कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिृकत इञ्जिनियर उमेश गुप्ताले मूलनहर अन्तर्गत २८ किलोमिटरसम्मको नहर र्निाणको अन्तिम चरणमा पुगेको बताए। “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वतर्फ केही भागमा नहर निर्माण बाँकी छ”, उनले भने, “अबको दुई/तीन महिनामा काम पूरा हुन्छ ।”
आयोजनाले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको मूलनहर निर्माणका लागि हालै करिब रु दुई अर्बको लागतमा पाँच वटा ठेक्का सम्झौता गरिसकेको गुप्ताको भनाइ छ । “कैलालीको मालाखेतीसम्म नहर निर्माणका लागि ठेक्का सम्झौता भएर अहिले ठेकेदारले काम सुरु गर्दैछन्”, उनले भने, “त्यसका लागि आवश्यक तयारीमा जुटेका छौँ ।”
उनका अनुसार भारतीय पक्षले नियमित पानी दिनका लागि संयुक्त उद्घाटन लगायतका प्रक्रियामा गृहकार्य अघि बढाएको खबर प्राप्त भएको छ । सोहीअनुसार आफूहरुले समन्वय गरिरहेको उनको भनाइ छ ।
महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको छ । आयोजनाका अन्तर्गत हाल २२ वटा शाखा नहर निर्माणका चरणमा छन् । जसमध्ये २० र २१ नम्बर शाखा नहरमा मुआब्जाको विषयले अल्झन रहेको आयोजनाले जनाएको छ । “शाखा नहरमा पर्ने जग्गाको कबिर ६०/७० प्रतिशत मुआब्जा रकम दिइसकेका छौँ”, उनले भने, “मुआब्जा दिन रकम अभाव भएपछि मन्त्रालयमा माग गरेका छौँ ।”
कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: