुँदै उनी प्लाटुन कमान्डर बने । स्याङ्जाको मनकामना, पाल्पाको तानसेन, नवलपरासीको सुनवललगायतका झन्डै आधा दर्जन मोर्चामा सहभागी बने । स्याङ्जाको मनकामना भिडन्तमा पाखुरामा छर्रा लाग्यो, उनी थलिए । छर्रा त निकाले तर अहिले चिसोमा घाउ दुखिरहन्छ । गर्मीमा पोलिरहन्छ । ‘न औषधि गर्न सकेका छन्, न त पार्टीले घाइतेहरूको व्यवस्थापनमा चासो राखेको छ,’ चन्द्रबहादुरले गुनासो गरे, ‘ठूलो सपना बोकेर माओवादी भइएको थियो । अहिले अलमलमा परियो । अलपत्र बनियो । पूर्वलडाकुलाई न परिवारले साथ दिन्छन्, न समाजले नै सम्मान गरिरहेको छ ।’ अपमानजनक जीन्दगी जिउन बाध्य हुनुपरेको उनको अनुभव छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा अन्तिम चरणसम्म पुगे पनि उनी सेनामा छनोट हुन पाएनन् । पाँच लाख लिएर घर फर्किए । चन्द्रबहादुर घर फर्किंदा उनको घर थिएन । जग्गा–जमिन बाँझिएको थियो । समायोजन हुन नसकेका लडाकुलाई दिइएको त्यो पाँच लाख रुपैयाँले घर बनाउन खर्चे । तर त्यतिले के पुग्थ्यो रु घर बनाउँदा लागेको ऋण तिर्न नसकिने अवस्था रह्यो । परिवारसहित कालापहाड हानिए । तीन वर्ष भारतमै बसेर ५ लाख रुपैयाँ कमाए । ऋण तिरेर बाँकी पैसाले अटो किने । अटो किनेर चलाउनुबाहेक उनीसँग विकल्प थिएन । किनभने लेखपढ गर्ने उमेरमा उनी माओवादी भइसकेका थिए ।

अहिले उनका दुई बच्चा र श्रीमतीसहित चार जनाको परिवार छ । अटो किनेको किस्ता हालै तिरिसकेका उनले परिवार पाल्न निकै सास्ती भागिरहनुपरेको सुनाए । उनले भने, ‘माओवादीमा जाँदा नाम फेरिएर उनी चन्द्रबहादुरबाट रक्तबिज बने । मुलुकमा गणतन्त्र आयो, तर गाउँ फेरिएन । मानिसहरूको दैनिकी बदलिएन । ‘विगतका क्रियाकलाप सम्झिएर विरक्त लाग्छ,’ उनले भने, ‘पहिले एसएलआर बोकिन्थ्यो, ४० देखि ५० जनासम्मको नेतृत्व गरिन्थ्यो । अहिले अटो चलाइन्छ, लाउनखान जुटाइन्छ ।’

माओवादी पार्टी र तिनका नेताको क्रियाकलाप देखेर वाक्कदिक्क भइसकेका चन्द्रबहादुरले भने, ‘माओवादीको उतिबेलाको लक्ष्य समाजवाद हुँदै साम्यवादको थियो । अहिले सबै नेताहरू शान्ति प्रक्रियासँगै पुँजीवादमा फर्किए । नेताहरूमा जनवादी विचार नै छैन ।’ उनी अहिले माओवादीको सम्पर्कमा छैनन् । माओवादी नेताहरूले पनि उनलाई वास्ता गर्न छाडेका छन् । उनले भने, ‘धोकेबाज नेताहरूको चरित्रप्रति सहमत हुन सकिरहेको छैन ।’कान्तिपुरबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending