काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब एक महिनाअघि बनाउनुभएको त्रिविको उपकुलपति छान्ने समितिको अझै अत्तोपत्तो छैन ।
सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा शिक्षासचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा. चन्द्रकला घिमिरे कुलको ३ सदस्यीय छानबिन समितिले हालसम्म कुनै प्रक्रिया अघि बढेको छैन ।
अस्वस्थताको कारण मन्त्री राई मन्त्री क्वाटरमै बसेर काम गरिरहेका छन् भने सचिव अधिकारी तान्जानिया भ्रमणमा छन् । मन्त्री राईलाई सन्चो नभएको र कुलपतिले चासो नदिएका कारण उपकुलपति छनौट कमिटिको बैठक अनिश्चित प्रायः भएको मन्त्रालय स्रोतको भनाइ छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले त्रिवि उपकुलपति छनौट समिति बने पनि हालसम्म प्रक्रिया अघि बढ्न नसकेको उल्लेख गर्दै भने– ‘प्रक्रिया शुरू गर्ने तरखरमा छ, केही दिनमा अघि बढ्ला ।’
त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएको थियोे । कात्तिक १९ गते कुलपतिले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष प्राडा शिवलाल भुषाललाई उपकुलपतिको जिम्मेवारी दिएका थिए ।
त्रिवि ऐनअनुसार बढीमा तीन महिनाका लागि उपकुलपति नियुक्ति गर्ने सकिने प्रावधान अनुसार प्राडा भुषाललाई जिम्मेवारी दिइएको हो । भुषालले कार्यभार सम्हालेको एक महिना पुगिसकेको छ, उपकुलपति कहिले नियुक्ति हुन्छ भन्ने विषयमा कसैलाई जानकारी छैन । यसैबीच उपकुलपतिको लिगलिगे दौडमा एक जनाबाहेक सबै त्रिविकै पूर्व पदाधिकारीहरू लागि परेका छन् ।
त्रिविका पूर्व राजिस्ट्रार एवं राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, पूर्वउपकुलपति प्राडा तीर्थराज खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा लेखनाथ पौडेल र त्रिविका पूर्व शिक्षाध्यक्ष गुणनीधि न्यौपाने उपकुलपतिको दौडमा छन् । उपकुलपतिमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समेत चासो देखाएको स्रोतको भनाइ छ । उनले भित्रभित्रै कुलपतिसमक्ष आफू उपकुलपति हुन आयोगबाट राजीनामा गर्न तयार रहेको बताउने गरेको स्रोतको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: