Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

पूँजीगत लाभकर वेवास्ता गर्दै शेयर बजारमा २७ अंकको बृद्धि

खबरडबली संवाददाता

काठमाडाैं  । बैंक तथा वित्तीय संस्थाले मर्जर र एफपिओ वापत अर्बौ कर तिर्नु परेपछि आइतबार शेयर बजार घट्ने अनुमानविपरित आइतबार पनि नेप्से परिसूचकमा बृद्धि भएको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि निरन्तरजसो बढिरहेको बजार सर्वोच्च अदालतको पछिल्लो आदेशपछि घट्ने अनुमान धेरैले गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाहरुमाथि थपिएको करको डरले बजार प्रभावित हुने अनुमान गरिएको थियो । बैंक तथा वित्तीय संस्थाहरुले मर्जर तथा एफपीओ जारी गरी प्राप्त गरेको पूँजीगत लाभकर १२ अर्बभन्दा धेरै बुझाउनु परेपछि बजार घट्ने अनुमान थियो ।

बजारको सुरुवातमा सेलिङ्ग प्रेसर देखिएको भएपनि खरिदकर्ताहरु हाबी हुन थालेपछि बजारले पुनः सकारात्मक दिशा समातेको हो । यद्यपी सार्वैचचको फैसलाको कारण डेढ अर्ब रुपैयाँभन्दा धेरै कर बझुाएका बैंकहरुको शेयरमूल्य भने घटेको छ । समग्र बैंकिङ क्षेत्रमै यस दिन गिरावट देखिएको हो ।

आइतबार नेप्से परिसूचक २७.७५ अंक बढेर २०२२.३५ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । २९५ स्टकको १ लाख १ हजार १२८ पटकको कारोबारमा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस दिनको कारोबार रकम साढे ५ महिना यताकै उच्च हो । यस अघि गत असार १७ गते नेप्सेमा ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

यसदिन १ दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अन्य १४ स्टकको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन ७५ वटा स्टकको मूल्य घटेको छ । जसमध्ये हिमालयन लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.७७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन सोनापुर मिनरल्स र रिलायबल नेपाल लाइफको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.५५ प्रतिशत बढेको बजारमा बैंकिङ्ग, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक घटेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending