Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

रुसमा मारिएका परिवारको याचना- अन्तिम पटक छोराको मुख हेर्न पाए हुन्थ्यो, अस्तु भए पनि ल्याइदेऊ

खबरडबली संवाददाता

काठमाडौं । रुसी सेनामा भर्ती भएका छोरा रूपक कार्कीले ज्यान गुमाएको चार महिना बितिसक्दा पनि आमा लक्ष्मी छोराको शव पाइने हो कि होइन भन्ने दिक्दारीमा परेकी छन्।

एक महिना अघिमात्र छोराको निधन भएको खबर पाएकी उनले आफ्ना आफन्त तथा आगन्तुकसामु भन्ने गर्छिन्, ‘‘सकेसम्म छोराको मुख हेर्न पाए हुन्थ्यो, नभए अस्तु भए पनि ल्याइदिए काजक्रिया गर्न हुन्थ्यो।’’

कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं १ का रूपक गत वर्ष जेठ महिनामा विद्यार्थी भिसामा मस्को पुगेका थिए। रूपकका परिवारका अनुसार उनले केही समय होटलमा काम गरेका थिए।

रूपककी काकी पूजा कार्कीका अनुसार उनको झन्डै चार महिनादेखि घरमा फोन सम्पर्क भएको थिएन। उनले भनिन्,‘‘एकाएक एक महिना अघि छोरा बितेको खबर आयो, अहिले शव नआउला कि भन्ने चिन्तामा जलेका छौँ। सग्लो शव ल्याउन सकिने अवस्थामा छ कि छैन, आधिकारिक जानकारी पनि छैन।’’

सरकारी निकायले आधिकारिक जानकारी नगराए पनि रूपकसँगै घाइते भएका अन्य साथीहरूले भने मृत्यु भएको लामो समय बितिसकेकाले शव प्राप्त गर्न ‘मुस्किल पर्ने’ बताएको परिवारले बताएका छन्।

रुसी फौजमै भर्ती भएको केही दिनमै ज्यान गुमाएको भनिएका पोखराका २६ वर्षीय देवान राईको परिवार पनि अहिले शोकमग्न छ र रूपकको परिवारकै जस्तो अन्योलमा छ।

ऋण गरेर गत वर्ष कार्तिकमा अध्ययनका लागि रुस गएका छोराको मृत्यु भएको दुई महिना बितिसक्दा पनि शव प्राप्त गर्ने विषयमा अझै आश्वस्त हुन नसकिएको देवान राईका बुबा धनराजले बताए।

‘‘बल्लतल्ल ऋण गरेर छोरालाई पढ्न पठायौँ तर अहिले शव ल्याउन सात आठ लाख रूपैयाँसम्म खर्च गर्नुपर्छ भन्छन्। त्यत्रो पैसा जुटाउन सक्ने अवस्थामा हामी छैनौँ,’’ राईले भने।

छोराको शोकमा आँशु समेत सुकिसकेको बताउने राईले भने, ‘छोराले कमाएर ल्याउँछु र भविष्य राम्रो हुन्छ भन्थ्यो तर अहिले शव ल्याउन समेत खर्च छैन।’’

कपिलवस्तुका चौबीस वर्षीय रूपक पनि घरजग्गा ब्याङ्कमा राखेर रूस पुगेको परिवारले जनाएको छ। दुबै परिवारका सदस्यहरू आफ्ना छोराहरू रूसको रक्षा मन्त्रालयसँग सहमति गरी युक्रेन युद्धमा भाग लिएकाले उनीहरूको शव नेपाल ल्याउने जिम्मा उनीहरूले नै लिनुपर्छ भन्ने ठान्छन्।

परराष्ट्र मन्त्रालयले रुसको तर्फबाट युक्रेन युद्धमा लड्ने क्रममा मारिएका नेपालीको शव यथाशीघ्र नेपाल पठाउन रुसलाई अनुरोध गरिएको जानकारी गराएको छ।

मन्त्रालय अन्तर्गतको कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेलले भने, ‘‘नेपालको पक्षबाट रुससँग कुरा भइरहेको छ। तर रुसी पक्षबाट त्यसबारे ठोस प्रगति भएको छैन।’’

तर शव ल्याउन ठूलो खर्च लाग्ने हुनाले शवको फोटो र अस्तु ल्याएर परिवारजनलाई हस्तान्तरण गर्न सकिने विकल्पमा समेत कुराकानी भएको दूतावास तथा मातहतको कन्सुलर विभागका अधिकारीसँग पीडित परिवारको कुराकानी भएको बुझिएको छ।

मन्त्रालय तथा कन्सुलर विभागसँग समन्वय गरिरहेकी रूपककी काकी भन्छिन्, ‘‘हामीले रूपकलाई एक पटक भए पनि हेर्न त चाहन्छौँ तर रूपकको शव छ कि छैन, ल्याउन मिल्ने अवस्थामा छ कि छैन? शव भए ल्याइदिने कसले हो, कसैले आधिकारिक जवाफ नै दिँदैन।’’

युक्रेनमा जारी युद्धमाझ रुसको पक्षबाट लड्ने क्रममा मारिएका छ जना नेपालीमध्ये केहीको मृत्यु गत असारमै भएको बताइएको थियो।

मृतकमध्येको एकको परिवारलाई दूतावासले 'मृतक नेपालीको शव रुस आफैँले गाडिसकेको जानकारी गराएको' परिचय उल्लेख गर्न नचाहने मृतकका एक परिवारले जनाएको छ।

'गाडिइसकेको शव एक वर्षसम्म उत्खनन गर्न नमिल्ने जानकारी रुसी पक्षले आफूहरूलाई गराएको उल्लेख गर्दै दूतावासले उक्त परिवारलाई अर्को वर्ष मृतकको अवशेष उत्खनन गरेर पठाउनेबारे पहल गर्न सकिने आश्वासन दिएको' परिवारका एक सदस्यले बीबीसीलाई जानकारी दिए।

पोखराका देवान राईका बुबा धनराज राईले पनि छोरो फर्केर नआए पनि अनुहार हेर्ने इच्छा बाँकी रहेको बताउँछन्।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले कतिपय शवहरू 'क्षत विक्षत भएको हुनसक्ने र त्यस्तो शव ल्याउँदा परिवारलाई समेत विचलित बनाउन सक्नेबारे पनि आफूहरूले परामर्श गरिरहेको' बताए।

रुसी सेनामा भर्ती भएका नेपालीहरूको सङ्ख्याको यकिन अभिलेख उपलब्ध छैन। तर मृतकको शव नेपाल पठाउन भइरहेका पहल र रुसी सेनामा भर्ती भएका नेपालीहरूको सङ्ख्याबारे थप जानकारी तथा जबाफको प्रतीक्षा भइरहेको छ।

गत सोमवार सार्वजनिक गरिएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा क्षतिपूर्तिका लागि पनि रुसलाई अनुरोध गरिएको उल्लेख छ। तर मारिएकाहरूको परिवारजनका निम्ति क्षतिपूर्ति दिलाउने आश्वासनभन्दा पहिला शव वा अस्तु ल्याइदिए काजक्रिया गर्न सकिने चासो छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending