काठमाडौँ । कपाल झर्ने समस्या नभएको व्यक्ति पाउन अहिले निकै मुस्किल छ । समस्या कपाल झर्नेसँग मात्रै सम्बन्धित छैन । हिजोआज कम उमेरकै युवायुवतीहरूमा समेत कपाल झर्ने समस्या व्याप्त छ । विशेष गरी युवा पुरुषहरूमा कपाल झरेर तालु खुइलिने समस्या बढिरहेको छ ।
यो समस्या हटाउने उपाय भनेको कपाल प्रत्यारोपण हो । यसमा व्यक्तिको टाउकोमा अन्य हिस्साको कपाललाई झिकेर टाउकोमा कपाल नउम्रिएको ठाउँमा प्रत्यारोण गरिन्छ । यो लोकप्रिय तरिका हो रित्तो टाउकोमा कपाल उमार्ने । तर यसको पनि आफ्नै जोखिम छ ।
यसैबिच इरानको इरान युनिभर्सिटी अफ मेडिकल साइन्सेजले गरेको एउटा अनुसन्धानमा तालुको रिक्तपन हटाउनका लागि नयाँ तरिका ल्याएको छ । यसमा भने व्यक्तिको शरीरबाट निकालिएको फ्याटी टिस्यूमार्फत फेरि कपाल उमार्न सकिने यो अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको दाबी थियो ।
अधिकांश पुरुषहरूमा टाउकोको कपाल झर्ने ‘प्याटर्न’ एउटै खालको हुन्छ । ५० वर्ष पुग्नु अगावै तालुको आधा कपाल झरिसकेको हुन्छ । कसै कसैको तालु पूरै खाली भइसक्छ । यो अनुसन्धानमा यस्तै खालको तक्लुपनको समस्याबाट पीडित चार पुरुष र पाँच महिलालाई समावेश गरिएको थियो ।
अनुसन्धानको क्रममा उनीहरूको तिघ्राबाट २० मिलिमिटर फ्याटी टिस्यूसहित झिकिएको कपाललाई तीन महिनाको अन्तरालमा तीन पटक टाउकोमा इन्जेक्ट गरिएको थियो । उपचार शुरु गरिएको ६ महिनापछि प्रत्यारोपण गरिएको कपालको मोटाइमा उल्लेख्य वृद्धि देखियो ।
यो कपाल सजिलै, छिट्टै झर्छ कि भनेर हेयर पुल–टेष्ट गरिएको थियो । यो टेस्टमा कपाल निकै कम झरेको पाइयो । यो उपचार पद्धतिले कपाल प्रत्यारोपण गर्दा टाउकोभित्र सुन्निने अवस्थालाई नियन्त्रण गर्न सक्ने अनि यसले कपालको घनत्व र मोटाई बढ्न सक्ने बताइएको छ ।
फ्याटी टिस्यूसहित प्रत्यारोपण गरिने भएकोले कपाल फेरि उम्रन सक्ने पनि बताइएको छ । यो अनुसन्धानको प्रतिवेदन जर्नल अफ कस्मेटिक डर्मेटोलोजीमा प्रकाशित भइसकेको छ । यसमा हेयर ट्रान्सप्लान्टदेखि माइक्रोनिडल्सको प्रयोगसम्मको विद्यमान उपचारको वर्णन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - ०९:४८
सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...
श्रावण १८ गते, २०८३ - ०९:४५
झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...
श्रावण १८ गते, २०८३ - ०९:३७
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...
श्रावण १८ गते, २०८३ - ०९:३१
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...
श्रावण १८ गते, २०८३ - ०९:२२
विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...
श्रावण १८ गते, २०८३ - ०९:२०
विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...
श्रावण १८ गते, २०८३ - ०९:१४
काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...
श्रावण १८ गते, २०८३ - ०९:११
भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...
श्रावण १७ गते, २०८३ - २३:५२
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...



प्रतिकृया लेख्नुहोस्: