काठमाडौं । राप्रपाले धर्मसँग सम्बन्धित् विवादास्पद अभिव्यक्ति दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गरेर कारबाही गर्न माग गरेको छ ।
बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो र क्रिश्चियनको विरोध गर्नेलाई हतकडी लगाउने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर राप्रपाले मन्त्री किराँतीलाई बर्खास्त गरेर कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ गठबन्धनको ध्यानाकर्षण गराएको हो ।
सामाजिक सञ्जालमार्फत राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हिन्दुधर्म, हिन्दु संवेदनामाथि अशोभनीय र अमर्यादित टिप्पणी गर्ने मन्त्री सुदन किराँती बर्खास्त गरेर कारबाही गर्न माग गरेका हुन् ।
८१ प्रतिशत हिन्दु र ९४ प्रतिशत ओमकार परिवार भएको देशका संस्कृति मन्त्रीको रुपमा आएको उक्त अभिव्यक्ति अस्वीकार्य रहेको भन्दै उनले तत्काल उनलाई पदमुक्त गराउन र कारबाही गर्न माग गरेका हुन् ।
‘मन्त्री पदमा रहेर ‘कृश्चियन धर्म नमान्नेलाई जेलमा कोच्ने’ जस्तो बहुलठ्ठीपूर्ण अभिव्यक्ति दिने, हिन्दु धर्म, हिन्दु संवेदनामाथि अशोभनीय र अमर्यादित टिप्पणी गर्ने प्रचण्ड सरकारका मन्त्री सुदन किराँती बर्खास्तका योग्य छन्। यस्तो व्यक्ति ८१ प्रतिशत हिन्दु र ९४ प्रतिशत ओमकार परिवार भएको देशमा कसरी संस्कृतिमन्त्रीको रुपमा निरन्तर र स्विकार्य हुनसक्छन् ?,’ प्रवक्ता श्रेष्ठले भने, ‘निजलाई पदमुक्त गराउन प्रधानमन्त्री र सत्तागठबन्धनको ध्यानाकर्षण गराउँदछौं। साथै, सामाजिक सद्भाव बिथोल्ने, साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन बमोजिम कारबाही गरियोस् ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ११:४७
काठमाडौं । मनसुनजन्य विपद्को जोखिम बढ्दै गएपछि नेपाली सेनाले बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको प्रभावकारी प्रतिकार्यका लागि तीन चरणको विशेष पूर्...
आषाढ़ १७ गते, २०८३ - ११:२१
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा रु ६०० र चाँदी रु १५ ले घटेको छ । नेपाल सुनचाँदी ...
आषाढ़ १७ गते, २०८३ - ११:०२
गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्...
आषाढ़ १७ गते, २०८३ - १०:५१
भोजपुर । भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बाँसिखोरा–बालाङखा–रानिटार सडक निर्माण आयोजनाको स्थलगत अनुगमनमा खटिएका पूर्वाधार विकास कार्यालय भोजपुरका सब–इन्जि...
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...



प्रतिकृया लेख्नुहोस्: