Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

महिलालाई शिक्षामा प्रतिबन्ध लगाउनु गलत भएको तालिबानी मन्त्रीद्धारा स्विकारोक्ति

खबरडबली संवाददाता

काठमाडाैं । महिलामाथि सबै प्रकारका प्रतिबन्ध लगाउने तालिबानले आफ्नो गल्ती महसुस गरेको छ । अफगानिस्तानमा तालिबानद्वारा नियुक्त उप विदेशमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाइले तालिबानबाट मानिसहरू टाढा हुदैँ जानुको मुख्य कारण महिला शिक्षामा निरन्तर प्रतिबन्ध रहेको बताएका छन्।

एक कार्यक्रममा बोल्दै उप परराष्ट्रमन्त्रीले कक्षा ६ देखि छात्राका लागि विद्यालय पुनः खोल्ने महत्वमा जोड दिँदै ज्ञानविना समाजमा उज्यालो हुन नसक्ने बताए । 

समाचार अनुसार तालिवानको सीमा तथा जनजातीय मामिला मन्त्रालयले शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूको स्नातकको उपलक्ष्यमा समारोह आयोजना गरेको थियो। सो कार्यक्रममा स्टानिकजाईले शिक्षा सबैको अधिकार भएको बताए । ‘अल्लाह र पैगम्बरले दिएको यो प्राकृतिक अधिकार हो, यो अधिकार उनीहरूबाट कसैले कसरी खोस्न सक्छ ? यदि कसैले यो अधिकार हनन गर्छ भने त्यो अफगान र यहाँका जनतामाथिको अत्याचार हो,’ उनले  भने । 

उनले अगाडी भने, ‘शिक्षा संस्थाका ढोका सबैका लागि खोल्न पहल गरिनुपर्छ। छिमेकी र विश्वसँग आज हाम्रो एउटै समस्या शिक्षा हो। शिक्षाको समस्याले गर्दा मान्छेहरू हामीबाट टाढा सर्दैछन् र हामीसँग रिसाउँदै छन् भने त्यो शिक्षाकै कारण हो ।’

तालिबानद्वारा नियुक्त सीमा तथा जनजाति मामिलाका कार्यवाहक मन्त्री नुरुल्लाह नूरीले शिक्षाको पहुँच नभएका दुर्गम क्षेत्रमा बस्ने युवाहरूलाई विद्यालयमा भर्ना गरिएको बताए। उनले धार्मिक र आधुनिक शिक्षामा कुनै दुरी नरहेको पनि जोड दिएका छन् ।

उल्लेखनीय छ कि अफगानिस्तानमा तालिबान सत्तामा आएपछि महिलाहरूलाई माध्यमिक विद्यालय जान प्रतिबन्ध लगाइएको थियो, त्यसपछि उनीहरूका लागि विश्वविद्यालयका ढोकाहरू बन्द गरिएका थिए।

तालिबानद्वारा नियुक्त कार्यवाहक शिक्षा मन्त्री हबिबुल्लाह आगाले हालै देशका धार्मिक विद्यालयहरूमा शिक्षाको खराब गुणस्तरको आलोचना गरेको पनि टोलो न्यूजले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकीमा गाँजा खेतीले पायो कानुनी मान्यता, औषधि र उद्योगका लागि मात्रै प्रयोग गर्न पाइने

पोखरा । गण्डकी प्रदेशले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने ऐतिहासिक कानुन पारित गरेको छ। प्रदेश सभाले बिहीबार ‘गाँजा ...

आज रातिदेखि तीन दिनसम्म वर्षाको प्रभाव, केही ठाउँमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि आगामी तीन दिनसम्म विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम व...

गोर्खा जेलब्रेककी उमा भुजेलको नेतृत्वमा विप्लव नेकपा विभाजित, नयाँ पार्टी घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि विभाजन भएको छ। पार्टीकी पूर्ववरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’ को नेतृत...

टेलिकम बिलिङ भ्रष्टाचार मुद्दामा पूर्व एमडी संगीता पहाडीसहित सबैले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्का सम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद...

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending