Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मध्यरातमा प्रधानमन्त्रीबाट वार्ता आह्वान

\"Pm-400\"काठमाडौंमधेसीसहितका दलको असन्तुष्टी तीव्र भएपछि प्रधानमन्त्री सुशील कोइरालाले आइतबार मध्यरातमा देशवासीका नाममा सम्बोधन गर्दै वार्ता आह्वान गरेका छन् । संविधान निर्माणको ऐतिहासिक दायित्वमा रहेको उल्लेख गर्दै उनले वार्ताबाट समाधान नहनुे केही नभएको भन्दै आन्दोलनरत र संविधानससभा बाहिर भएका दललाईसमेत वार्ताबाटै समाधान खोज्न आग्रह गरेका हुन् । चार दलबीच सबै पक्षलाई वार्तामा बोलाउने समझादारी भएपछि कोइरालाले मध्यराती यस्तो आह्वान गरेका हुन् । प्रधानमन्त्रीको आह्वानको पूर्ण पाठ यस्तो छ : आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज हामी नेपाली जनताकोे बलिदानीपूर्ण आन्दोलनहरुको परिणाम स्वरुप गठित दोस्रो संविधानसभाबाट शासनको सम्पुर्ण अधिकार जनतामा निहित हुने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने ऐतिहासिक घडीमा आइपुगेका छौ । संविधान बनाउन पहिलो संविधान सभा असफल भए तापनि जनता आफैले आफ्ना अधिकार स्थापित गर्ने अभिलाषाको अन्त्य भएको थिएन । दोस्रो संविधान सभाको निर्वाचनमा जनताद्वारा देखाइएको अभूतपूर्व उत्साह र संलग्नताले यही सत्यलाई प्रकट गरेको थियो । यसर्थ संविधान निर्माणको यो ऐतिहासिक दायित्वबाट यो संविधान सभा विचलिन हुन सक्दैन । यसलाई विचलित हुन नदिन म दृढ संकल्पित छु । देशको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, सार्वभौमिकताको रक्षाका लागि यस्तो संवेदनशील घडीमा राष्ट्रिय एकता र मेलमिलापको भावना निरन्तर अभिबृद्धि गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो । संविधान निर्माणका विभिन्न वैधानिक र प्रक्रियागत चरण पार गरेको अवस्थामा संविधान निर्माण प्रक्रियाबाट बाहिरिदा समग्र नेपालको शान्ति,स्थायित्व र समृद्धिलाई समेत असर पर्दछ । यसलाई देश र जनताको हितका लागि समर्पित हामी सबैले आत्मसात गर्नैपर्दछ । संघीयता, समावेशिता र समानुपातिक निर्वाचन प्रणाली सहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हाम्रो प्रतिबद्धता हो । संविधानमा आफ्नो सम्पुर्ण चाहना र ईच्छा प्रतिविम्बित होस भन्ने अभिलाषा सबैमा चुलिनु स्वभाविकै पनि हो । नेपाली जनताको सही भावनालाई संविधानमा प्रतिबिम्बित गर्नेे राष्ट्रिय दायित्व र कर्तव्य पूरा गर्न हामी शतत् प्रयत्नशील छौ । नेपाली जनताको आस्थापुञ्ज संविधान सभालाई सफल बनाउनु हामी सबैको राष्ट्रिय जिम्मेवारी हो । संविधानको निर्माण पश्चात मुलुकको विकास तथा जनताको सुख, शान्ति र समृद्धिका लागि हामीले गर्नु पर्ने कार्यको सूची लामो छ । यसर्थ मुलुकमा शान्ति र स्थिरता कायम गर्दै विकासलाई गति दिन पनि हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान यथाशीघ्र जारी गरी विधिको शासन,प्रेस स्वतन्त्रता, जनताको मौलिक अधिकारको प्रत्याभूतिलाई संस्थागत गर्नु परेको छ । संविधान आफैमा एक गतिशील दस्तावेज हो । जनताले चाहेको अवस्थामा र समयले मागेको बेलामा जनताका मूलभूत मौलिक अधिकार, राष्ट्रिय स्वतन्त्रता,अखण्डता, सार्वभौमसत्ता अकाट्य रहनेगरी संविधानमा समयानुकूल संशोधन गर्ने प्रकृया खुला रहन्छ । यो मान्यतालाई आत्मसात गरी मुलुकको भूराजनीतिक संवेदशीलता र धरातलीय यथार्थतालाई मनन गर्दै हामी सबै संयमित र एकताबद्ध हुन आवश्यक छ । शान्तिपूर्ण,सुस्थिर र समृद्ध नेपाल नै क्षेत्रीय र विश्व शान्तिको लागि सहयोगी हुने हामी सबैको अटल विश्वास छ । संविधान सबैको साझा दस्तावेज हो । यसले सबैको आस्था र विचारलाई प्रतिबिम्बित गर्नुपर्दछ । संविधान निर्माणका क्रममा पहिलो मस्यौदामा देशभरबाट प्राप्त सुझावहरुलाई संशोधित मस्यौदामा समेटिएको छ । संविधान सभा, संवाद समिति र मस्यौदा समितिमा आएका सुझावहरुलाई समेट्दै संविधानलाई पूर्णता दिन संविधानसभा कार्यरत छ । संविधान निर्माण प्रकृया जारी रहेकोले अझै पनि उपयुक्त सुझावहरुलाई प्रकृयागत रुपमा नै क्रमशः संविधानमा समेट्ने संभावना टरेको छैन । यसर्थ संवैधानिक हक अधिकारका लागि वहस गर्ने स्थल संविधान सभामा उपस्थित भएर आफ्ना मागहरु राख्न संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई म हार्दिक आग्रह गर्दछु । त्यस्तै संविधानसभा बाहिर रहनु भएका दलहरुलाई आफ्ना मागहरु वार्ताका माध्यमबाट संविधानसभामा शान्तिपूर्ण रुपमा पु¥याउन हार्दिक अपील गर्दछु । हामी अहिले यस्तो जटील र संवेदनशील अवस्थामा छौ कि एकातिर आफ्ना सबै मागहरु संविधानमा नै समेटिन पर्ने अडान छ भने अर्कोतिर नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको मुलुकमा आपसी एकता, सद्भाव र सौहार्दताको संस्कृतिको जगेर्ना गर्नु पनि उत्तिकै जरुरी छ । परिस्थितिको गाम्भिर्यतालाई सबैले बुझिदिनु हुने मैले विश्वास लिएको छु । विशाल विविधतामा अनुपम एकता हाम्रो राष्ट्रिय पहिचान हो । आपसी सहयोग र सद्भावबाट नेपाली समाजमा शदियौंदेखि सामाजिक सामञ्जस्यता र सहिष्णुता कायम हुँदै आएको छ । सहमति,सहकार्य ,एकता र मेलमिलापका माध्यमबाटै हामीले मुलुकका सामु उपस्थित जटील समस्याहरुको सामना र समाधान गर्दै पनि आएका छौ । यसै सन्दर्भमा हामी सबैले आफ्ना अधिकार र विचार अगाडि राख्दा अरुको अधिकारको पनि संरक्षण र सम्मानको ख्याल गर्नुपर्ने अनिवार्यता छ । यसै परिप्रेक्ष्यमा महिला, मधेशी, दलित,आदिवासी,थारु,जनजाति, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक र सीमान्तकृत समुदाय सहित संविधानमा आफ्नो हकहित संरक्षणको लागि आन्दोलनरत समस्त राजनीतिक दल, समुदाय र सबै पक्षलाई देश र जनताको बृहत्तर हकहितका लागि संविधान निर्माण प्रक्रियामा सहभागी हुन र आफ्ना मागहरूको शान्तिपूर्ण तरिकाबाट समाधानका लागि वार्तामा संलग्न हुन म हार्दिक आग्रह गर्दछु । संवाद र वार्ताका माध्यमबाट समाधान नहुने कुनै पनि समस्या छैन भन्ने कुरामा म विश्वस्त छु । राष्ट्रिय एकता र मेलमिलापको जगमा आपसी वार्ता,सहमति,सहकार्यका माध्यमबाट हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत गर्दैै जनताका मौलिक अधिकार स्थापित गरी आफ्नो भाग्य आफै निर्धारण गर्न निर्वाचित सविधान सभा मार्फत संविधान निर्माणको यस महाअभियानमा सरिक हुन म संविधानसभा भित्र र बाहिर रहनु भएका समस्त राजनीतिक दल, जागरुक नागरिक समाज,विद्वत् समुदाय,पेशाकर्मी,व्यपारिक समुदाय सहित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गर्दछु । अन्त्यमा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान राष्ट्रिय एकताको गाँठो बलियो पार्ने,लोकतन्त्रलाई सुदृढीकरण गर्ने र आर्थिक रुपमा समृद्ध नेपालको निर्माण गर्ने ऐतिहासिक र महत्वपूर्ण दस्तावेज हुनेमा म दृढ विश्वस्त छु । राष्ट्र हामी सबैको साझा हो । राष्ट्रको कुनै अंग दुख्दा राष्ट्रिय पीडा बन्दछ । यो मर्मलाई आत्मसात गरी सम्पुर्ण नेपाली जनता शान्तिपूर्ण रुपमा मिलेर संविधान निर्माण र देश विकासको कार्यमा एकजुट भएमा मात्रै हामीले भावी सन्ततिका लागि शान्तिपूर्ण, सुस्थिर, लोकतान्त्रिक, समुन्नत र समृद्ध नेपालको सुन्दर भविष्यको निर्माण गर्न सक्दछौं । धन्यवाद जय नेपाल
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending