Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

आईपीएलको खेलाडी अक्सन आज हुँदै, नेपाली खेलाडीले आईपीएलमा खेल्ने प्रतिक्षा थप एक बर्ष लम्बियो

खबरडबली संवाददाता

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को मिनी अक्सन आज युएईको दुबईमा हुँदै छ । आइपिएल अक्सन नेपाली समय अनुसार दिउँसो १स् १५ बजेदेखि शुरु हुने छ भने यसको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्स नेटवर्क र जियो सिनेमा एपमा हुने बताइएको छ ।

आज हुने आइपिएलको मिनी अक्सनमा कुल ३३३ खेलाडीलाई समावेश गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले जानकारी दिएको छ । जसमा २१४ भारतीय खेलाडी छन् भने ११९ खेलाडी विदेशी रहेका छन् । यस अक्सनबाट कुल ७७ खेलाडी बिक्रि हुने छन् जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ ।

आईपीएल फ्रेन्चाईजीले कम्तिमा १८ र बढीमा २५ खेलाडी टिममा समावेश गर्न सक्ने नियम रहेको छ, जसमा विदेशी खेलाडी बढीमा ८ जनासम्म राख्न पाउँछन् ।

यस अक्सनमा सबैभन्दा बढी कोलकोता नाइट राइडर्सको ४ विदेशी खेलाडीसहित १२ खेलाडी स्लट खाली रहेको छ । त्यस्तै दिल्ली क्यापिटल्सको ४ विदेशीसहित ९, गुजरात टाइटन्स, मुम्बई इण्डियन्स, पञ्जाव किंग्स र राजस्थान रोयल्सको ८/८ खेलाडीको स्लट बाँकी रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्स, लखनउ सुपर जाइन्ट, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादको ६/६ खेलाडीको स्लट बाँकी रहेको छ ।

त्यसैगरी खेलाडी किन्न सबै भन्दा बढी रकम भने गुजरात टाइटन्ससँग ३८.१५ करोड भारु रहेको छ । त्यस्तै सनराइजर्स हैदरावादसँग ३४ र कोलकोतासँग ३२.७ करोड भारु रहेको छ । सबैभन्दा कम भने लखनउसँग १३.१५ करोड भारु रहेको छ ।

यस अक्सनमा विश्व क्रिकेटका केहि ठुला नाम भने रहेका छैनन् । जसमा इङल्याण्डका बेन स्टोक, जो रूट र जोफ्रा आर्चर, त्यस्तै बंगलादेशका शकिब अल हसन पनि यस आइपिएल अक्सनमा रहेका छैनन् । त्यस्तै हालै सम्पन्न क्रिकेट विश्वकपबाट उदाएका न्यूजील्याण्डका भारतीय मुलका अलराउण्डर रचिन रविन्द्र यस अक्सनका मुख्य आकर्षण बन्ने देखिएको छ । उनको न्यूनतम मुल्य ५० लाख भारु रहेको छ ।

यस अक्सनका लागि २३ खेलाडीले अक्सनको उच्च मुल्य २ करोड आफ्नो न्युनतम मुल्य तोकेका छन् । जसमा अस्ट्रेलियाका मिचेल स्टार्क, ट्राभिस हेड, भारतका बलर उमेस यादव र श्रदुल ठाकुर प्रमुख  रहेका छन् । त्यस्तै १३ खेलाडीले आफ्नो न्यूनतम मुल्य १।५ करोड तोकेका छन् ।    

परेनन् नेपाली खेलाडी
बिसीसीआईले जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनै पनि नेपाली खेलाडी समावेश गरिएको छैन । यस पटकको अक्सनमा एसोसिएट देशबाट केवल २ खेलाडी मात्र परेका छन् । अक्सनमा नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै परेका छन् ।

योसँगै नेपाली खेलाडीले आईपीएलमा खेल्ने प्रतिक्षा थप एक बर्ष लम्बिएको छ । यसअघि २०१८ को अक्सनबाट नेपालका स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले २० लाखमा किनेको थियो । सन्दीप आईपीएल खेल्ने अहिलेसम्मका पहिलो नेपाली खेलाडी हुन् । सन्दीपलाई दिल्लीले २०२० मा रिलिज गरेपछि उनी २०२१ र २०२२ को अक्सनको सूचीमा रहे पनि कुनै टिमले किनेको थिएन ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: