काठमाडाैं । उद्यमी तथा साहित्यकार बसन्त चौधरीले अन्तर्वार्तामा आधारित श्रब्यदृश्य कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ सञ्चालनको उद्घोष गरेका छन् । सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रशारण हुनेछ ।
'जीवन एउटा यात्रा हो । जीवन यात्राका क्रममा धेरै ट्वीस्ट हुन्छन् । तथापि आफूले चाहेको गन्तव्यमा पुग्न अनवरत प्रयत्न गरिरहनुपर्छ, यही अनवरत प्रयत्नले गर्दा नै मैले पनि व्यापार व्यवसायबाहेक मेरो मनले रोजेको सिर्जना यात्रामा केही पाइला हिँड्न सकेँ,’ कार्यक्रम उद्घोष गर्दै उनले भनेका छन् ।
उनले आफ्ना कुराबाहेक जीवन र जगतबाट सिकेका र अनुभूत गरेका कुराहरू आफ्ना सिर्जनाहरूमा उतारेको बताएका छन् । उनले भनेका छन्,‘मलाई तपाईँका मनका कुरा सुन्न मन लाग्यो । तपाईँका मनका कुरा अरूलाई पनि सुनाउन मन लाग्यो ।’
उनले यस कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई ल्याएर उनीहरूको सङ्घर्ष तथा जीवन यात्राका आरोह-अवरोह पस्कने छन् । जसका लागि उनले मनिशा कोइराला, सुरक्षा पन्त, दीपक बज्राचार्य, उद्यमी विदुशी राणा, वरिष्ठ कलाकार निर शाह, मान्सी अग्रवाल, गायिका आनी डोल्मा, रुबी राणा लगायतको अन्तर्वार्ता हरेक शुक्रबार प्रशारण गरिने छ ।
२२ डिसेम्बरमा कार्यक्रममा पहिलो अतिथिका रूपमा मनिशा कोइराला रहनेछिन् । त्यसपछिका हरेक शुक्रबार अन्यलाई अतिथि बनाइनेछ ।
को हुन् बसन्त चौधरी ?
विसं २०१३ मा काठमाडौँमा जन्मिएका बसन्त साहित्य कर्ममा रमाउने उद्यमी हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन् । १७ वर्षको उमेरदेखि नै पुर्ख्यौली व्यवसाय (अरुण इम्पोरियम)मा संलग्न चौधरीले २०४१ सालमा ‘ग्रुप-३’ नामक कम्पनी स्थापना गरी आफ्नै व्यवसाय प्रारम्भ गरेका थिए । विज्ञापन एजेन्सीका रूपमा स्थापित उक्त कम्पनीबाट ‘उर्वशी’ नामक पत्रिका पनि प्रकाशित भएको थियो ।
२०५७ सलमा स्थापित नर्भिक इण्टरनेशनल हस्पिटलका संस्थापक अध्यक्ष रहेका उनी चौधरी ग्रुपका प्रबन्ध निर्देशक समेत हुन् । २०४५ सालमा सुनसरीमा स्थापित ‘श्री पशुपति बिस्कुट उद्योग’को जिम्मेवारी सम्हालेका चौधरी त्यति बेलै ‘श्री लुनकरणदास गङ्गादेवी चौधरी च्यारिटी हस्पिटल’ स्थापना गरी स्वास्थ्य सेवा क्षेत्रमा प्रवेश गरेका थिए ।
चौधरीका विभिन्न पुस्तक तथा नेपाली तथा हिन्दी भाषामा कविता सङ्ग्रह गरी एक दर्जनभन्दा बढी प्रकाशित छन् । उनका मैथिली कविता सङ्ग्रह 'वसन्त', नेपाल भाषा कविता-मुना 'वसन्त', हिन्दी कविता सङ्ग्रह 'आसुँओं कि सियाही में', 'वक्त रुक्ता नहीँ' कविता सङ्ग्रह लगायत थुप्रै पुस्तक प्रकाशित छन् ।
उनको साङ्गीतिक एल्बम नै आधा दर्जन भन्दा बढी सार्वजनिक भएका छन् । ‘गरुँ कि मिठो भुल’, ‘शान्ति लुकाउँ कहाँ’, ‘मेरो प्यारो मान्छे’, ‘चिठी आएन’ जस्ता नेपाली गीत तथा ‘तुम मिल जाओ', ‘चाहतोँ से ज्यादा’, ‘तुम मेरे’ लगायतका हिन्दी गीतहरू चर्चित छन् ।
चौधरी ‘वीरेन्द्र-ऐश्वर्य सेवा पदक’, ‘प्रख्यात त्रिशक्ति पट्ट’, ‘विशष्ट सेवा पदक,’ ‘प्रबल गोर्खा दक्षिण बाहु’जस्ता पदकबाट पनि सम्मानित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: