Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज

खबरडबली संवाददाता

सङ्खुवासभा । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट यहाँका गर्भवती र सुत्केरीको उद्धारमा सहज भएको छ । गम्भीर समस्यामा परेका गर्भवती र सुत्केरीको समयमै हेलिकोप्टरमार्फत हुने उद्धारले धेरैको ज्यान जोगिएको छ ।

भौगोलिक विकटताका कारण बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको प्रसूति सेवा पर्याप्त छैन । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधार अभावमा दुर्गममा भरपर्दो प्रसूति सेवा पनि छैन । यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार सहज हुँदैन । 

जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम प्रभावकारी देखिएको पब्लिक हेल्थ नर्स अधिकृत भवानी तिम्सिनाको भनाइ छ । गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्धार कार्यक्रम अन्तर्गत २०७७ सालदेखि हालसम्म १६ जना सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको पब्लिक हेल्थ नर्स अधिकृत तिम्सिनाले बताए । समयमै हवाई उद्धार भएकाले सुत्केरी, गर्भवती र नवजात शिशु अकालमै मृत्यु हुनबाट जोगिएको उनको भनाइ छ । 

साउनयता मात्र छ गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको छ हवाई उद्धार कार्यक्रम अन्तर्गत भोटखोलाबाट चार जना, सिलिचोङबाट तीन जना, मकालुबाट दुईजना, सभापखेरी गाउँपालिकाबाट एक जना र खाँदबारी नगरपालिकाका पाँचजना र पाँचखपनबाट एकको उद्दार गरिएको छ । उद्धार गरिएका महिला तथा सुत्केरी १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किएभमा रूसी आक्रमण, ३० जनाको मृत्यु

युक्रेन। युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या कम्तिमा ३० जना पुगेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले र...

द्वन्द्वका कारण लाखौँ लेबनानी बालबालिकाको एक शैक्षिक वर्ष नै हराउने जोखिम : युनिसेफ

बेरुत। युद्धले क्षतिग्रस्त भएका लगभग एक लाख लेबनानी बालबालिका अध्यनरत रहेका लेबनानका विद्यालय आगामी सेप्टेम्बरसम्म मर्मत नगरे उनीहरुको एउटा शैक्षिक वर...

स्रोतमै वर्गीकरण गरी फोहर व्यवस्थापन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ ।  कामपा वाताव...

कृत्रिम इन्धन अभाव गराउने पेट्रोल पम्पलाई १० लाखसम्म जरिबाना, १५ दिन आपूर्ति बन्द गरिने

काठमाडौं । बिना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरी इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कडा कारबाही गर्ने भएको छ। उद्योग, वाणि...

मोड्रिकलाई भावुक बिदाइ, प्रशिक्षकहरूबाट उच्च सम्मान

क्यानडा। क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिएको छ। पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकल...

एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।  राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...

सुन प्रतितोला सात हजार २०० र चाँदी १६५ ले बढ्यो

काठमाडौँ। स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु सात हजार २०० र चाँदीको मूल्य प्रतितोला रु १...

अल्जेरियालाई २–० ले हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। ...

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गर...

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending