काठमाडौं । क्रेमलिनले गत वर्ष कब्जा गरेको भनी दाबी गरेको युक्रेनका चार क्षेत्रमा रुसी राष्ट्रपति निर्वाचनका लागि मतदान हुने मस्कोले सोमबार बताएको छ । राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन पुनः निर्वाचित हुने सम्भावना छ ।
मार्चमा युक्रेनका डोनेट्स्क, लुगान्स्क, जापोरिजिया र खेरसनमा मतदान हुने केन्द्रीय निर्वाचन आयोगले बताएको छ । ती क्षेत्रमा अहिले पनि रुसको पूर्ण सैन्य नियन्त्रण छैन । सरकारी समाचार एजेन्सी तासका अनुसार आयोगका उपाध्यक्ष निकोले बुलायेभले भने, “ती क्षेत्रमा निर्वाचन हुने निर्णय सर्वसम्मतिले भएको हो ।”
निर्वाचन आगामी मार्च १५ देखि १७ सम्म हुनेछ । क्रेमलिनका आलोचकहरूले निर्वाचनले पारदर्शिताको ग्यारेन्टीलाई अझ धेरै कठिन बनाउने बताएका छन् । रुसका अधिकांश विपक्षी नेता कारागार वा निर्वासनमा रहेकाले पुटिनले पाँचौँ कार्यकालका लागि कुनै ठूलो चुनौतीको सामना गर्ने अपेक्षा गरिएको छैन ।
क्रेमलिन र युक्रेनमा आक्रमणको समर्थन गर्ने सबै पाँच प्रमुख दललाई हस्ताक्षर सङ्कलनबिना सन् २०२४ को निर्वाचनका लागि उम्मेदवार प्रस्तुत गर्न अनुमति दिइएको छ ।
यसअघि युक्रेनले ‘युक्रेनी अधीनस्थ क्षेत्रहरूमा राष्ट्रपति निर्वाचन गराउने रुसको मनसायको दृढ निन्दा गर्न’ अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको थियो । किएभले पश्चिमी मुलुकहरूसँग जिम्मेबार व्यक्तिहरूमाथि प्रतिबन्ध लगाउनसमेत आह्वान गरेको छ ।
रुसले यसअघि युक्रेन अधीनस्थ क्षेत्रहरूमा निर्वाचन गराएको छ । किएभ र पश्चिमी मुलुकहरूले घोषित मतदानलाई अमान्य भनेका थिए । मस्कोले सेप्टेम्बरमा चार युक्रेनी क्षेत्रमा स्थानीय अधिकारीहरूका लागि निर्वाचन गराएको थियो ।
एक वर्षअघि उसले ती क्षेत्रमा कब्जा गर्नका लागि ‘जनमत सङ्ग्रह’ गरेको थियो । दुवै निर्वाचनको किएभ र पश्चिमी मुलुकहरूले निन्दा गरेका थिए । रुसले सन् २०१४ मा एकतर्फी तरिकाले युक्रेनबाट क्रिमिया प्रायद्वीपमाथि कब्जा गरेको थियो । सोही समयदेखि त्यहाँ निर्वाचन हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: