काठमाडौं । जारी’ फिल्मले नेपाली सिनेमा क्षेत्रको धेरै रेकर्ड तोड्यो । सबैभन्दा धेरै कमाउने सिनेमा बन्यो । तर सँगै अर्को कुरा पनि भन्यो ‘नेपाली स्वादको कथा पस्कियो भने दर्शकले मनपराउँछन् ।’
फिल्मले मनग्गे दर्शक पायो । नेपाली सिनेमा जगतमा दुर्गम बन्दै गरेको ‘१०० दिन’ पनि कटायो । फिल्म उपेन्द्र सुब्बाको पहिलो निर्देशन थियो भने बाँसुरी फिल्मस्ले त्यसलाई निर्माण गरेको थियो ।
त्यसको सफलतापछि उनको अर्को फिल्म के हुनेछ भन्ने कौतुहल मेटिएको छ । सँगै कबड्डि फिल्मस् प्रालीको ब्यानरमा नयाँ फिल्म ‘मनसरा’ को पोष्टर सार्वजनिक भएपछि उपेन्द्र सुब्बाले बाँसुरी फिल्मस् छोडेको पनि छनक मिलेको छ । फिल्ममा ‘जारी’को मुख्य कास्ट दयाहाङ राई र मिरुना मगर नै दोहोरिएका छन् भने मेनुका पौडेल र प्रविण खतिवडा थपिएका छन् । लामो समयदेखि उत्कृष्ट छाँयाकारको पहिचान बनाएका सैलेन्द्र धोज कार्की निर्माताको रुपमा जोडिएका छन् । उनले नै यो फिल्म पनि खिच्नेछन् ।
पहिलो पोष्टर महिला कलाकारको अनुहार सहित निस्किनुले पक्कै पनि यो फिल्म पनि ‘जारी’ मा जस्तै महिला चरित्र प्रधान हुन सक्ने संकेत देखिएको छ । चरित्रको अनुहार थोरै मलिन छ । रातो झोला बोकाइमा कुनै बोझ बोकिरहेको छनक छ । उनी यात्रामा रहेकी जस्तो देखिन्छन् ।
फिल्म २०८१बैशाख २१ मा सिनेमाघरमा आइपुग्ने सन्देश पोष्टरमा छ । फिल्मको मुख्य सहायक निर्देशक ‘जोखाना’, ‘खुवालुङ’, जस्ता चर्चित नाटक निर्देशक गरिसकेका निर्देशक किरण चाम्लिङ राईले गर्देछन् भने कार्यकारी निर्माता सिजन दाहालले गर्दैछन् । एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने जानकारी दिइएको छ भने डिजिटल पाटनरको रुपमा जि ट्वान्टिवान रहेन जनाइएको छ । फिल्मको लेखन उपेन्द्र सुब्बाले नै गर्दैछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: