काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब एक महिनाअघि बनाउनुभएको त्रिविको उपकुलपति छान्ने समितिको अझै अत्तोपत्तो छैन ।
सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा शिक्षासचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा. चन्द्रकला घिमिरे कुलको ३ सदस्यीय छानबिन समितिले हालसम्म कुनै प्रक्रिया अघि बढेको छैन ।
अस्वस्थताको कारण मन्त्री राई मन्त्री क्वाटरमै बसेर काम गरिरहेका छन् भने सचिव अधिकारी तान्जानिया भ्रमणमा छन् । मन्त्री राईलाई सन्चो नभएको र कुलपतिले चासो नदिएका कारण उपकुलपति छनौट कमिटिको बैठक अनिश्चित प्रायः भएको मन्त्रालय स्रोतको भनाइ छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले त्रिवि उपकुलपति छनौट समिति बने पनि हालसम्म प्रक्रिया अघि बढ्न नसकेको उल्लेख गर्दै भने– ‘प्रक्रिया शुरू गर्ने तरखरमा छ, केही दिनमा अघि बढ्ला ।’
त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएको थियोे । कात्तिक १९ गते कुलपतिले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष प्राडा शिवलाल भुषाललाई उपकुलपतिको जिम्मेवारी दिएका थिए ।
त्रिवि ऐनअनुसार बढीमा तीन महिनाका लागि उपकुलपति नियुक्ति गर्ने सकिने प्रावधान अनुसार प्राडा भुषाललाई जिम्मेवारी दिइएको हो । भुषालले कार्यभार सम्हालेको एक महिना पुगिसकेको छ, उपकुलपति कहिले नियुक्ति हुन्छ भन्ने विषयमा कसैलाई जानकारी छैन । यसैबीच उपकुलपतिको लिगलिगे दौडमा एक जनाबाहेक सबै त्रिविकै पूर्व पदाधिकारीहरू लागि परेका छन् ।
त्रिविका पूर्व राजिस्ट्रार एवं राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, पूर्वउपकुलपति प्राडा तीर्थराज खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा लेखनाथ पौडेल र त्रिविका पूर्व शिक्षाध्यक्ष गुणनीधि न्यौपाने उपकुलपतिको दौडमा छन् । उपकुलपतिमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समेत चासो देखाएको स्रोतको भनाइ छ । उनले भित्रभित्रै कुलपतिसमक्ष आफू उपकुलपति हुन आयोगबाट राजीनामा गर्न तयार रहेको बताउने गरेको स्रोतको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - ०९:२७
काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...
चैत्र ८ गते, २०८२ - ०९:२१
झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...
चैत्र ८ गते, २०८२ - ०९:१६
पाल्पा । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...
चैत्र ८ गते, २०८२ - ०८:११
काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...
चैत्र ८ गते, २०८२ - ०८:०८
काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...
चैत्र ८ गते, २०८२ - ०८:०२
काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ । निर्वा...
चैत्र ८ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ। यसअ...
चैत्र ८ गते, २०८२ - ०७:४८
बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...
चैत्र ८ गते, २०८२ - ०७:४६
भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...
चैत्र ८ गते, २०८२ - ०७:४२
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ । साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...


प्रतिकृया लेख्नुहोस्: