Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

नामिबिया टी२० विश्वकपमा छनोट

खबरडबली संवाददाता

काठमाडौँ। नामिबिया लगातार तेस्रो पटक आईसीसी टी२० विश्वकपमा छनोट भएको छ। घरेलु मैदानमा आयोजना भएको अफ्रिका छनोटमा लगातार पाँचौँ जित हासिल गर्दै नामिबिया १० अंकका साथ तेस्रोपटक विश्वकपमा छनोट भएको हो।

नामिबियाले जिम्बावेलाई ७, युगान्डालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै, रुवान्डलाई ६८ रन र केन्यालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा पुग्ने सम्भावना बलियो बनाएको थियो। उसले मंगलबार तान्जेनियाविरुद्ध भएको खेलमा ५८ रनको जित हात पार्दै छनोटमा शीर्ष स्थान कायम राख्यो। अब नामिबियाले छनोटअन्तर्गत अन्तिम खेल नाइजेरीयासँग खेल्ने छ।

सन् २०२१ मा यूएई र ओमानमा भएको टी२० विश्वकपमा नामिबिया छनोट भएको थियो। उक्त प्रतियोगितामा नामिबियाले सुपर १२ खेलेको थियो। अस्ट्रेलिया भएको विश्वकपका लागि नामिबिया छनोट हुँदै समूह चरणका खेल खेलेको थियो।

मंगलबार सम्पन्न खेलमा १५८ रनको लक्ष्य पछ्याएको तान्जेनियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९९ रन मात्र बनायो। तान्जेनियाका अमल राजिवनले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए। उनले ४५ बलमा २ चौका प्रहार गरे।

यता, ओम्री किटुन्डाले २५ बलमा १ चौकासहित १८ रन बनाए। कासिम नसोरोले १६ र कप्तान अविक पटवाले १४ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नामिबियाका जेरार्ड इरास्मसले सर्वाधिक २ विकेट लिए। डेविड विसे र बेर्नार्ड स्कोलट्जको नाममा १र१ विकेट रह्यो।

त्यसअघि वान्डरेस क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएका थिए।

नामिबियाका जेजे स्मिथले अविजित रहँदै सर्वाधि ४० रन बनाए। उनले २५ बलमा १ चौका र ४ छक्का प्रहार गरे। ओपनर माइकल भान लिंगेनले ३३ बलमा १ चौकासहित ३० रन बनाए।

अर्का ओपनर निकोलस डाभिन २५, कप्तान जेरार्ड इरस्मस २१ र जेन ग्रिनले १८ रन बनाए। यता, जान निकाल लोफ्टी १४ रनमा अविजित रहे।

तान्जेनियाका यालिन्डे माउरिके एनकेन्या र अखिल अनिलले २र२ विकेट लिए।

जोनसन नियाम्बो र सलुम जुम्बेलेको नाममा १र१ विकेट रह्यो।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending