Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

हरेक महिलामा किन फरक यौन चाहना हुन्छ ?

कतिपय महिलाहरुमा यौनइच्छा नै उत्पन्न नहुने समस्या पनि

खबरडबली संवाददाता

काठमाडाैं । महिलाहरु के चाहन्छन् ? सदियौँदेखि आम मानिसदेखि लिएर मनोवैज्ञानिक सम्मलाई यो प्रश्नले दिक्क पार्ने गरेको छ । सिगमन्ड फ्राएड जस्ता महानतम मनोवैज्ञानिक देखि लिएर हलिउडका अभिनेता मेल गिब्सन सम्म यो सवाललाई लिएर हैरान छन् ।

यो रहस्यका बारेमा हजारौँ किताब, लेख, ब्लग पोष्ट लेखिइसकेका छन् । लाखौँ पटक यो मसलामाथि बहस भएका छन् । लोग्ने मानिस मात्र होइन, महिलाहरु समेत अक्सर यो विषयमा चर्चा गरिरहन्छन् । तथापि यसमा लामोचौडा चर्चा, हजारौँ किताब, वर्षौँको अनुसन्धानका बाबजुत पनि महिलाहरुको इच्छाको कुनै एक परिभाषा तथा कुनै दायरा तय हुन सकेको छैन । महिलाहरुको मनभित्र कस्तो इच्छा जाग्दछ भन्ने कुरा पत्ता लाग्न पनि सकेको छैन । साथै महिलाहरुलाई कसरी सन्तुष्ट पार्न सकिन्छ भन्ने पनि थाहा पाउन सकिएको छैन ।

के त्यसो भए वर्षौँसम्म यस विषयमा भएका अध्ययनहरु बेकम्मा भएका हुन् त ? होइन । अहिले यिनै अध्ययनहरुका कारण हामीले महिलाहरुको सेक्स सम्बन्धी चाहनाको बारेमा धेरै हदसम्म बुझ्नसक्ने भएका छौँ । महिलाहरुको कामेच्छाको चर्चा यसअघिको संकुचित विचारको दायरा भन्दा बाहिर आएको छ । पहिले भनिन्थ्यो की महिलाहरुको चाहना कहिल्यैपनि पूरा गर्न सकिँदैन । उनीहरु सेक्सका भोका हुन्छन् र उनीहरुमा जबरजस्त कामवासना हुन्छ । तर, अहिले वैज्ञानिकहरुले यो मान्न थालेका छन् की महिलाहरुको यौन चाहनालाई कुनै एक परिभाषाको दायरामा समेट्न सकिँदैन । यो विभिन्न महिलामा फरक फरक हुन्छ । र कहिलेकाहीँ त एउटै महिलामा पनि यौन चाहना फरक फरक पाइन्छ ।
अमेरिकाको रटगर्स विश्वविद्यालयका प्राध्यापक बेवर्ली व्हिपल भन्छन्ः हरेक महिलाहरु केही फरक चाहन्छन् ।

तमाम नयाँ अनुसन्धानबाट यो प्रष्ट भएको छ की सेक्सको मामिलामा महिला र पुरुषहरुको चाहना तथा आवश्यकतामा खासै फरक हुँदैन । जबकी पहिले पुरुषमा महिलामा भन्दा बढि यौन इच्छा हुन्छ भन्ने धारणा थियो ।

पहिले जब कसैलाई महिनामा तपाइँलाई कति पटक यौन सम्पर्कको आवश्यकता महसुस भयो ? भनेर सोधियो तब त्यसबाट प्राप्त हुने जवाफबाट निकालिने निष्कर्षले पुरुषहरुलाई यौन सम्पर्कको बढि आवश्यकता महसुस हुने देखायो । तर जब यो प्रश्नलाई घुमाएर सोधियो र खास बेलामौकामा, साथीसँग नजिक भएको बेलामा, कुराकानीका बेलामा तपाइँलाई सेक्सको चाहना कत्तिको हुन्छ ? भन्ने प्रश्न गरियो तब त्यसबाट आउने उत्तरले महिला र पुरुषमा लगभग उस्तै खाले यौन चाहना रहने गरेको देखायो ।

बि्रटिस कोलम्बिया विश्वविद्यालयका प्राध्यापक लोरी ब्राटोका अनुसार यसबाट महिलालाई सेक्समा कम रुची हुन्छ भन्ने धारणा गलत सावित भएको छ । हो, महिलाहरुको यौन चाहना फरक प्रकारको हुन्छ ।

त्यस्तै महिलाहरुमा पलाउने यौन चाहना उनीहरुको रजश्वला चक्रसँग पनि सम्बन्धित हुन्छ । रजश्वला सुरु हुनुभन्दा केही दिन पहिले उनीहरुको यौन चाहना बढ्दछ । अमेरिकाको भर्जिनिया विश्वविद्यालयका मनोवैज्ञानिक एनिटा क्लेटन भन्छिन्ः सेक्स हाम्रो आधारभुत जिम्मेवारी अर्थात् बच्चा पैदा गर्ने कुरासँग सम्बन्धित छ । त्यसैले जब महिलाहरुको सरीरभित्र डिम्ब परिपक्व बन्न सुरु गर्छ उनीहरुमा यौन चाहना बढ्दछ । आजकल सेक्स तथा बच्चा जन्माउने कार्यलाई फरक फरक ढंगले विश्लेषण गर्ने गरिएको भएपनि प्राकृतिक रुपमा यी दुई एउटै कार्यको रुपमा रहेको उनी बताउँछिन् ।

कतिपय महिलाहरुमा यौनइच्छा नै उत्पन्न नहुने समस्या पनि हुन्छ । विज्ञहरुका अनुसार महिलाहरुमा भित्रैदेखि कामेच्छा पैदा गराउनका लागि मनोवैज्ञानिक रुपमा पहल गर्नु आवश्यक हुन्छ । उनको आसपासको माहौललाई राम्रो बनाउनु पर्छ र तनावको कारक तत्वलाई हटाउनु पर्दछ । जसका कारण उनले राम्रो महसुस गर्दछन् र भित्रैबाट यौनइच्छा जाग्दछ ।

यद्यपि महिलाहरु आफुमा यौनइच्छा कम भएको कुराबाट तबसम्म दुखित हुँदैनन् जबसम्म उनीहरु कोही पुरुषसँग सम्बन्धमा गाँसिन्छन् । यौन पार्टनरको सेक्सको मागको दबाबका कारण उनीहरुमा आफ्ना न्यून कामेच्छाको पीडाको अनुभुति हुन थाल्दछ ।

जरुरी छैन की पार्टनरको इच्छा बराबर नै महिलामा पनि उत्तिकै यौन इच्छा हुनुपर्छ भन्ने । राम्रो त यो हुन्छ की दुबैजना पार्टनर सँगै बसेर यो विषयमा कुराकानी गर्ने र एक अर्काको आवश्यकता तथा इच्छालाई बुझ्ने ।

जहाँसम्म यौन इच्छाको कुरा छ यसको कुनै सिमाना नै हुँदैन । फरक फरक मानिसमा मात्र होइन कहिलेकाहीँ त एउटै मानिसमा पनि परिस्थिति अनुसार यौन इच्छामा फरकपना आउँदछ । कसैमा कम हुन्छ र कसैमा बढि हुन्छ भन्नु पनि गलत हुन्छ । किनकी कतिलाई कम भन्ने र कतिलाई बढि भन्ने भन्ने कुरा नाप्ने कुनै स्केल हुँदैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...

सडक पार गर्ने क्रममा पिकअपको ठक्कर, झापामा ७० वर्षीय वृद्धको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...

काठमाडौं उपत्यकासहित २५ भन्दा बढी जिल्लामा बाढीको जोखिम, साना नदी किनारमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...

देशभर बाढी–पहिरोको असर : मुख्य राजमार्गहरू अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...

कोशीमा हिक्मत कार्कीमाथि दबाब बढ्दै, मुख्यमन्त्री र दलको नेताबाट हटाउने तयारी

विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...

उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा, अवैध कारोबार र कर छलीको आशंकामा अनुसन्धान

विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...

रोल्पा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...

आन्दोलन घोषणा गरेको केही घण्टामै पक्राउ परे दुर्गा प्रसाईं, सार्वजनिक शान्ति भंगको आरोप

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...

आन्दोलनको घोषणा लगत्तै दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending