काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ। विश्वविद्यालयले सोमबार आयोजना गर्न लागेको ४९ औँ दीक्षान्त समारोहमार्फत उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई वितरण गर्न लागेको विभिन्न पदक तथा पुरस्कारमा गलत निर्णय गरिएको फेला परेको हो।
विभिन्न विषयमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीमध्ये त्रिविले वातावरण केन्द्रीय विभाग अन्तर्गतका क्याम्पसबाट स्नातकोत्तर (एमएस्सी) तहमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई ‘मदन विद्या वातावरण विज्ञान पुरस्कार र पदक’ वितरण गर्दैछ। तर उक्त विषयमा दुई छात्राले समान अङ्क ल्याए पनि त्रिविले आफूखुशी एक जनाको नाम सार्वजनिक गरेर अर्कालाई अन्याय गरेको छ। यो विषयमा उन्नति अर्याल र सुस्मा तिम्सिनाले समान ३.८४ सीजीपीए प्राप्त गरेका छन्।
परीक्षा नियन्त्रण कार्यालयले कुनै आधारबिना नै तिम्सिनालाई मात्रै उक्त पुरस्कार र पदकका लागि योग्य भएको भनेर सूचना सार्वजनिक गरेको छ। समान प्राप्ताङ्क भए पनि तिम्सिनालाई मात्रै किन पुरस्कारका लागि योग्य बनाइयो भन्ने विषयमा त्रिविका जिम्मेवार अधिकारीले चित्त बुझ्दो जवाफ दिन सकेका छैनन्। ‘डिन कार्यालयदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म गुनासो गर्दा पनि चित्त बुझ्दो जवाफ पाइएन’, पीडित विद्यार्थी अर्यालले भनिन्, ‘समान अङ्क ल्याउने विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने त्रिविको नियतले चित्त दुखेको छ ।’
यसबारेमा जानकारी दिन आफू आइतबार विभागमा जाँदा त्यहाँका पदाधिकारीले पुरस्कारका लागि नाम सार्वजनिक गरिएका तिम्सिनाको शैक्षिक प्रमाणपत्र ल्याउन भनेको उनले बताइन्। ‘हामीले अर्काको प्रमाणपत्र कहाँबाट खोजेर लैजाने हो?’, उनले भनिन्, ‘प्रमाण जुटाउने काम त विश्वविद्यालयको हो।’
वातावरण केन्द्रीय विभाग विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत पर्छ । संस्थानका सहायक डिन महेन्द्र महर्जनले वातावरण विज्ञान विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीको नाम खोज्ने क्रममा तिम्सिनाको नाम शुरुमा आएको र सोही आधारमा परीक्षा नियन्त्रण कार्यालय (पनिका) लाई सिफारिस गरेको जवाफ दिए।
उत्कृष्ट विद्यार्थीको नाम पनिकाले सार्वजनिक गर्ने भएकाले थप जानकारी पनिकाबाटै लिन उनले भने। परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने डिन कार्यालयबाट आएको उत्कृष्ट विद्यार्थीको तथ्याङ्कका आधारमा आफूहरूले सूचना जारी गर्ने र सोही आधारमा पदक तथा पुरस्कार वितरण गर्ने स्पष्ट पारे।
एक तहका विद्यार्थीको समान अङ्क आएको विषयमा आफूले जानकारी नपाएको उनको भनाइ छ। ‘यस्तो अवस्थामा पदक वितरण नै रोकिन सक्छ’, उनले भने, ‘यस विषयमा म अध्ययन गर्छु। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: