काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामालाई विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था International Buddhist Confederation (IBC) को कार्यकारी स्थायी समितिमा निर्वाचित गर्दै President पदमा निर्वाचित गरिएको छ।
विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महादिवेशन सोमबार देखि भारतको नयाँ दिल्लीमा सुरु भएको छ। विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था विश्व बौद्ध शिखर सम्मेलनको महाधिवेशनमा सहभागी हुन उपाध्यक्ष डा. लामा दिल्लीमा रहेका छन् ।
विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था IBCको स्थापनाकाल सन् २०११ साल देखि २०१६ सम्म स्थायी समिति सदस्यमा निर्वाचित भएर काम गर्दै आएका हुन् । सन् २०१७ को दोस्रो महादिवेशन बाट अधिकार प्राप्त कार्यकारी सदस्यमा पुनः निर्वाचित भएर सचीवमा निर्वाचित भएका उपाध्यक्ष डा.लामा IBC को स्थायी कार्यकारी समितिमा निर्वाचित हुदै President पदमा निर्वाचित भएका हुन् ।
भारत सरकारको मातहतमा रहेको IBC ले सय करोड भन्दा धेरै बुद्धिष्टहरुलाई एकता गर्दै विश्वभर शान्ति स्थापनको निम्ति विभिन्न कार्यक्रमहरु अगाडि बढाउदै आएको छ। बुद्धिष्ट संग सम्बन्धित रहेका पुरात्वातिक क्षेत्रहरुको खोज तथा अनुसन्धान गर्दै सम्बन्धित क्षेत्रहरुको संरक्षण र सम्बर्द्धन गर्दै आएको छ।
बुद्धदर्शनको विकास साथ-साथै संसार भर छरिएररहेका बुद्धधर्म अवलम्बीहरुमा विकृति विसंगति र धर्म परिवर्तन गर्ने जस्तो अस्वभाविक अवस्था आउन नदिन यस संस्थाले विशेष भुमिका खेल्ने छ। युगौ देखि विभिन्न खाले उत्पीडन र अत्याचार समेत व्यहोर्दै आएको बुद्धिष्टहरुलाई न्याय दिलाउन सबै प्रकारको उत्पीडन अन्त्यको लक्ष्य समेत IBCले राखेको छ।
हाल भारतको नयाँ दिल्लीमा रहेको बुद्धिष्टहरुको छाता सगठन जसले विश्वभरका बौद्धमार्गीहरुको साझा मञ्चको रूपमा काम गर्दै आइरहेको छ भने IBCको हाल ३९ देशहरूमा ३२० भन्दा बढी सगठनहरु रहेको छ।
उक्त संस्थाको President पदमा निर्वाचित भए लगत्तै पत्रकारहरु सग बोल्दै प्रथम (हेल्मो खेन्पो छिमे छिरिङ) उपाध्यक्ष डा.लामाले यो निर्वाचितले बुद्धको जन्मस्थल पवित्र भुमी नेपालको सम्मान गरेको प्रतिक्रिया व्यक्त गरेका छन् । लामो समय देखी बुद्ध दर्शनको खोज अनुसन्धान र अभ्यास गर्दै आएका उपाध्यक्ष डा. लामा सोमबार स्थायी कार्यकारी समिति हुँदै President पदमा निर्वाचित भएका हुन् ।
पुर्व मन्त्री र सविधानसभा सदस्य समेत भैसकेका उपाध्यक्ष डा. लामा बौद्धधर्मको विकास र सम्बर्द्धनमा अतुलनीय योगदान पुराएका व्यक्ति हुन् । बुद्ध दर्शनमा लेख एवं प्रवचन दिई नेपाल र लुम्बिनीको पहिचान विश्वभरका बौद्धमार्गीहरुमा पुर्याएका छन् ।
IBC को President जस्तो गरिमामय पदमा निर्वाचित भएको भन्दै विभिन्न संघ संस्थाले बधाई एवं शुभकामना ज्ञापन गरेको छ। शुभकामना एवं बधाई व्यक्त गर्दै उहाँको उपस्तिथिले लुम्बिनीको विकास संरक्षण सम्बर्द्धन एवं अन्तर्राष्ट्रिय करण हुने विश्वास एव खुसी व्यक्त गरिएको छ। साथै उहाँ निर्वाचित भए सगै कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सुचीमा सूचीकरण हुन थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...


प्रतिकृया लेख्नुहोस्: