Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

याैन चाहना बढी हुनु पनि कुनै रोग हो ?

खबरडबली संवाददाता

काठमाडाैं । यौनचाहना हामीलाई प्रकृतिले दिएको एउटा विशेषता हो र सबै स्वास्थ्य व्यक्तिमा यौनचाहना हुन्छ । यो हाम्रो वंश निरन्तरताका लागि पनि आवश्यक छ । यौनसम्बन्धी हाम्रा चासो तथा चाहनाहरू मस्तिष्कबाट सुरु हुन्छन् ।

मस्तिष्कको हाईपोथलामस गक भनिने सानो अङ्गले यौनसम्पर्क राख्ने जस्ता आधारभूत व्यग्रता उत्पन्न गर्छ भने अर्को अङ्ग सिरेब्रल कोर्टेक्सले हामीले सिकेका कुरा तथा अनुभवहरू अभिलेख राख्ने कार्य गर्छ । यौन संवेदनशीलतासम्बन्धी कुराहरू पनि यही भागबाट सञ्चालित हुन्छन् । यौनेच्छालाई प्रभावित तुल्याउने हार्मोनहरूको उत्पादन तथा सञ्चालनमा पनि मस्तिष्कको महत्वपूर्ण भूमिका हुन्छ ।

यी सबै कुराको संयुक्त प्रभावबाटै यौनसम्बन्धी क्रियाकलापहरू निर्देशित हुन्छन् । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एकातिर इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणाली अनि मस्तिष्कले ।

यौनेच्छा राम्रोसँग हुनुलाई त सौभाग्य नै मान्नुपर्छ । यौनचाहना पनि सबै व्यक्तिमा एकैनासको हुँदैन । कसैमा बढी हुन्छ त कसैमा कम । कुनै व्यक्तिमा यति नै यौनचाहना हुनुपर्छ भन्ने छैन । हुनुपर्नेभन्दा बढी यौनचाहना भएको स्थितिलाई एक्सिसिभ सेक्सुअल डिजायर भएको भनिन्छ, त्यसका लागि हाईपरएक्टीभ सेक्स वा हाईपरसेक्स युलिटी शब्द प्रयोग गरिन्छ ।

यस्तो स्थिति चिकित्सकीय दृष्टिकोणले ध्यान दिनुपर्ने गरी बढी नै भएको हुनुपर्छ । यद्यपि कति यौनचाहनालाई बढी भन्ने कुरामा अझै पनि विवाद छ । कुनै व्यक्तिले सामान्य मानेको यौन चाहनालाई अर्को व्यक्तिले कम वा बढी मान्न सक्छ ।

यस्तो किन हुन्छ, यकिनका साथ भन्न सजिलो छैन । के कति कारणले कुनै व्यक्तिमा अत्यधिक यौनेच्छा जागृत हुन्छ भन्ने कुराको निक्र्योल गर्न गाह्रो छ । यसका मानसिक तथा शारीरिक दुवै कारण हुन सक्छन् । यसका कमै मात्र शारीरिक कारण भेटिन्छन् ।

विशेष गरेर पुरुष हार्मोन अनि यससँग सम्बन्धित मस्तिष्कको कार्यप्रणालीमा भएको कुनै गडबडी नै यस्ता कुराका कारक हुन्छन् । केही स्थितिमा यस्तो व्यवहार स्नायु प्रणालीसम्बन्धी विकारले पनि उत्पन्न हुनसक्छ । अन्य कतिपय स्थितिमा मनोवैज्ञानिक पक्ष जिम्मेवारी हुन्छन् । विशेष गरेर म्यानिक डिसअर्डर भएका व्यक्तिमा यस्तो अत्यधिक यौनेच्छा वा कामुकता देखिएको छ । कतिपय विशेषज्ञले यौन व्यवहारमा अब्सेसन वा कम्पल्सन हुनुलाई एक किसिमको मनोरोग बताएका छन् ।

यस किसिमको यौन व्यवहार व्यक्तिको मुड वा पर्सनालिटी डिसअर्डर वा अन्य भावनात्मक समस्या सामना गर्ने संयन्त्रको गडबडीका कारण पनि उत्पन्न हुन्छ भनिन्छ ।

कसैको दैनिक सामाजिक जीवन नै बिग्रने वा तनावपूर्ण हुने गरी यौन व्यवहार देखिन थालेको स्थितिमा भने यौनचाहना बढी भएको स्थिति भन्न सकिन्छ । यौनेच्छा शान्त पार्न यौनजोडीलाई नै धोका दिएर अर्को व्यक्तिसँग यौन सम्पर्क राख्ने, देहव्यापार अनि अश्लील सामग्रीमा खर्च गर्ने मात्र होईन, आफ्नो जीविकोपार्जनका लागि संलग्न कार्यमा ध्यान नदिने वा काम छोड्ने व्यवहार प्रदर्शन भए समस्या सिर्जना हुन्छ ।

उत्तेजना बढेपछि यौन क्रियाकलापमा संलग्न नभैनहुने बाध्यात्मक स्थिति अनुभव गर्नु असामान्य रूपमा यौन चाहना बढी अर्थात् अति कामुकताको एउटा महत्वपूर्ण लक्षण हो । यस्तो स्थितिमा आत्मनियन्त्रणका प्रयास सफल हुँदैनन् ।

आफूले चाहेर पनि आफ्नो यौन व्यवहारलाई नियन्त्रण गर्न नसक्ने भए वा यस्तो व्यवहारले परिवार वा साथीसंगतीसँगका सम्बन्धलाई नकारात्मक प्रभाव पार्न थाले वा कार्यालय वा व्यवसायको काम वा दैनिकी नै प्रभावित भए वा जहिले पनि विशेष गरेर आफूले नचाहेको बेलामा पनि यौनसम्बन्धी कुरा मात्र दिमागमा निरन्तर रूपमा आइरहे विशेषज्ञको सहयोगको नलिई नहुने भएछ भनेर बुझ्नुपर्छ ।

पहिलो कुरा त आफूमा असामान्य यौनचाहना छरछैन पक्का गर्नुपर्छ । यदि अत्यधिक यौन चाहना भएकै हो भने उपचारका लागि पहल गर्नुपर्छ । यसको कारण शारीरिक वा मानसिक दुवै हुने भएकाले त्यसको पहिचान गर्नुपर्छ । लज्जा, भय र असजिलोपनका कारणले यस्तो समस्या समाधानका लागि पहल नगर्ने स्थिति हुन सक्छ ।

उपचारका लागि बानी–बेहोरा परिवर्तन गर्ने विधिहरू फाइदाजनक हुन्छन् । त्यसैगरी साइकोथेरापी वा औषधीको प्रयोगबाट यसलाई केही कम गर्न सकिन्छ । केही मनोस्थितिसम्बन्धी खराबीमा औषधी दिन सकिन्छ । हामीलाई थाहै छ टेस्टेस्टेरोन हार्मोन नै यौनेच्छालाई निर्देशित गर्ने प्रमुख तत्व मानिन्छ । कतिपय स्थिति जसमा विशेष गरेर उत्तेजना गर्ने हार्मोन बढी हुनु यसको कारण हुन सक्छ । त्यसलाई रोक्ने किसिमका औषधी खान सकिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending