Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

एमाले नेता ऐन महर र महिलाबीचकाे 'याैन विवाद' सामाजिक सञ्जालमा छताछुल्ल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरले एक महिलालाई गरेकेा हर्कत सामाजिक सञ्जालमा सार्वजानीक भएकाे छ । महर र एक महिला बीच भएकाे याैन संम्वन्धिकाे विवाद सार्वजानीक भएकाे हाे । 

महरलाई आफूसँग सबन्धमा रहेकी महिलाले ‘बर्बाद पार्छु’ भनेपछि ऐन महरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको देखिन्छ । सार्वजनिक अडियोमा महरले ती महिलासँग सम्बन्ध रहेको तर, आगामी दिनमा परिवारसँग मिलेर बस्न र ‘डिभोर्स’ नगर्न सुझाव दीएका छन् । 

संवादको बिचमा अडियो रेकर्ड गरेकोबारे महिलालाई शंका गरेका महरले ती महिलाले आफूलाई प्रयोग गर्न खोजेको आरोप लगाएको अडियोमा सुनिएको छ । महिलाले दुई जनाको बिचमा शारीरिक सम्पर्क भएपछि आवश्यक औषधी किन्न महरले आनाकानी गरेको भन्दै आक्रोश पोखेकी छन् ।

सो अडियोबारे आफूले सामाजिक सञ्जालबाट नै थाहा पाएको महरले बताए । उनले सार्वजनिक अडियो फेक भएको पनि दाबी गरेका छन् । उनले आफ्नाे  नाम जोडेर फेक आएको अडीयाे सञ्जालबाट थाहा पाएकाे र त्याे फेक भएकाे बताए । 

अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका महरले आफ्नो विरुद्ध लागेकाहरूले योजनाबद्ध रूपमा नक्कली अडियो बाहिर ल्याएको भन्दै कानुनी उपचारमा लाग्ने बताएका छन् ।  यतिबेला आफु पार्टीको कार्यक्रममा डडेलधुरामा व्यस्त रहेकाे र काठमाडौँ फर्केपछि त्यसविरुद्ध कानुनी उपचारमा जाने उनले बताए ।

करिब ८ मिनेटको सो अडियोमा महिलाले घटना सार्वजनिक गर्न खोजेपछि ऐनले दबाब र धम्की दिएको आरोप लगाइएको छ ।

सामाजिक सञ्जालमार्फत बाहिरिएको संवाद यस्तो छ-ः  

ऐन: म चाहिँ विश्वास र माया हो ।

महिला: मैले चाहिँ विश्वास गरेका हैन ?

ऐन: हिजो जसरी म तँलाई बर्बाद पार्छु सिध्याउँछु तिमिले दुनियाँ कुरा जुन भन्यौँ त्यो कुराले म असाध्यै अचम्मित भयभीत र त्रसित भा’को हु । तिमीसँगको जुन माया र विश्वास थियो अब त्यो चाहिँ रहेन ।

महिला: अब के रह्यो त बाँकी ? म सँग पनि विश्वासको कुरा नै रहेन निँ तपाईँको ।  

ऐन: मैले जे कुरा भनेपछि अन्यत्र लगेर सुनाउँदा रहेछौ । अरूको कुरा सुनेर मसँग झगडा गर्न आउँथ्यौ ।

महिला: यति नराम्रो बनाउनु भो, तपाईँले चरित्रहीन नै बनाउनु भयो क्या ?

ऐन: छैन, चरित्रहीन हैन । मैले त तिम्रो र मेरो इज्जत जोगाउन खोजेको । तिमीले मसँग सम्बन्ध भयो भनिरहँदा मैले होइन, उसले रिसले भनिरहेको छ भनेर मैले जोगाएको हुँ ।

महिला: मैले त सवैलाई (परिवार)मा भनेँ नि त । अब १० चोटि कत्ति एउटै कुरा गर्ने ? तपाईँले औषधी किन्देको भए केही हुने थिएन । तपाईँले त्यहाँदेखि मलाई इग्नोर गर्दै आउनु भएको हो क्या । तपाईँले मलाइ जस्ट युज मात्रै गरेको रै’छ मलाई थाहा भयो । म कति रोएँ क्या त्यो बेला ।

ऐन: युज को कुरा गर्छौ, युज त तिमीले मलाई गरेको फिल भैराछ । 

महिला: सेक्स गरेको भनेर औषधि किन्दिनु भनेर म (उसलाई) भन्नु ?

ऐन: तिमीले रेकर्ड त गरेको छैनौँ निँ ?

महिला: नोबाल्नु न त, म कानुनी प्रक्रियामा जान्छु मेरो मोबाइल लिएर जानु । मेरो प्रमाण छ थुप्रै, नानीलाई पठाएको छु ।

ऐन: ए, भनेपछि तिमी आफू कानुनी रूपमा परिपक्व भएर फसाउन बसेका छौ ?

महिला: मेरो घर वरिपरि मान्छेहरू किन आउँछन् मार्नलाई भनेर ?

ऐन: मैले भाइहरूलाई पनि बोलाएर भनेँ । गल्ती भयो भाइ हो, ऊसँग नजिक थिएँ भनेको छु । तर, धम्की दिएको छैन ।

महिला: धम्की किन दिएको छैन, घर वरपर आएर ? मलाई मार्ने भए मार्नु, म तपाईंकै अगाडि मर्दिन्छु ।

ऐन: मर्ने मार्ने कुरा नगर, मलाई मार्नु पनि छैन । मेरो कुरा के भने, तिम्रो पनि इज्जत जोगियोस् भविष्य बनोस् ।

महिला: मेरो त भविष्य खतम भैसकेको छ । डिभोर्स गर्छु । तपाईँको के हो ?

ऐन:  डिभोर्स नगर, मिलेर बस । जुन तिमीहरू मिलेकै छौँ नाटक जस्तो लागिरा’छ तिमीहरूको । अहिले मेरा विरुद्ध पनि सँगै हिँडिरहेका छौ । तर, हिजो जसरी भन्यौ म रातभर सुत्न सकेको छैन । डिभोर्स नगर, मिलेर बस त्यसको लागि के वातावरण बनाउनुपर्छ , मैले के सहयोग गर्नुपर्छ ? आत्मीयता, साथ सहयोग मेरो रहन्छ । कहिल्यै नराम्रो गर्दिनँ, नराम्रो सोच्दिनँ ।

महिला: आज भने आज भोलि भने भोलि डिभोर्स दिन्छु, साइन गर्न बाँकी त हो नि ! 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending