सिन्धुपाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताएको छन् । उनले बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुस्कोटस्थित भीमसेन माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षाको विकास हुन सकेन भने अन्य कुनै पनि विकास नहुनेसमेत दाबी गरेको छन् ।
“शिक्षाको विकास हुन सकेन भने अन्य केही पनि विकास हुन सक्दैन, त्यसैले शिक्षा नै सर्वाङ्गीण विकासको मुल आधार हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ”, मन्त्री बस्नेतले भने। उनले विद्यार्थीको शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी र अभिभावकको गहन जिम्मेवारी रहने बताए । “विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक र अभिभावकको ठूलो दायित्व र जिम्मेवारी रहन्छ, जनप्रतिनिधिले त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारलगायत जनशक्ति व्यवस्थापन गरिदिने हो”, उनले भने।
मन्त्री बस्नेतले फरक प्रसङ्गमा गफ लगाएर विकास नहुने तर्क राखे। उनले भने, “विकास गर्न काम गर्नैपर्छ, गफ लगाएर हुन्न, अर्काले ल्याएको विकासका योजनामा नागरिकलाई झुक्याउनु हुन्न ।” सिन्धुपाल्चोकमा भौतिक पूर्वाधार विकासले थप तीव्रगति लिएको जनाउँदै अझै शिक्षाको विकास तथा बालविवाह रोक्ने अभियान सञ्चालनको आवश्यकता औँल्याए। “यहाँ पूर्वाधारको विकास भएको छ, हुँदै जान्छन्, चिन्ता लिनु पर्दैन, शैक्षिक विकास र व्यक्तिको सामाजिक चेतनाको विकासमा कदम चाल्नैपर्छ”, उनले थपे।
मन्त्री बस्नेतले स्थानीय नागरिकलाई बिरामी परेर उपचार गर्न नसके वडाध्यक्षको सिफारिस लिएर आफूकहाँ आउन आगह्रसमेत गरेको छन् । “उहाँले पैसा नभएका कारणले कोही पनि नेपाली मर्नु पर्दैन, बिरामी परे वडाध्यक्षबाट उपचार गर्न सकिनँ भनेर सिफारिस माग्नुस्, तपाईँको उपचार सरकारले गर्छ”, उनले दोहोर्याए । उनले आफू मन्त्री भएपछि सङ्घीयस्तरका अस्पतालमा तीन हजार पाँच सय २३ बेड गरिब तथा विपन्नका लागि नि:शुल्क उपचारसहित, दश प्रतिशत सबै अस्पताल तथा मेडिकल कजेज र चार प्रदेशका जनरल बेडमा नि:शुल्क उपचारसहितको नीति कार्यान्वन गराएको बताए।
सो अवसरमा मन्त्री बस्नेतले विद्यालयको खेलमैदान निर्माण लागि रु ५१ हजार सहयोगको घोषणा गरे। साथै उहाँले विद्यालयका लागि भवन निर्माणार्थ जग्गा प्रदान गर्ने स्थानीयलाई सम्मान गरेको थिए । कार्यक्रममा नेपाली कांगे्रसका नेता एवं पूर्वराज्यमन्त्री विष्णुविक्रम थापा, गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङ, उपाध्यक्ष सरु लामा, नेपाली कांग्रेस ट्रेड युनियनका केन्द्रीय उपमहासभिव बलदेव तामाङ, नेकपा ९एमाले०का नेता डुप क्षिरिङ तामाङलगायतले शुभकामना व्यक्त गरेको थिए। विद्यालयका प्रधानाध्यापक हीरा लामाले विद्यालयको वार्षिक प्रगति प्रस्तुत गरेको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...
आषाढ़ १९ गते, २०८३ - १५:१७
राजविराज। राजविराजस्थित कारागार कार्यालयमा ड्युटीका क्रममा एसएलआर राइफलबाट गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्। बुधबार राति राजविराज नगरपालिका...



प्रतिकृया लेख्नुहोस्: