Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

बालप्रतिभाको खोजीका लागि नेशन्स गट ट्यालेण्ट रियालिटि शो हुने

खबरडबली संवाददाता

काठमाडौं ।  गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि नेशन्स गट ट्यालेण्ट नामक रियालिटि  शो हुने भएको छ ।

नेशन्स गट ट्यालेण्टको आयोजक संस्था एएनपी मिडिया हाउसले मंगलबार सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरि उक्त रियालीटी शोको घोषणा गरेको हो ।

एएनपी मिडिया हाउसका अध्यक्ष तथा नेशन्स गट ट्यालेण्टका निर्देशक लबबहादुर कार्कीले बाल प्रतिभाको खोजीमूलक उक्त कार्यक्रम एपिवान टेलिभिजनबाट प्रसारण हुने जानकारी गराए । बालबालिकाका लागि गायन र नृत्य विधामा आफनो कला प्रस्तुत गर्न अवसर प्रदान गर्न मञ्च उपलब्ध गराउने सो रियालीटी शोमा  ख्यातीप्राप्त अभिनेत्रीद्धय मिथिला शर्मा र गौरी मल्ल, तथा ख्यातीप्राप्त गायक आनन्द कार्की र गायिका देविका बन्दना निर्णायक रहने छन् । 

रियालीटी शोमा पत्रकार विदुर गिरी सल्लाहकार संयोजक,  राज लुईटेल कार्यक्रम संयोजक,  शुम्भुप्रसाद रेग्मी ईभेन्ट संयोजक र अनिता तामाङ्ग कार्यालय संयोजक रहेका छन् । लबबहादुर कार्की र डेभिल सिंह राजपुतको निर्देशनमा तयार हुने रियालीटी शोमा सुर्य गुरुङ मुख्य सहायक निर्देशकमा रहेका छन् ।

पत्रकार सम्मेलनमा नेशन्स गट् ट्यालेण्ट रियालिटि शोको लागि छिट्टै अडिसन गरिने जनाउँदै निर्देशक कार्कीले भने  ‘छ महिनाअघिबाट  हामीले गर्दै आएको तयारीले आज मुर्त रुप लिएको छ ।  चैत्रको पहिलो साताबाट प्रसारण गर्ने योजनाका साथ हामी मंसिर १६ गतेबाट काठमाण्डौंमा अडिसन शुरु गर्नेछौँ । काठमाडौंलगायतका देशका प्रमुख शहरमा अडिसन राखिने छ भने कुनै पनि ठाउँका बालबाकिाले यसमा सहभागीता जनाउन सक्नेछन् ।’ 

रियालीटी शोका अर्का निर्देशक राजपूतले बालबालिकामा अन्तर्निहित प्रतिभालाई उजागर गर्ने लक्ष्यका साथ नेशन्स गट् ट्यालेण्ट लिएर आमदर्शक माझ प्रस्तुतगर्न लागिएको बताए ।   रियालीटी शोकी निर्णायक अभिनेत्री मिथिला शर्माले बालबालिकामा आपूmमा राम्रो प्रतिभा राम्रो छ र त्यस्तै प्रतिभा अरुमा पनि छ अनि राम्रो भित्र पनि अझ राम्रो प्रतिभा कसमा छ भन्ने भावना जगाउन यो रियालीटी शो उपलब्धिमूलक हुने चर्चा गर्दै प्रीतभाशाली बालबालिकासँग काम गर्न आतुर रहेको बताइन् ।

अर्की निर्णायक अभिनेत्री गौरी मल्लले यसखाले रियालीटी शोले बाबबालिकाको व्यक्तित्व र प्रतिभा बृद्धीका लागि सघाउने चर्चा गरिन् । अर्की निर्णायक गायिका देविका वन्दनाले संगीत र नृत्य एक अर्काको परिपुरक भएकाले दुबै विधालाई एकसाथ मिलाएर आयोजना हुन लागेको रियालीटी शोलाई लिएर उत्साहित रहेको बताइन् । 

सल्लाहकार संयोजक पत्रकार विदुर गिरीले बालबालिकाको प्रतिभामुलक रियालीटी शोको अभाव खड्की रहेको समयमा त्यसलाई नेशन्स गट ट्यालेन्टले पूर्ति गर्ने बताए ।  एपी वान टेलिभिजनका प्रधानसम्पादक निरजराज जोशीले एपी वानले विभिन्न रियालीटी शो प्रसारण गर्दै जाने क्रममा नेशन्स गट ट्यालेन्टको परिकल्पना आकर्षक लागेकोले प्रसारण गर्न लागेको जानकारी गराए ।

शोमा एभेन्टोज नेपाल नेशनल र ग्लोबल अनलाईन पे इन्टरनेशन भोटिङ् पार्टनरका रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending