Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

रुसमा मारिएका परिवारको याचना- अन्तिम पटक छोराको मुख हेर्न पाए हुन्थ्यो, अस्तु भए पनि ल्याइदेऊ

खबरडबली संवाददाता

काठमाडौं । रुसी सेनामा भर्ती भएका छोरा रूपक कार्कीले ज्यान गुमाएको चार महिना बितिसक्दा पनि आमा लक्ष्मी छोराको शव पाइने हो कि होइन भन्ने दिक्दारीमा परेकी छन्।

एक महिना अघिमात्र छोराको निधन भएको खबर पाएकी उनले आफ्ना आफन्त तथा आगन्तुकसामु भन्ने गर्छिन्, ‘‘सकेसम्म छोराको मुख हेर्न पाए हुन्थ्यो, नभए अस्तु भए पनि ल्याइदिए काजक्रिया गर्न हुन्थ्यो।’’

कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं १ का रूपक गत वर्ष जेठ महिनामा विद्यार्थी भिसामा मस्को पुगेका थिए। रूपकका परिवारका अनुसार उनले केही समय होटलमा काम गरेका थिए।

रूपककी काकी पूजा कार्कीका अनुसार उनको झन्डै चार महिनादेखि घरमा फोन सम्पर्क भएको थिएन। उनले भनिन्,‘‘एकाएक एक महिना अघि छोरा बितेको खबर आयो, अहिले शव नआउला कि भन्ने चिन्तामा जलेका छौँ। सग्लो शव ल्याउन सकिने अवस्थामा छ कि छैन, आधिकारिक जानकारी पनि छैन।’’

सरकारी निकायले आधिकारिक जानकारी नगराए पनि रूपकसँगै घाइते भएका अन्य साथीहरूले भने मृत्यु भएको लामो समय बितिसकेकाले शव प्राप्त गर्न ‘मुस्किल पर्ने’ बताएको परिवारले बताएका छन्।

रुसी फौजमै भर्ती भएको केही दिनमै ज्यान गुमाएको भनिएका पोखराका २६ वर्षीय देवान राईको परिवार पनि अहिले शोकमग्न छ र रूपकको परिवारकै जस्तो अन्योलमा छ।

ऋण गरेर गत वर्ष कार्तिकमा अध्ययनका लागि रुस गएका छोराको मृत्यु भएको दुई महिना बितिसक्दा पनि शव प्राप्त गर्ने विषयमा अझै आश्वस्त हुन नसकिएको देवान राईका बुबा धनराजले बताए।

‘‘बल्लतल्ल ऋण गरेर छोरालाई पढ्न पठायौँ तर अहिले शव ल्याउन सात आठ लाख रूपैयाँसम्म खर्च गर्नुपर्छ भन्छन्। त्यत्रो पैसा जुटाउन सक्ने अवस्थामा हामी छैनौँ,’’ राईले भने।

छोराको शोकमा आँशु समेत सुकिसकेको बताउने राईले भने, ‘छोराले कमाएर ल्याउँछु र भविष्य राम्रो हुन्छ भन्थ्यो तर अहिले शव ल्याउन समेत खर्च छैन।’’

कपिलवस्तुका चौबीस वर्षीय रूपक पनि घरजग्गा ब्याङ्कमा राखेर रूस पुगेको परिवारले जनाएको छ। दुबै परिवारका सदस्यहरू आफ्ना छोराहरू रूसको रक्षा मन्त्रालयसँग सहमति गरी युक्रेन युद्धमा भाग लिएकाले उनीहरूको शव नेपाल ल्याउने जिम्मा उनीहरूले नै लिनुपर्छ भन्ने ठान्छन्।

परराष्ट्र मन्त्रालयले रुसको तर्फबाट युक्रेन युद्धमा लड्ने क्रममा मारिएका नेपालीको शव यथाशीघ्र नेपाल पठाउन रुसलाई अनुरोध गरिएको जानकारी गराएको छ।

मन्त्रालय अन्तर्गतको कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेलले भने, ‘‘नेपालको पक्षबाट रुससँग कुरा भइरहेको छ। तर रुसी पक्षबाट त्यसबारे ठोस प्रगति भएको छैन।’’

तर शव ल्याउन ठूलो खर्च लाग्ने हुनाले शवको फोटो र अस्तु ल्याएर परिवारजनलाई हस्तान्तरण गर्न सकिने विकल्पमा समेत कुराकानी भएको दूतावास तथा मातहतको कन्सुलर विभागका अधिकारीसँग पीडित परिवारको कुराकानी भएको बुझिएको छ।

मन्त्रालय तथा कन्सुलर विभागसँग समन्वय गरिरहेकी रूपककी काकी भन्छिन्, ‘‘हामीले रूपकलाई एक पटक भए पनि हेर्न त चाहन्छौँ तर रूपकको शव छ कि छैन, ल्याउन मिल्ने अवस्थामा छ कि छैन? शव भए ल्याइदिने कसले हो, कसैले आधिकारिक जवाफ नै दिँदैन।’’

युक्रेनमा जारी युद्धमाझ रुसको पक्षबाट लड्ने क्रममा मारिएका छ जना नेपालीमध्ये केहीको मृत्यु गत असारमै भएको बताइएको थियो।

मृतकमध्येको एकको परिवारलाई दूतावासले 'मृतक नेपालीको शव रुस आफैँले गाडिसकेको जानकारी गराएको' परिचय उल्लेख गर्न नचाहने मृतकका एक परिवारले जनाएको छ।

'गाडिइसकेको शव एक वर्षसम्म उत्खनन गर्न नमिल्ने जानकारी रुसी पक्षले आफूहरूलाई गराएको उल्लेख गर्दै दूतावासले उक्त परिवारलाई अर्को वर्ष मृतकको अवशेष उत्खनन गरेर पठाउनेबारे पहल गर्न सकिने आश्वासन दिएको' परिवारका एक सदस्यले बीबीसीलाई जानकारी दिए।

पोखराका देवान राईका बुबा धनराज राईले पनि छोरो फर्केर नआए पनि अनुहार हेर्ने इच्छा बाँकी रहेको बताउँछन्।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले कतिपय शवहरू 'क्षत विक्षत भएको हुनसक्ने र त्यस्तो शव ल्याउँदा परिवारलाई समेत विचलित बनाउन सक्नेबारे पनि आफूहरूले परामर्श गरिरहेको' बताए।

रुसी सेनामा भर्ती भएका नेपालीहरूको सङ्ख्याको यकिन अभिलेख उपलब्ध छैन। तर मृतकको शव नेपाल पठाउन भइरहेका पहल र रुसी सेनामा भर्ती भएका नेपालीहरूको सङ्ख्याबारे थप जानकारी तथा जबाफको प्रतीक्षा भइरहेको छ।

गत सोमवार सार्वजनिक गरिएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा क्षतिपूर्तिका लागि पनि रुसलाई अनुरोध गरिएको उल्लेख छ। तर मारिएकाहरूको परिवारजनका निम्ति क्षतिपूर्ति दिलाउने आश्वासनभन्दा पहिला शव वा अस्तु ल्याइदिए काजक्रिया गर्न सकिने चासो छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending