Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

ब्युँतियो पल शाहको मुद्धा, तनावमा शाह

फाइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । अभिनेता पल शाहको फैसला भइसकेको मुद्दालाई सर्वोच्च अदालतले १० महिनापछि फेरि ब्युँताइदिएको छ ।  ११ फागुनमा उच्च अदालत पोखराले सुनाएको फैसला फेरि रुजु गर्न सर्वोच्चले अनुमति दिएको हो । 

मुद्धा ब्युँतिएपछि अबको फैसला कस्तो आउला भन्ने विषयमा उनी तनावमा परेका छन् ।  नवलपुर उच्च अदालतले पललाई बलात्कारमा सफाइ दिँदै यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । उक्त मुद्धामा उनलाई साढे दुई वर्ष जेल सजाय सुनाईएको थियो ।

उक्त फैसलाविरुद्ध वादी र प्रतिवादी दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गरेका थिए । दुवैको पुनरावेदनलाई एकै ठाउँमा राखेर फैसला गर्दै उच्चले पललाई पूर्ण रूपमा सफाइ दिएको थियो । त्यसपछि जेलमुक्त भएका पल अहिले म्युजिक भिडिओ र फिल्म खेल्न व्यस्त रहेका छन् ।

अहिले सर्वोच्चले उनको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरिएपछि उनलाई तनाव थपिएको उनी निकट स्रोतले जानकारी दियो । अब मुद्दा पुनरावेदनको प्रक्रियामा गएकोले सबै छिनोफानो सर्वोच्चले नै गर्ने जानकारहरू बताउँछन् । पक्षबाट सरकारी वकिलले र प्रतिवादीबाट पलका कानुन व्यवसायीले बहस गर्नेछन् ।

दुवै पक्षको बहस, प्रमाणहरूको अध्ययन र मूल्याङ्कन पश्चात् सर्वोच्चले फैसला सुनाउने जानकारहरू बताउँछन् । तर, उच्च अदालतको फैसला उल्टिने सम्भावना न्यून रहेको पल शाहका कानुन व्यवसायीको दाबी छ ।

कानुनी अधिकारको प्रयोग गरेर सरकारी वकिल कार्यालयले पुनरावेदनको लागि निवेदन दिएको र यो औपचारिक प्रक्रिया मात्र भएको एक कानुन व्यवसायीको भनाइ छ । नियमित पैकृया भएकोले  ठूलो विषय बनाईरहनु आवस्ष्क नरहेको  र पल शाहले डराउनुपर्ने अवस्था नरहेको उनले बताए ।

एक नाबालिग गायिकाले पल शाहविरुद्ध बलात्कारको मुद्दा दिएकी थिइन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending