Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

सन्धी भएबाहेकका देशको सेनामा नेपाली भर्ना गर्ने नीति छैन : परराष्ट्रमन्त्री साउद

खबरडबली संवाददाता

काठमाडौं।  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले परम्परागत सैन्य सन्धी भएका मुलुकबाहेकका देशका सेनामा नेपालीलाई अभर्ना गर्ने सरकारको नीति नरहेको स्पष्ट पारेका छन्। 

शुक्रवार बसेको संसदीय समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले रुस युद्धमा मारिएका नेपालीको शव स्वदेश फर्काउन र सुविधा, सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि पहल भइरहेको बताए।

उनले कुनै पनि नेपाली सेनाबाट छुट्टिएर बाहिर आएमा फिर्ता गराउने काम भइरहेको पनि बताए। उनले रुस जाने र सेनामा भर्ती हुनेमध्ये अधिकांश विद्यार्थी भिसा, भिजिट भिसा र केही कामदार भिसामा गएको पाइएको बताए।

उनले जुन प्रयोजनले गएका हुन्, त्यो प्रयोजनबाहेक काम गरेको देखिएको हुनाले सरकारका तर्फबाट कन्सुलर डिपार्टमेण्टले दिने गरेर एनओसी लिनुपर्ने प्रबन्ध मिलाइएको बताए।

‘रुसमा केही नेपाली हताहत भएकोबारे रुसले हाम्रो दूतावाससँग कन्भर्सेसन गरेपछि वक्तव्य निकालिसकेका छौँ। केही परम्परागत सैन्य सन्धी भएका मुलुकबाहेक नेपालीलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति छैन। रुस-युक्रेन युद्धमा मारिएका जुन व्यक्तिहरु छन्, उनीहरुलाई नेपाल फिर्ता ल्याउन‚ पाउने सुविधा, सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि लेखि पठाइसकिएको छ‚’ उनले भने, ‘सेनामा भर्ना भएका नेपालीहरु कति संख्यामा छन्, उनीहरुलाई नेपाल फर्काउन आग्रह गरिसकेका छौँ। डिटेल हेर्दा विद्यार्थी भिसामा, भिजिट भिसामा र केही कामदार भिसामा गएको पाइएको छ।’

मन्त्री साउदले रुसी सेनामा भर्ना भएकाहरुलाई फर्काउन रुस सरकारका अधिकारीहरुसँग कुराकानी गरेको बताए।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending