Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

भारतीय सेनाबाट फर्केपछि गाउँमा आरन चलाउँदैछन् छबबहादुर

खबरडबली संवाददाता

स्याङ्जा  । भारतीय सेनाबाट फर्किएका छबबहादुर विश्वकर्माले आरन सञ्चालन गर्दै आएका छन् ।

सत्र वर्ष भारतीय सेनामा सेवा गरी स्वदेश फर्किएका स्याङ्जाको पुतलीबजार–१० राङखोला निवासी उनले आरनको कामलाई व्यावसायिकरुपमा अगाडि सञ्चालन गर्दै आएका छन् ।

‘अवकाश भएर गाउँ फर्किएपछि केही व्यवसाय सञ्चालन गर्ने सोच पलायो’, विश्वकर्माले भने, ‘गाउँमा आएपछि दुई वर्ष केही गरिन र अन्तिममा आरनलाई नै व्यावसायिकरुपमा अगाडि बढाउने टुङ्गोमा पुगेँ ।’ हाल ६५ वर्ष पुगेका उनले सानै उमेरदेखि आफ्नो बुबाबाट सिकेको सीप सदुपयोग गर्दै आरनलाई नै व्यावसायिकरुपमा विगत २५ वर्षदेखि सञ्चालन गर्दै आएका छन् ।

‘बुबा आरन व्यवसायमा यो क्षेत्रकै नामुद हुनुहुन्थ्यो, बुबाबाट धेरै सीप सिकेको थिएँ’, विश्वकर्माले भने, ‘बुबाबाट सिकेको सीपले नै आज परिवार पाल्दै आएको छु, आम्दानीको मुख्य स्रोत नै आरन नै हो ।’

आरनमा काम गर्नेलाई समाजले गर्ने हेला, भेदभाव र हिंसाका कारण नयाँ पुस्ताको चासो यसमा नभएको उनको भनाइ थियो । पढेकाले यो व्यवसाय गर्न हुँदैन भन्ने बुझाइले पनि असर गरेको छ ।

‘घन पिट्ने नै हो भने किन पढ्न पर्‍यो, पढेपछि त सोहीअनुसारको जागीर गर्नुपर्‍यो नि भन्ने बुझाइ समाजमा छ’, विश्वकर्माले भने, ‘आरन व्यवसाय गर्नेप्रति समाजको दृष्टिकोण, श्रमको सम्मान नहुनुजस्ता कारणले भोलिका दिनमा यो व्यवसाय हराउँदै जाने निश्चित छ ।’ पुस्तौँदेखि चल्दै आएको आरन आफूले काम गर्न सक्दासम्म मात्रै रहने र नसक्दाको दिनदेखि स्वतः आफ्नो पुस्ता तथा परिवारबाट हराउने उनको भनाइ छ ।

पहिला परम्परागतरूपमा आरन सञ्चालन हुने गरेकामा अहिले आधुनिक प्रविधिको प्रयोगले काममा केही सहज बनाएको छ । आरन सीप र बलको काम हुने भएकाले बलको काम गर्नुपर्दा अरुको सहयोग लिने गरेको विश्वकर्माले बताए । ‘पहिला जङ्गलमा रुख काटेर गोल बनाइन्थ्यो, काठ सित्तैमा पाइन्थ्यो’, उनले भने, ‘हिजोआज काठ काट्न नपाउँदा कोइलाको पनि समस्या हुँदै आएको छ । रक्सी तथा कुँडो पकाउन बालिएका दाउराको गोल किनेर व्यवसाय सञ्चालन गर्दै आएको छु ।’

पहिलेदेखि यहाँ बनाइएका औजार टिकाउ र राम्रो हुने छाप परेकाले अहिले पनि पाल्पा, पर्वत र कास्कीका विभिन्न ठाउँबाट औजार तथा भाँडा बनाउन आउने गरेका विश्वकर्माले बताए । ‘हतियार बनाउनका लागि फलाम पिट्दादेखि धारको लेबल मिलाउन, पाइनको प्रयोगसम्म ध्यान दिनुपर्छ’, उनले भने, ‘पाइन पाँच प्रकारका हुन्छन्, धारलाई बलियो बनाउने पाइनले हो, पाइनको प्रयोग जो पायो उसैले लगाउनै जान्दैनन् त्यसैले औजार टिकाउ हुँदैन ।’

‘छबबहादुर विक फलाम उद्योग’ नामको उद्योग दर्ता गरेर व्यवसाय गर्दै आएका विश्वकर्मा विभिन्न किसिमका भाँडाकुँडाका साथै चक्कुदेखि खुँडासम्म बनाउँछन् । न्यूनतम तीनसयदेखि अधिकतम रु सात हजारसम्म एउटै औजार तथा भाँडाबाट आम्दानी हुन्छ ।

नयाँ भाँडाकुँडा तथा औजार बनाउने र पुराना मर्मत गर्दा पनि मासिकरुपमा सबै खर्च कटाएर उनले एक लाख रुपैयाँ भन्दा बढी वचत गर्छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending