Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

युरोपमा फेरिँदै नेपालीको हैसियत

खबरडबली संवाददाता

काठमाडौं । मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली मुलुकमा पनि थिएन । 

उनले स्मरण गरे, “कतै काम नपाएपछि मैले सडकमा फालिएका बियरका बोतल टिपेर बेचेर पनि खाएँ तर अहिले आफैँ अरूलाई काम दिन्छु ।” पाण्डेले लामो समय सङ्घर्ष गरेर सन् २०१७ मा पोल्यान्डमा आफ्नै व्यवसाय सुरु गरे। उनले वार्सामा थाल्नुभएको ‘नेपाली बजार’ को विस्तार अहिले अन्य मुलुकमा पनि भएको छ । 

उनको नेपाली बजार नामक व्यवसायमा नेपाली खानाका परिकार गुन्द्रुक, तामा, थरीथरीका अचार, नेपाली खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, पूजासामग्रीलगायतको व्यापार राम्रै चलेको छ । यी सामान जर्मनी, इटालीलगायतका देशमा पनि निर्यात हुने गरेको छ । 

पढ्नकै लागि बेल्जियममा पुगेका म्याग्दीका जयप्रकाश भुसालको आफ्नै नेपाली होटल छ । अरूको काम गर्दा कहिले काम हुने, कहिले नहुने हुन्थ्यो तर निरन्तरको सङ्घर्षले सम्पूर्ण परिवारै बेल्जियममा बसेर व्यवसाय सञ्चालन गर्न सफल भए । उनको होटलमा नेपाली खानासँगै चाइजिन, कन्टिनेन्टलका लागि विदेशीको आउजाउ राम्रै हुन्छ । 

धनगढीका सोमबहादुर थनेतलाई २० वर्षअघि ब्रसेल्स पुग्दा खान र बस्न धौ धौ थियो । नेपालमा पर्यटक गाइड भए पनि त्यहाँ त्यो सिपले काम नपाएपछि उनले ट्याक्सी चलाउन थाले उनी सम्झन्छन्, “त्यसको अनुमति लिनै कष्ट भयो, स्थायी कार्ड पाएपछि चलाउन पाएँ ।” अहिले उहाँ मात्र होइन उहाँका छोरी, छोरा उतै पढेर काममा व्यस्त छन् । छोराको जापानी खाना सुसीको रेस्टुरेन्ट छ । 

दाङका आशिष मगरको बेल्जियमको वेस्टान्डे सहरको समुद्री किनारमा कोसेली घर छ । पारिपट्टि बेलायत वारि बेल्जियम रहेको सो समुद्री किनार हरेक दिनजसो नै पर्यटकले भरिभराउ रहन्छ । नेपाली भने पर्यटकका रूपमा कहिलेकाहीँ मात्र देखिने गरेको उनी बताउछन् । उनीहरू जस्तै आयरल्यान्डका नवराज कोइराला त्यहाँको व्यावसायिक संस्थाको नेतृत्व लिने हैसियतमा पुगेका छन् । लग्जम्बर्गका बालकृष्ण सापकोटा पनि व्यावसायिक पथमा अग्रसर छन् । 

यी युरोपमा आफैँ व्यवसाय चलाउने केही प्रतिनिधि मात्र हुन् । पछिल्लो समय युरोपेली मुलुकमा नेपाली नागरिकको हैसियत फेरिँदै छ । पहिले काम गर्न समस्या पर्ने युरोपेली देशमा अहिले धेरै नेपाली उद्यमी, व्यवसायी र राम्रो ओहदामा कार्यरत छन् ।

बेल्जियमका लागि नेपालका राजदूत गेहेन्द्र राजभण्डारीका अनुसार युरोपमा पछिल्लो समय नेपालीको साख बढ्दै छ । बेल्जियमलगायतका देशमा अचेल नेपाली नागरिक कामदारबाट मालिक बन्ने लयमा अग्रसर छन् । त्यो देशकै लागि पनि राम्रो भएको उनी बताउछन् । 

उनका अनुसार बेल्जियममा मात्र १० हजार नेपाली नागरिक छन् । तीमध्ये धेरै विद्यार्थी छन् । व्यावसायिक सफलता प्राप्त गरेका सात सय जना छन् । जसले त्यहाँ आफ्नै होटल व्यवसाय सञ्चालन गर्छन् । विदेशी नागरिकलाई पनि रोजगारी दिन्छन् । उनी भन्छन्, “अवसर बढ्दै छ । राम्रो पढेलेखेका नयाँ पुस्ताले युरोपका उच्च पदमा पनि आफ्नो दाबेदारी प्रस्तुत गर्न थालिसकेका छन् । तथापि युरोपका कडा नियम कानुनमा नेपाली बस्न नसक्दा चुनौती पनि उस्तै छ ।” 

गैरआवासीय नेपाली सङ्घका महासचिव सोम सापकोटा युरोप वैदेशिक रोजगारीका लागि राम्रो हब बन्न थालेको बताउछन् । युरोपमा पहिले अमेरिकी र युरोपेलीलाई मात्र राम्रो कामको अवसर हुन्थ्यो । एसियाली अझ नेपाल जस्तो सानो र गरिब मुलुकका पढेलेखेकै भए पनि भाँडा माझ्ने काम पनि दिइँदैन थियो । 

उनी भन्छन्, “युरोप अहिले समृद्धिको यात्रामा भएकाले पनि होला सबैलाई समान देख्न थालेको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्षहरू उपेन्द्र महतो, जीवा लामिछाने, शेष घलेलगायतका नेपालीले युरोपका विभिन्न मुलुकका व्यापार व्यवसायमा ठुलो लगानी गरेका छन् ।” 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending