काठमाडौं । गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि नेशन्स गट ट्यालेण्ट नामक रियालिटि शो हुने भएको छ ।
नेशन्स गट ट्यालेण्टको आयोजक संस्था एएनपी मिडिया हाउसले मंगलबार सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरि उक्त रियालीटी शोको घोषणा गरेको हो ।
एएनपी मिडिया हाउसका अध्यक्ष तथा नेशन्स गट ट्यालेण्टका निर्देशक लबबहादुर कार्कीले बाल प्रतिभाको खोजीमूलक उक्त कार्यक्रम एपिवान टेलिभिजनबाट प्रसारण हुने जानकारी गराए । बालबालिकाका लागि गायन र नृत्य विधामा आफनो कला प्रस्तुत गर्न अवसर प्रदान गर्न मञ्च उपलब्ध गराउने सो रियालीटी शोमा ख्यातीप्राप्त अभिनेत्रीद्धय मिथिला शर्मा र गौरी मल्ल, तथा ख्यातीप्राप्त गायक आनन्द कार्की र गायिका देविका बन्दना निर्णायक रहने छन् ।
रियालीटी शोमा पत्रकार विदुर गिरी सल्लाहकार संयोजक, राज लुईटेल कार्यक्रम संयोजक, शुम्भुप्रसाद रेग्मी ईभेन्ट संयोजक र अनिता तामाङ्ग कार्यालय संयोजक रहेका छन् । लबबहादुर कार्की र डेभिल सिंह राजपुतको निर्देशनमा तयार हुने रियालीटी शोमा सुर्य गुरुङ मुख्य सहायक निर्देशकमा रहेका छन् ।
पत्रकार सम्मेलनमा नेशन्स गट् ट्यालेण्ट रियालिटि शोको लागि छिट्टै अडिसन गरिने जनाउँदै निर्देशक कार्कीले भने ‘छ महिनाअघिबाट हामीले गर्दै आएको तयारीले आज मुर्त रुप लिएको छ । चैत्रको पहिलो साताबाट प्रसारण गर्ने योजनाका साथ हामी मंसिर १६ गतेबाट काठमाण्डौंमा अडिसन शुरु गर्नेछौँ । काठमाडौंलगायतका देशका प्रमुख शहरमा अडिसन राखिने छ भने कुनै पनि ठाउँका बालबाकिाले यसमा सहभागीता जनाउन सक्नेछन् ।’
रियालीटी शोका अर्का निर्देशक राजपूतले बालबालिकामा अन्तर्निहित प्रतिभालाई उजागर गर्ने लक्ष्यका साथ नेशन्स गट् ट्यालेण्ट लिएर आमदर्शक माझ प्रस्तुतगर्न लागिएको बताए । रियालीटी शोकी निर्णायक अभिनेत्री मिथिला शर्माले बालबालिकामा आपूmमा राम्रो प्रतिभा राम्रो छ र त्यस्तै प्रतिभा अरुमा पनि छ अनि राम्रो भित्र पनि अझ राम्रो प्रतिभा कसमा छ भन्ने भावना जगाउन यो रियालीटी शो उपलब्धिमूलक हुने चर्चा गर्दै प्रीतभाशाली बालबालिकासँग काम गर्न आतुर रहेको बताइन् ।
अर्की निर्णायक अभिनेत्री गौरी मल्लले यसखाले रियालीटी शोले बाबबालिकाको व्यक्तित्व र प्रतिभा बृद्धीका लागि सघाउने चर्चा गरिन् । अर्की निर्णायक गायिका देविका वन्दनाले संगीत र नृत्य एक अर्काको परिपुरक भएकाले दुबै विधालाई एकसाथ मिलाएर आयोजना हुन लागेको रियालीटी शोलाई लिएर उत्साहित रहेको बताइन् ।
सल्लाहकार संयोजक पत्रकार विदुर गिरीले बालबालिकाको प्रतिभामुलक रियालीटी शोको अभाव खड्की रहेको समयमा त्यसलाई नेशन्स गट ट्यालेन्टले पूर्ति गर्ने बताए । एपी वान टेलिभिजनका प्रधानसम्पादक निरजराज जोशीले एपी वानले विभिन्न रियालीटी शो प्रसारण गर्दै जाने क्रममा नेशन्स गट ट्यालेन्टको परिकल्पना आकर्षक लागेकोले प्रसारण गर्न लागेको जानकारी गराए ।
शोमा एभेन्टोज नेपाल नेशनल र ग्लोबल अनलाईन पे इन्टरनेशन भोटिङ् पार्टनरका रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: