Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

राजमार्गका बिजुलीका खम्बा व्यवस्थापन नगर्दा जोखिम बढ्यो

खबरडबली संवाददाता

कञ्चनपुर, कञ्चनपुर पूर्व–पश्चिम राजमार्ग चौडा गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका क्षेत्रका बिजुलीका  खम्बा व्यवस्थापन नगर्दा दुर्घटनाको उच्च जोखिम बढेको छ । राजमार्गको झलारी बजार क्षेत्रमै राखिएको दुई सय केभिएको ट्रान्सफर्मर जमिनभन्दा दुई फिट मात्रै माथि रहेको छ । ट्रान्सफर्मरका तारमा यात्रु, घरपालुवा जनावर वा सवारी साधनले छोए करेन्ट लागेर दुर्घटना हुने सम्भावना  छ ।
 
राजमार्ग चौडा गर्ने क्रममा माटो भर्दा खम्बमा राखिएको ट्रान्सफर्मर जमिनमै छुने  अवस्थामा पुग्दा पनि  सम्बन्धित निकायले सुरक्षाका  लागि चासो नदेखाएको स्थानीयवासी गणेशबहादुर ऐरले बताए। “पटक–पटक जनप्रतिनिधि र सम्बन्धित निकायको ध्यानाकृष्ट गर्दा पनि खम्बा व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको छैन” उनले भने, “ट्रान्सफर्मरका नाङ्गो तारमा छोएमा जुनसुकै बेला पनि अप्रिय घटना हुनसक्छ ।”

 पूर्वनगर प्रमुख दिलबहादुर ऐरले सडकमै छोइने गरी टाँगिएका तार, पोल र ट्रान्सफर्मर व्यवस्थापनको कार्य तत्काल गरिनुपर्नेमा जोड दिए ।“जनप्रतिनिधिसँगै सम्बन्धित निकायले नगरवासीको सुरक्षालाई ध्यान दिँदै सडक क्षेत्र सुरक्षित बनाउनुपर्छ” उहाँले भन्नुभयो, “दुर्घटना निम्तिनु अघि नै सडक क्षेत्रलाई सुरक्षित गरिनुपर्छ ।”राजमार्गको बनसमितिदेखि कलुवापुर क्षेत्रसम्मका एक दर्जन बढी बिजुलीका  खम्बा व्यवस्थित गर्नुपर्र्ने अबस्थामा रहेको पूर्वनगरप्रमुख  ऐरको भनाइ थियो ।

सडक क्षेत्रमा गाडिएका खम्बा व्यवस्थापन नगरे करेन्ट लागेर हुने दुर्घटना एकातर्फ छ भने अर्कोतर्फ पोलमा सवारी साधन ठोक्किएर हुने दुर्घटनाको जोखिमसमेत उत्तिकै रहेको उहाँले बताउनुभयो। नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण शाखाका प्रमुख चुटुककुमार श्रीवास्तवले सडक क्षेत्रमा रहेका बिजुलीका  खम्बा सार्ने कार्य सडक डिभिजन कार्यालयको रहेको बताए ।
 
“सडक डिभिजन कार्यालयलाई बजेटको व्यवस्थापनका लागि भनेका छौँ, मानेकै छैन” उनले भने, सडक चौडा गर्नुभन्दा पहिलानै हामीसँग सम्पर्क गरेको भए योजना राख्न सकिन्थ्यो, सडकले बजेट छु्ट्याएन,पोल सार्ने बजेट हामीसँग पनि नहुँदा कार्य रोकिएको छ ।”

सडक डिभिजन कार्यालय कञ्चनपुर शाखाका सूचना अधिकारी तारानाथ सिग्देल सडकको क्षेत्राधिकार ५० मिटरभित्र बिजुलीका  खम्बा गाड्नै नपाउने नियम रहेको बताए ।जोखिम भएपछि प्राधिकरणले नै ट्रान्सफर्मरलाई सुरक्षित गर्ने र पोल सार्ने काम गर्नुपर्ने उनको भनाइ थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending