कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिृकत इञ्जिनियर उमेश गुप्ताले मूलनहर अन्तर्गत २८ किलोमिटरसम्मको नहर र्निाणको अन्तिम चरणमा पुगेको बताए। “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वतर्फ केही भागमा नहर निर्माण बाँकी छ”, उनले भने, “अबको दुई/तीन महिनामा काम पूरा हुन्छ ।”
आयोजनाले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको मूलनहर निर्माणका लागि हालै करिब रु दुई अर्बको लागतमा पाँच वटा ठेक्का सम्झौता गरिसकेको गुप्ताको भनाइ छ । “कैलालीको मालाखेतीसम्म नहर निर्माणका लागि ठेक्का सम्झौता भएर अहिले ठेकेदारले काम सुरु गर्दैछन्”, उनले भने, “त्यसका लागि आवश्यक तयारीमा जुटेका छौँ ।”
उनका अनुसार भारतीय पक्षले नियमित पानी दिनका लागि संयुक्त उद्घाटन लगायतका प्रक्रियामा गृहकार्य अघि बढाएको खबर प्राप्त भएको छ । सोहीअनुसार आफूहरुले समन्वय गरिरहेको उनको भनाइ छ ।
महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको छ । आयोजनाका अन्तर्गत हाल २२ वटा शाखा नहर निर्माणका चरणमा छन् । जसमध्ये २० र २१ नम्बर शाखा नहरमा मुआब्जाको विषयले अल्झन रहेको आयोजनाले जनाएको छ । “शाखा नहरमा पर्ने जग्गाको कबिर ६०/७० प्रतिशत मुआब्जा रकम दिइसकेका छौँ”, उनले भने, “मुआब्जा दिन रकम अभाव भएपछि मन्त्रालयमा माग गरेका छौँ ।”
कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १३:१३
युक्रेन। युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या कम्तिमा ३० जना पुगेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले र...
आषाढ़ १९ गते, २०८३ - १२:५३
बेरुत। युद्धले क्षतिग्रस्त भएका लगभग एक लाख लेबनानी बालबालिका अध्यनरत रहेका लेबनानका विद्यालय आगामी सेप्टेम्बरसम्म मर्मत नगरे उनीहरुको एउटा शैक्षिक वर...
आषाढ़ १९ गते, २०८३ - १२:०१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ । कामपा वाताव...
आषाढ़ १९ गते, २०८३ - ११:५३
काठमाडौं । बिना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरी इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कडा कारबाही गर्ने भएको छ। उद्योग, वाणि...
आषाढ़ १९ गते, २०८३ - ११:३५
क्यानडा। क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिएको छ। पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकल...
आषाढ़ १९ गते, २०८३ - ११:२७
मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...
आषाढ़ १९ गते, २०८३ - ११:१२
काठमाडौँ। स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु सात हजार २०० र चाँदीको मूल्य प्रतितोला रु १...
आषाढ़ १९ गते, २०८३ - १०:५२
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। ...
आषाढ़ १९ गते, २०८३ - १०:४३
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गर...
आषाढ़ १९ गते, २०८३ - १०:३६
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यक...



प्रतिकृया लेख्नुहोस्: