Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

बदमास सहकारीका कारण अविश्वास घढ्यो, विश्वास बढाउन सबै जुटौंः अभियन्ता

खबरडबली संवाददाता

काठमाडौं । नेपालका सहकारीहरुले अनुपात्दक क्षेत्रमा लगानी गर्दा विश्वसनीयता गुम्दै गएको चिन्ता व्यक्त गरेका छन् ।  हिमशिला मिडिया प्रालिले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘सहकारीको ‘पैसा कहाँ गयो ?’ विषयक एक दिने सम्मेलनमा बोल्ने वक्ताहरुले सहकारीप्रति विश्वासको वातावरण बनाउनुपर्ने औंल्याए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सहकारीको पैसा उद्यमशीलतामा जानू पर्नेमा त्यहाँ नगएको बताउँदै सहकारी क्षेत्रमा समस्या आउनुमा नियामक निकायको ठूलो कमजोरी रहेको जनाए । सजिलोसँग नाफा कमाउने सोचका कारण सहकारी क्षेत्रको पैसा अनुत्पादक क्षेत्रमा गएको बताए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रको पैसा गैरसरकारी क्षेत्रमा गएको र केही रकम घरमा थन्किएको बताए । उनले केही रकम विदेशमा पनि गएको बताए । सहकारीप्रतिको विश्वास गुमेको कारण पैसा बाहिरिएको बताउँदै अब सहकारी बचाउन सबै जुट्नुपर्ने बताए ।

‘विशेषगरी सहकारी क्षेत्रमा विश्वासको वातावरण बढाउन अभियन्ता, मिडिया र सदस्यहरु सबै जुट्नुपर्छ । सहकारीमा तरलताको अवस्थामा सिर्जना भइरहेका बेला उत्पादक क्षेत्रमा नगएको भन्दा पनि विश्वासको वातावरण बनाउनुपर्छ’,उनले भने,‘हो, यतिबेला केही  पैसा गैर सहकारी क्षेत्रमा गएको छ, केही घरमा बसेको छ, केही विदेश गएको होला तर तत्कालीन अवस्थामा विश्वासको वातावरण बनाउनतर्फ लाग्नुपर्छ ।’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमात्रै नभइ वित्तीय क्षेत्रमा नै असर रहेको बताए । यसको प्रमुख कारण केबी उप्रेतीले भने जस्तै विश्वास दिलाउन नसक्नु नै रहेको बताए । ‘विश्वास गुमेपछि अलिकति बैंकमा राखे, अलिकति घरमा लगेर राखे होलान्’ उनले भने, ‘केही बदमास सहकारीका कारण समस्या देखियो, तर सबैतिर त्यस्तो छैन ।’ उनले कार्यदलले बुझाएको प्रतिवेदनमा सहकारीका सबै समस्याहरु र समाधानका उपायहरु तयार गरेको जानकारी दिए ।

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिब गोकर्णमणि दुवाडीले सहकारीले जे उद्देश्यका लागि लगानी गर्नुपर्ने हो त्यहाँ लगानी नगर्दा समस्या देखिएको बताए । ‘गर्नुपर्ने क्षेत्रमा लगानी नगर्नु कानून अनुरुप होइन । सहकारीमा आएको पैसा कसरी आयो, के का लागि आएको हो र कहाँ लगानी भयो भन्ने विषयका बारेमा पहिले अध्ययन हुनुपर्छ,’उनले भने,‘उत्पादन र सेवाका क्षेत्रमा लगानी नहुनु सहकारीको मूल्य मान्यता होइन । संस्था आफ्नै कारणले पनि अविश्वासको वातावरण बनाइरहेका छन् । नियमन गर्ने सरकारले मात्र होइन संस्था आफैं जिम्मेवार बन्नुपर्छ ।’

कार्यक्रमका बारेमा प्रष्ट पार्दै हिमशिला मिडिया कम्पनीका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले अभियन्ता, नियमक निकाय, सरोकारवालाबीच आपसी संवाद, अन्तरक्रियाको अभाव हुँदा पनि सहकारी अभियानमा अविश्वासको वातावरण बढेको बताए । उनले सहकारी क्षेत्रका मुद्दाका विषयमा आफूहरुले नियमित वहस, छलफल र अन्तरक्रिया गर्दै संचारमाध्यमबाट आवाजहरु उठाउँदै आएको बताए । सम्मेलनको महेन्द्र भट्टराईले सहजीकरण गरेका थिए । सम्मेलनमा दर्जन बढी सहकारी सदस्य एवम अभियन्ताहरुले आफ्नो धारणा राखेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

पश्चिमी वायुको आंशिक प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ। जसका कारण सोमबार गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेश...

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending