काठमाडाैं । पछिल्लो समय अध्ययनका लागि क्यानडा जाने विद्यार्थीको संख्या बढेको छ । यही मेसोमा राजधानीको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेसीले क्यानडा उड्न ठिक्क परेका बिद्यार्थीहरुको आत्मविश्वास बढाउन र भिसा लागिसकेका बिद्यार्थीर्थीको सहजीकरणका लागि सहयोगी भूमिका खेलेको छ ।
गोरेटोले करिब ४ सय बढी भिसा लागिसकेका बिद्यार्थीहरुका लागि एक भव्य कार्यक्रमको आयोजना नै गरेर प्रिडिपार्चर शिर्षकमा नै कार्यक्रम गरेर क्यानडा जानु अघिको तयारी र गइसकेपछि कसरी त्यहाँको नयाँ वातावरणमा कसरी घुलमिल हुने भन्ने लगायतका विषयमा आफ्ना अनुभवी काउन्सलर र क्यानडाबाट नै आएका बिज्ञहरुले सजिलो तरिका सिकाएका थिए ।
सो अवसरमा बोल्दै गोरेटोका प्रमुख परामर्शदाता धिरज कँडेलले क्यानाडामा अध्ययन गर्न जाने विद्यार्थीहरूले जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी तथा क्यानडा गएपछि प्राप्त हुने विभिन्न अवसरहरू र सामना गर्नुपर्ने चुनैतीको बारेमा जानकारी गराएका थिए ।
गोरेटोका सिइओ समेत रहेका कँडेलले क्यानडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र समयसँगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा गएपछि सामना गर्नुपर्ने विभिन्न चुनौती तथा अवसरहरूको बारेमा जानकारी दिए ।
कँडेलले क्यानडा पुगिसकेपछि कलेज तथा विश्विद्यालयको पढाईको अवस्था, जागिरको अवसर र प्रकार लगायतका विषयमा पनि निकै चनाखो भएर लाग्नुपर्ने बताए । विद्यार्थीहरूले क्यानडा गएपछि सुरुवाती दिनहरूमा कामभन्दा पनि अध्ययनलाई बढी प्राथमिकतामा राख्न सुझाव दिँदै पढाइपछि विद्यार्थीहरूले भविष्यमा आफ्नो करियरमा धेरै अवसरहरू प्राप्त गर्ने हुँदा आर्थिक उपार्जन पनि स्वतः राम्रो हुने बताए ।
सो अवसरमा अर्का परामर्शदाता सतिश भट्टले भोलीका दिनमा के के गर्ने रु कसरी अगाडी बढ्ने जस्ता समस्याको निधानका विषयमा प्रस्ट्याएका थिए । कार्यक्रममा राम खड्काले ओर्क परमिट पाउने तरिकाका विषयमा प्रस्ट्याएका थिए । क्यानडामा काम नै गरेर देखाउनु पर्ने भएकाले अध्ययनको शिलशिलामा आँफुले राम्रो काम पाउन र छिटो प्रगती गर्नका लागि टिम ओर्क गर्न खड्काले सुझाव दिए ।
त्यस्तै गोरेटोका अर्का परामर्शदाता प्रकाश रेग्मीले क्यानडा पुगेपछि त्यहाँको संघर्षलाई सहज बनाउने उपायहरुमा ध्यान दिएर लाग्न बिदार्थीहरुलाई आग्रह गरे । रेग्मीले आँफुले डेनमार्कमा गरेको संघर्षको बेलीविस्तार लगाउँदै भुलेर पनि ८० घण्टा भन्दा बढी काम गरेको खण्डमा भोली पिआर लिन अप्ठ्यारो हुने भएकाले पिआर नपाउन्जेली काम भन्दा पनि पढाईलाई विशेष ध्यान दिन अघि बढ्नु पर्ने बताए । सो अवसरमा क्यानडाका विभिन्न कलेजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: