Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

खबरडबली संवाददाता
काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला विदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्र भएकाले यसको प्रवर्द्धनका लागि हस्तकला उद्योगका लागि व्यवसायमैत्री नीति नियम तथा ऐन बनाउनुपर्ने बताएको छन् । बाह्रौँ हस्तकला दिवसका अवसरमा आज यहाँ आयोजित २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उनले हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिने बताए।
 
राष्ट्रपति पौडेलले हस्तकला उद्योगबाट उत्पादित वस्तुको बजार विस्तार देशभित्र गर्न सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित वस्तुको उपयोगको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, “हस्तकला उद्योग नेपालको व्यापार मात्र नभई प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र हो । यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न  सकिन्छ ।” 
 
हस्तकला उद्योगको विकास र विस्तारबाट मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिनुका साथै आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सकिने राष्ट्रपति पौडेलको विश्वास छ । उनले नेपाली हस्तकलाका सामग्री विभिन्न जातजातिको पुख्र्यौली पेसा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सजिलै यसको नक्कल हुन नसक्ने बताए । 
 
राष्ट्रपति पौडेलले यस प्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन सबैलाई आग्रह गरे । उनले भने, “प्रतिलिपि अधिकार सुरक्षित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक छ ।” 
 
प्रत्यक्षअप्रत्यक्ष गरी झण्डै ११ लाख व्यक्तिलाई रोजगारी दिएको हस्तकला क्षेत्र अर्थव्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको उल्लेख गर्दै राष्ट्रपतिले यसखालका उत्पादनले मुलुकको पहिचान विश्वभर फैलाउन योगदान पुर्‍याएको बताए । “थोरै पूँजी, स–सानो प्रविधि तथा स्थानीय कच्चा पदार्थ, श्रम र सीपमा आधारित हस्तकला उद्योग व्यवसाय कृषि पछिको  गाउँ, बस्ती, दुर्गम क्षेत्रमा विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र हो”, उनले भने, “सहजै स्थानीय स्रोतको उपयोग गरी गर्न सक्ने व्यवसाय पनि हो । यति महत्त्वपूर्ण व्यवसाय भएर पनि युवा पुस्तामा हस्तकलाको सीप र प्रविधि हस्तान्तरण हुन सकिरहेको छैन ।”
 
राष्ट्रपति पौडेलले परम्परागत सीप र प्रविधि हस्तान्तरण गर्न आवश्यक कार्यक्रम, तालिम सञ्चालका लागि सङ्घ, प्रदेश, स्थानीय सरकारसहित निजी क्षेत्रको साझेदारीमा हस्तकलाग्राम स्थापना गर्न आवश्यक रहेको बताए । उनले भन्नुभयोने, “मौलिक कला र संस्कृति झल्कने स्थानीय हस्तकलाका सामग्रीले पर्यटन व्यवसायमा पनि योगदान पुर्‍याएको छ । यस्ता सामग्रीले स्वदेशी मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । पर्यटनसँग सम्बन्धित विभिन्न निकायबीच उचित समन्वय र सहयोगको वातावरण तयार गर्न जरुरी छ ।”
 
राष्ट्रपति पौडेलले विश्वबजार प्रतिस्पर्धी बन्दै गइरहेका बेलामा नेपाली हस्तकलाको समान निर्यात गर्दा उत्पादन, बजारको माग, वस्तुको डिजाइन, विका, गुणस्तरीय वस्तु, मूल्य निर्धारण, राम्रो प्याकेजिङ, व्यापार मेला र प्रर्दशनीमा सहभागी, प्रचार, प्रवर्द्धन, अनुसन्धान, विकास र प्रतिलिपि अधिकारमा विशेष ध्यान पुर्‍याउन आवश्यक रहेकामा जोड दिए । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा एक हप्तामा १६० जनाको राहदानी, नौ लाख राजस्व संकलन

गुल्मी। गुल्मीमा एक हप्ताको समय अवधिमा १६० जनाले राहदानी बनाउँदा नौ लाख बढी राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला...

अमेरिकाविरुद्ध इशान पाण्डेको एकदिवसीय डेब्यु, नेपाल पहिले फिल्डिङमा

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज अमेरिकाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने...

काज फिर्ता नहुँदा प्रादेशिक अस्पताल गौरको सेवा प्रभावित

गौर। प्रादेशिक अस्पताल गौरमा चिकित्सक अभाव भएपछि स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीको उपचारमा समेत समस्या देख...

करेन्ट लगाएर गैँडा मारेको आशंका, एक पक्राउ

नवलपुर। नवलपुरको कावासोती–१ स्याउलीस्थित मकैबारीमा मृत फेला परेको २५ वर्षीय भाले गैँडा करेन्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिभिजन ...

कङ्गोमा फेरि फैलियो इबोला

किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...

सबैभन्दा बढी बेरुजु मधेस प्रदेशमा

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...

ग्रीन हाइड्रोजन प्रविधिबाट स्वदेशमै मल उत्पादन गर्न सांसद खनालको आग्रह

काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...

चालु आर्थिक वर्षमा ८८ अर्बभन्दा बढी बेरुजु

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...

सरकारी अस्पतालमा ९ करोडभन्दा बढीको औषधि म्याद नाघेको

काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...

लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाएर ८ मा झारिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending