Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

तपाईँको तालु खाली भए कपाल उमार्ने नयाँ तरिका

खबरडबली संवाददाता

काठमाडौँ । कपाल झर्ने समस्या नभएको व्यक्ति पाउन अहिले निकै मुस्किल छ । समस्या कपाल झर्नेसँग मात्रै सम्बन्धित छैन । हिजोआज कम उमेरकै युवायुवतीहरूमा समेत कपाल झर्ने समस्या व्याप्त छ । विशेष गरी युवा पुरुषहरूमा कपाल झरेर तालु खुइलिने समस्या बढिरहेको छ । 

यो समस्या हटाउने उपाय भनेको कपाल प्रत्यारोपण हो । यसमा व्यक्तिको टाउकोमा अन्य हिस्साको कपाललाई झिकेर टाउकोमा कपाल नउम्रिएको ठाउँमा प्रत्यारोण गरिन्छ । यो लोकप्रिय तरिका हो रित्तो टाउकोमा कपाल उमार्ने । तर यसको पनि आफ्नै जोखिम छ । 

यसैबिच इरानको इरान युनिभर्सिटी अफ मेडिकल साइन्सेजले  गरेको एउटा अनुसन्धानमा तालुको रिक्तपन हटाउनका लागि नयाँ तरिका ल्याएको छ । यसमा भने व्यक्तिको शरीरबाट निकालिएको फ्याटी टिस्यूमार्फत फेरि कपाल उमार्न सकिने यो अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको दाबी थियो ।

अधिकांश पुरुषहरूमा टाउकोको कपाल झर्ने ‘प्याटर्न’ एउटै खालको हुन्छ । ५० वर्ष पुग्नु अगावै तालुको आधा कपाल झरिसकेको हुन्छ । कसै कसैको तालु पूरै खाली भइसक्छ । यो अनुसन्धानमा यस्तै खालको तक्लुपनको समस्याबाट पीडित चार पुरुष र पाँच महिलालाई समावेश गरिएको थियो ।

अनुसन्धानको क्रममा उनीहरूको तिघ्राबाट २० मिलिमिटर फ्याटी टिस्यूसहित झिकिएको कपाललाई तीन महिनाको अन्तरालमा तीन पटक टाउकोमा इन्जेक्ट गरिएको थियो । उपचार शुरु गरिएको ६ महिनापछि प्रत्यारोपण गरिएको कपालको मोटाइमा उल्लेख्य वृद्धि देखियो ।

यो कपाल सजिलै, छिट्टै झर्छ कि भनेर हेयर पुल–टेष्ट गरिएको थियो । यो टेस्टमा कपाल निकै कम झरेको पाइयो । यो उपचार पद्धतिले कपाल प्रत्यारोपण गर्दा टाउकोभित्र सुन्निने अवस्थालाई नियन्त्रण गर्न सक्ने अनि यसले कपालको घनत्व र मोटाई बढ्न सक्ने बताइएको छ ।

फ्याटी टिस्यूसहित प्रत्यारोपण गरिने भएकोले कपाल फेरि उम्रन सक्ने पनि बताइएको छ । यो अनुसन्धानको प्रतिवेदन जर्नल अफ कस्मेटिक डर्मेटोलोजीमा प्रकाशित भइसकेको छ । यसमा हेयर ट्रान्सप्लान्टदेखि माइक्रोनिडल्सको प्रयोगसम्मको विद्यमान उपचारको वर्णन गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका-४ काहाल...

एकीकरणमा जाने सहकारीका लागि विशेष प्याकेज ल्याउन नेफ्स्कूनको माग

काठमाडाैं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा मंगलबारदेखि जारी लेखा सुपरीवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी १२ बुँदे...

कालीकोटमा पशुपालन गर्ने किसानलाई गोठालो भत्ता

कालीकोट । कालीकोट  जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपा...

अभिनेता सलोन र करिश्मालाई पुत्रीलाभ

काठमाडौं । अभिनेता सलोन बस्नेत र पत्नी करिश्मालाई सन्तान लाभ भएको छ । बुधबार बिहान मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिएकी हुन् । अहिले आमा...

सहकारीले बैंकहरुले जस्तै मार्गदर्शन पालना गर्नुको विकल्प छैनः कार्यकारी निर्देशक नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारी संघ संस्थाहरु बेलगामको घोडा जस्तै आफु अनुकुल चलेकाले समस्या आएको बताएका ...

त्रिभुवन विमानस्थलमा भल पस्दा यात्रुलाई सास्ती

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भल पसेको छ । बुधबार दिउँसो आन्तरिक टर्मिनलको यात्रु प्रस्थान गर्ने प्रवेशद्वारमा भल पसेको हो । दुई भव...

ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उ...

गायक प्रकाश कटवालद्धारा राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा उम्मेदवारी

काठमाडौं ।  राष्ट्रिय संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मुलुकका २० हजार भन्दा बढी कलाकारह...

सहकारीको स्थायित्वका लागि लेखा सुपरीवेक्षण समिति बलियो हुनुपर्छः एरिक ओ हर्न

काठमाडौं । विश्व ऋण परिषद्की सल्लाहकार तथा इन्टरनेश्नल एडभोकेसी एण्ड रेगुलेटरी काउन्सेल एरिक ओ हर्नले सहकारी संस्थाको दीगोपनाका लागि संस्थाको लेखा सुप...

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

काठमाडौं । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies